Wednesday, April 1, 2009

भय र भय वीचमा मेरो चोला हिँडदै छ


जगेन्द्र छन्त्याल, कोरिया

कहिल्यै भेट्न नसकिने लम्किएको हात्ती झै समय हिँडदै छ
पहाडको फेदीको चिप्ले किराको गतिमा मेरो दिन बित्दै छ
मुसुक्क मुस्काएकी तरुणी ठिटी झै लाग्ने समय मसँग हिँडदै छ
चाल नपाई कालैको मुखमा परेको भयले मलाई गिड्दै छ
महँगीको सौल चिया पिउँदै भय र भय वीचमा मेरो चोला हिँडदै छ
वैसालु मेरो मुस्कानले चालीसको पोयोसँग भिड्दै छ
कालोपाटी रङको कपालले तिलचामले सेतोपन सँग हिँडदै छ

पोशाक आधुनिकतासँग भिड्दै छ, आधुनिकता पोशाकसँग
मानसपातलका पूर्वस्म्रितिहरुसँग मेरो बर्तमान हिँड्दै छ ।
कहिल्य साकार नहुने सपनाले मेरो मनमा आकार लिँदै छ
सय बर्षाको चानचुन आयुमा हजार बर्ष बाँच्ने इच्छा
पूरा नहोला की भन्ने काल्पनिकी बोकी
आफ्नो छाती आफैले ठोकी
मेरो दिन बित्दै छ

अचाशान मासान भन्दा सुन्सान छ,
आफ्नै कार पनि बेकार लाग्छ
आफ्नै शहर मात्र रहर लाग्छ
तरुणी युवतीहरुको तिघ्रा व्यर्थ लाग्छ
बारका कामुक न्रित्यहरु र बियरका बोतलहरु सब बेकार लाग्छ

आधुनिक कम्पिउटर बरु अली सहज र विशासिलो लाग्छ ।
कार चलाऊँदा पनि निदाउने रोग लागेको छ
बार धाउदा त झन कस्तो होला
यसरी शंकौशंकाको बीचमा भयवादले मलाई
भयले गाँज्दै छ
मानौ समय मलाई देखेर हाँस्दै छ

1 comment:

स्वप्निल स्मृति said...

kasto denger kavita ho..bafre ! 6ntyal jogendra g lai mero naman 6 ...