Saturday, April 17, 2010

कोसेली» फुर्सदमा छैनन् कोही

प्रदीप मेयाङ्बो

काठमाडौ, वैशाख ३ -

मध्यरात पनि घाम लागेजस् तो बिजुलीको प्रकाश। कीरासरि मान्छे। अनि उस्तै सवारीको चाप। हङकङको व्यस्त जीवन। भीड छिचोल्दै साँझ उनी काममा जान्छन्। १२ घन्टे ड्युटीबाट देश सुब्बा जब फिर्छन् त्यसबेला अर्को बिहान भएको हुन्छ। नेपाली समालोचना र दर्शनका विद्यार्थीबीच भयवादी दर्शनका प्रतिपादक भन्दै चर्चा कमाएका सुब्बा यनलुङको लङ्पिङस्थित सरकारी आवासीय भवनको दोस्रो तलामा बसेका छन्। आठ बजेको हुन्छ। कोठामा पत्नी सुशीला र छ वर्षे छोरा निशाम हुँदैनन्। छोरा  सहित सुशीलाले एक घन्टाअघि कोठा छाड्नु ब्यस्त जीवनमा नियमितताभित्र पर्छ।

ग्याँस चुलोमा खाना पाकिरहेको छ। कोठा सफाइ, नुहाइधुवाइ, खाना अनि पत्रपत्रिका। समाचारसाइट हेर्ने र कथा-कविता र दर्शनका लेखहरू सम्पादन गर्छन्। 'यति गर्दागर्दै दिउँसोको तीन बज्छ, केही घन्टा आँखाको विष मार्न सुत्छु, उनी भन्छन्, 'अनि फेरि कामका लागि निस् कन हतार हुन्छ।' सुताइले खाना पकाउन ढिला भए कुनै चिनियाँ पसलबाट खाना किनेर हिँड्दै खाँदै उनी कुद्छन्। साँझ त्यही कोठामा उनका छोरा र पत्नी फिर्छन्। सुशीला चिनियाँ कम्पनीमा काम गर्छिन्। फिर्दा स्कुलबाट छोरोलाई साथै ल्याउँछिन्। डेढ दशकअघि धरानबाट हङकङ पुगेका सुब्बा र सुशीलाको दैनिकी यसरी नै बितिरहेको छ।

लङपिङस्थित उनको फ्ल्याटमा परिवारसँग भेट हुने दिन सातामा एकपटक आउँछ। सार्वजनिक बिदाका दिन। चिनियाँ कम्पनीको सुरक्षा विभागमा काम गर्ने उनी भन्छन्, 'बिदा त भन्नु मात्रै, छोरो लिएर सपिङमा गयो। दिन बितेको पत्तो हुन्न।' दुई दशकदेखि भयवादी दर्शनको अध्ययन र चिन्तनमा तालु खुइल्याएका सुब्बा भन्छन्, 'विश्वको आकर्षणको केन्द्र मानिएको, यो हङकङमा मान्छेले र रोबोटजस्तो जिन्दगी बिताउनुपर्दोर हेछ। ' तैपनि आन्तरीक रुचीले उनलाई दार्शनिक चिन्तनमा मग्न गराउने समय मिल्छ। हङकङमा मान्छेहरू पैसाको लागि तीव्र गतिमा दौडिरहेका देखिन्छन् यहाँको भूमिगत रेल सेवा एमटीआरसँगै।

सुब्बाको जस्तै दिनचर्या चुनवान न्युटेरिटोरिजमा बस्ने ३३ वर्षकी आशा र  राई र उनका पति अरुण राईको पनि छ। सेन्ट्रल हङकङको अनहिङ टेरेसस्  स्थित मेस्सी एन्ड क्लेमेन्ट कम्पनीमा आशा लिगल एक्जिक्युटिभ पदमा कार्यरत छिन्। नेपाली मूलकी यी महिला मात्र हुन् हङकङमा कानुनव्यवसायी भएर काम गरिर हेकी। धरान र काठमाडौंमा स्नातक गरेको विषय कुनै काम नलागेपछि उनले भारतको मिजोरमस्थित एलटिके हाइस्कुलमा पढाइ पूरा गरि्न। उनी भन्छिन्, 'त्यसपछि पनि यहाँ फेरि एक्जुकेटिभ सेक्रेटेरियट डिप्लोमा पढ् नुपर्‍यो। जागिर पाउन सजिलो छैन।' पेन्टिङ र लङ्टेनिसमा रुचि भएकी उनी नेपालदेखि हङकङसम्मको यात्रालाई डायरी बनाउँदै छिन्।

जागिर खाएर पनि युनिभर्सिटी अफ लन्डनमा उनी चारवर्षे एलएलबीको दोस्रो वर्षमा पढ्दै छिन्। उनका पति अरुण हङकङकै एउटा कम्पनीमा सवारी चालक छन्। उनी भन्छन्, 'हामीलाई सधैं असार पन्ध्रजस्तै चटारो हुन्छ। फुर्सद थोरै, व्यस्तता धेरै।'

१०९८ वर्ग किलोमिटरमा फैलिएको हङकङमा सन् २००१ को जनगणना अनुसार ६७ लाखमध्ये ६३ लाख ६० हजार हान वंशका पक्का चिनियाँहरू छन्। अन्यमा फिलिपिनी डेढ लाख, इन्डोनेसियन एक लाख, भारतीय ४० हजार र त्यसपछि मात्र नेपालीको संख्याको पालो आउँछ। कुनै व्यावसायिक पसल, वा रेस्टुराँका बोर्डमा नेपाली, अंग्रेजी र चिनियाँ अक्षर देखियो भने पक्कै कुनै नेपालीको हो भन्न सकिन्छ। कउलुनको संघाई स्टि्रटमा त्रिवेणी हेयर सेलुन छ। यो सारा भनिने सरु राईले चलाएकी छन्। 'चिनियाँले निकै मन पराएका छन्, उनी भन्छिन्, 'प्रतिस् पर्धा कडा छ। त्यसैले बढी समय दिएर काम गर्नुपर्छ।' डेढ दशकअघि मोर ङको बेलाबारीबाट आईडीमा हङकङ आइपुगेकी राईले यो व्यवसाय सुरु गरेको सात बर्ष 'हङकङको व्यस्तताले चिनारी मात्र दिएको छैन, काम र दाम पनि दिएको छ,' उनी भन्छिन्, 'यहाँ श्रमको सम्मान छ। त्यसैले काम नगरी खान पाइन्न। काम गरे दाम मिल्छ मिल्छ।'

हङकङ २ सय ३ टापुहरू मिलेर बनेको छ। सबै ठाउँमा भेटिने परिवार र क्यारिअरको जिम्मेवारी बोध भएका नेपाली उत्तिकै व्यस्त छन्।

ताइमोसनमा बस्ने ध्यान लिम्बू, चाइवानमा बस्ने हङकङ-नेपाली महासंघका महासचिव नानीचन्द्र सिङ् गक, मेयाङ्बो कल्याणकारी संघका अध्यक्ष मनी लिम्बू, इन्द्र सुब्बा, भुवन लिङदेन हुन् वा मोहन लिम्बू र पाथ हेयङ सेन्ट्रल प्राइमरी स्कुलमा नेपाली भाषा पढाइरहेका देवराज राई सबैको दिनचर्या व्यस्ततामा बित्छ।




No comments: