Monday, December 13, 2010

“हेत्छाकुप्पा” नाटकमा भयवाद

“हेत्छाकुप्पा” नाटकमा भयवाद

                                                                                                                                  देश सुब्बा
भयको के हो ?

"The only thing we have to fear is fear itself."
-Franklin D. Roosevelt

        भय के हो भनेर सानो चिनारी भएपछि भयवाद र भयवादिय समालोचना बुझ्न सजिलो हुन्छ । म यहाँ भय, भयको प्रकार, भयवादमा प्रकटसँगै ‘भयवादिय’ समालोचना गर्न लागिरहेको छु । यो नवीन सिद्धान्त भएकोले कतिलाई सुन्न, बुझ्न, छलफल गर्न, व्याख्या गर्न असहज हुन सक्दछ । त्यसैले म अति संक्षिप्त र सरल भाषामा यसको व्याख्या गर्न चाहान्छु । यो व्याख्या बुझेपछि समालोचना बुझ्न सजिलो हुन्छ भन्ने मेरो बुझाइ हो ।

       मानवीय चेतना, ज्ञान र स—संकेतक प्रवृत्तिगत (Conditional reflex)ज्ञानले उत्पन्न गर्ने मानवीय सुन्दर चेतना हो भय । स—संकेतक प्रवृत्ति रसियन वैज्ञानिक पेत्रोविच् पावलोफ्ले विकास गरेको सिद्धान्त हो । मान्छेहरू भयको ‘विश्व रूप’ को ‘परिक्रम’ मा गरिरहेका छन् आदिम कालदेखि । मान्छेलाई भय आन्तरिक आफ्नै स्वभावको कारणले र बाह्य वस्तुहरूसितको मुटभेटको कारणले हुन्छ । आन्तरिक भय मानवीय स्वभाव, गुण, प्रवृत्तिको कारणले हुने गर्दछ । यसका प्रमुख स्रोतहरू शंका, भ्रम, लोभ, अहंम, क्रोध, इष्र्या आदिइत्यादि हुन् । दुर्घटना, सर्प, बाघ आदिइत्यादि बाहिरी वस्तु देख्दा भय पैदा हुन्छ । यस्ता भयहरू कुनै अचानक देखापर्दछन् कुनै चेतनागत रूपमा । प्रत्येक वस्तु, सोचाइ, व्यवहारमा कतै न कतै भय हुन्छ । भय भएपछि विभिन्न लक्ष्यण देखापर्दछ—कहालिने, रुने, उफ्रिने, रङ्ग फुस्रो हुने, काम छुट्ने, स्वर बिग्रिने, रौं ठाडा हुने, पसिना आउने, वेहोस हुन,े कराउने, बहुलाउने, कुद्ने, चिच्याउने, डिप्रेशन हुने, आक्रमण गर्ने, एकान्त प्रिय हुने, घर छोडेर हिँड्ने, परिवार छोडेर हिँड्ने, युद्ध गर्ने, हत्या गर्ने, झूठो बोल्ने, षडयन्त्र गर्ने, हिनताबोध हुने, अन्तरमुखी हुने । पश्चिमाहरूले भयलाई चिन्ता वा त्रास ( dread ), भय ( fear ), डर ( fright ), भनेतापनि धेरैले यसलाई ‘फोयिबा’ भनेर व्याख्या गरेका छन् । फोयिबा प्रत्येक वस्तुमा हुने गर्दछ । पूर्वमा पनि डर, त्रास, भय भन्ने गरेतापनि फोबियाजस्तो एक एक वस्तु भयको व्याख्या पाइन्दैन । बरु भयानक रस भनेर डर, त्रास, शङ्कालाई लिइएको पाइन्छ । चेतनागत रूपमा हुने भय चेतनाको वृद्धिसँगै बढ्दै जान्छ । अचानक उत्पन्न भय शुरुमा अधिकतम बिन्दूमा पुग्दछ र बिस्तारै तल झर्दछ । यस्ता भयहरूबाट निस्किने, अध्ययन गर्ने विचार गर्ने भयवाद हो । भयवादले जीवन र जगत्को हिँड्ने बाटोलाई ‘प्रकट’ मान्दछ । प्रकटानुसार जीवन, जगत् सबै नै विच्छिन्न छन् । ती विच्छिन्नहरू सबै विभिन्न खण्डहरू हुन्—एक आपसमा जोडिएका । एउटा विच्छिन्नताबाट अर्कोमा पुग्दा चेतना, वृद्धि र त्यसबाट हुने ज्ञान परिवर्तन हुन्छ । यसरी कुनै एउटा बिन्दूबाट किताबको पाना पल्टाएको जस्तो, चलचित्रको दृश्य परिवर्तन भएजस्तो अर्को दृश्य देखापर्ने भएकोले यो माध्यमलाई ‘प्रकट’ भनिएको हो । जीवन र मृत्युको बीचमा जुन खाडल हुन्छ त्यो खाडल नै भय हो त्यस्तै संभावित घटना र घटनाबीचको खाडल । घटनाको संभावना र घटना नै अर्को अर्थमा प्रकट हो । जीवन, जगत् यिनै प्रकटको श्रृंखलाले संरचित छ ।
हेत्छाकुप्पामा प्रवेश
हेत्छाकुप्पा

      समालोचनाका धेरै सिद्धान्त छन् । आज हामी हेत्छाकुप्पालाई समालोचनाको नवीन सिद्धान्त भयवादबाट हेर्दैछौँ । भयवाद जीवन, जगत्, चेतना, ज्ञान, मानवीय स्वभाव, मानवीय आवश्यकता, आकाङ्छा, इच्छा सबैलाई खण्डित रूपबाट हेर्दछ । किनभने जसलाई हामी सिङ्गो देखिरहेका छौँ, त्यो वास्तवमा धेरै खण्डहरूको संयुक्त रूप हो । चेतना, समयको असंख्य खण्डहरू छन् । जब हामी प्रकाशलाई खण्ड गरेर हेर्छौ, तब हामी सबैका खण्ड देख्दछौ । यसरी खण्ड गरेर हेरिएन भने शंका, लोभ, ज्ञान, सबै स्पष्ट देख्न सकिन्दैन । स्पष्ट देख्न नसकेपछि त्यसबाट उत्पन्न हुने प्रभाव, तरङ, समस्या छुटयाउन सकिन्दैन । किनभने संसारका सबै वस्तु रुप, गुण, आकारले फरक छन् । यसको मूल कारण विच्छिन्नता हो । यी सबै समयमा निर्भर गर्दछ,वृद्धिमा निर्भर गर्दछ—प्रभाव पार्ने आन्तरिक र बाह्य तत्वहरूमा निर्भर गर्दछ ।

       त्यसैले कृतिलाई समालोचना गर्दा पनि त्यसको आख्यान, शिल्प, भाषा, शैली, भाव, शब्द संयोजन, वाक्य विन्यास सबै खण्डन गरेर हेर्नुपर्दछ । भयवादिय समालोचनाको लोचन यतातिर छ प्रथम शर्त । हेत्छाकुप्पा एउटा सुन्दर किराती मिथक हो । यो मिथकले किराती जातिको उत्पत्ति, अन्नको उत्पत्ति, विवाह सँस्कार, मृत्यु सँस्कार, अन्न पूजा, पितृ पूजा र सभ्यताको विकास जोडेर ल्याउँछ । भयवादमा छ भय र छैन भयको व्याख्या छ । यो मिथक छ भयभित्र पर्दछ । कुनै जातिसित भाषालिपि, धर्मसँस्कार, साहित्य, कथा, मिथक सबै हुनुपर्दछ । यदि ऊसित यी सबै भएन भने त्यो जातिलाई चिन्न सकिन्दैन । यो उसको गौरव हो । यसलाई बचाएर राख्नुपर्दछ । यसलाई बचाउन यसको अधिकतम प्रयोग गर्नुपर्छ । यिनीहरूलाई जति प्रयोग गरियो, खेलाइयो त्यति बलियो हुन्छ । यसले जातिलाई बचाइ राख्दछ । यो किराती जातिलाई बचाइ राख्ने मिथक हो । हेत्छाकुप्पा वा मिथकहरू छका भयहरू हुन् । एक किसिमको अज्ञात भयले हेत्छाकुप्पाको जीवन नियन्त्रण, सञ्चालन र निर्देशन गरेको छ । नाटककारले नाटकमा छ भय प्रयोग गरेका छन् । यो अति नै सह्रानीय छ ।

     जुन जातिसित भाषालिपि, धर्मसँस्कार, कथा, संगीत, मिथक छैन, उसलाई चिन्न सकिन्दैन । त्यस्ता जातिहरू समयको गर्भमा कुनै अर्को जातिमा विलय भएर जान्छन् । उनीहरूलाई जहिलेपनि आफ्नो जाति लोप हुने भय भइरहन्छ । त्यसैले जतिसक्दो उनीहरू आपूmलाई बचाउन भाषालिपि, धर्मसँस्कार, संगीत, कथा, मिथक बचाउने प्रयास गर्दछन् । छैन भनेपनि नयाँ नयाँ बनाएर पूरानोसँग जोडेर व्याख्या गर्दछन् । किनभने उनीहरूलाई आफ्नो अस्तित्वको माया छ ।
    हेत्छाकुप्पा सृष्टि भैसकेको संसारमा जन्मेका छन्, हुर्केका छन् । नाटकको प्रारम्भ मै उसलाई भोक लागेको दृश्य छ । नाटकको शुरुदेखि अन्तिम सम्म भोकको राम्रो उठान छ । भोक शरीरलाई चाहिने खानेकुरा हो । यस कुराको ज्ञान मांसपेशी, इन्द्रियहरूले मस्तिष्कलाई सन्देश दिएपछि महसुस हुन्छ । यो चेतना हो, चेतनाको शुरुवातसँगै भय हुन थाल्दछ ।
     मान्छेलाई जहिलेपनि ‘केही हुँ’ भन्ने लाग्दछ । यो मान्छेको स्वभाव हो । केही होइन भने मान्छेले हेप्ने, अन्यायमा परिने, समाजमा प्रतिष्ठा नहुने भय हुन्छ । त्यसैले मान्छेले जहिलेपनि हुँको हुँकार गर्दछ । यस नाटकको अन्तिममा हेत्छाकुप्पाले ‘हुँ’ गरेका छन् । उनी भन्छन् “ म आमा बाउ नभएको टुहुरा हुँ । म छेत्कुमाचीले पनि माया मारेको माइती हुँ । म चक्रङधिक्मालाई पनि मार्ने बीर पुरुष हुँ । म नागाहोङको छोरी विवाह गर्ने मान्छे हुँ । म आधुनिक खिम बनाउने होङ हुँ । म चक्काबाट सुनैसुनको दरबार बक्सीस पाउने होङ हुँ । म किराती हेत्छाकुप्पा हुँ । म हेत्छाकुप्पा हुँ । म हेत्छाकुप्पा हुँ ।”
     यी सबै हुँमा भय छ । मान्छे कसैसित दबिएर बस्न चाहान्दैन । ऊ सबैभन्दा अगाडि हुन खोज्नुको कारण कसैले दबाउँछ, हेप्छ भन्ने हो । त्यसैले यस नाटकमा पनि हेत्छाकुप्पाले म हुँको हुँकार गरेका छन् ।
     यो नाटक सात दृश्यमा विभाजित छ । यो सिङ्गो नाटक हेत्छाकुप्पाको मानवीय शरीर हो । भयको विखण्डन हामी मानवीय शरीरबाट गर्दछौँ । जब ऊ जीवित हुन्छ, चेतना, ज्ञान जीवित हुन्छ भन्ने अर्थमा । चेतना वा ज्ञान भयको सम्पूर्णता होइन । यसमा बाह्य तत्व र स—संकेतक प्रवृत्तिको प्रवेशपछि भयले पूर्णता पाउँदछ । तर स—संकेतक प्रवृत्ति सबै वस्तुमा समान रूपमा प्रवेश गर्दैन । त्यसैले मान्छेको भय एउटै वस्तुमा भिन्न हुन्छ । किनभने भय उसको आणुवंशिता, इन्द्रिय, ज्ञान तन्तु, चेतना, सहनशीलता, ग्रहणीय क्षमतामा फरक हुन्छ ।
     पहिलो दृश्यमा हेत्छाकुप्पा सानो छ । दिदीहरू तायामा र खियामाले घनाजंगलबाट खानेकुरा खोजेर ल्याइदिन्छन् । ऊ त्यही खाएर रमाउँछ । ऊ भन्छ, “आज मलाई अरु दिनभन्दा ज्यादा भोक लागेको छ ।” अनि दिदी तायामाले पोल्टोबाट ऐँसेलु झिकेर दिन्छे । तायामा आमाबाबुको मृत्युपछि गाउँमा अनिकाल लागेको, गाउँमा खानेकुरा नभएको आशय व्यक्त गर्छे । भोकको अन्तिम निराकरणको रुपमा ऐँसेलु पनि नभएको बताउँछे । वन तरललाई राक्षसनीले पतालमुनि भसाएकोले खान नहुने भएको, लाकुवा खानै नहुने गरी तीतो बनाइ दिएको बताउँछे । खानेकुरा केही नभएपछि भोको मरिने र हेत्छाकुप्पा बेहोस हुने कुरा बताउँछे । खियामा दिदी र भाइलाई भन्छे, “हुन्छ नाना । जाउँ, जाउँ अन्न खोज्नु । भेटियो भने त हाम्रो भाग्य नै पो पल्टिन्छ त ।”
    रोङ पकाउँदै गर्दा दाउरामा खुट्टा ठोकिएर हेत्छाकुप्पा वेहोस भएपछि तायामा र खियामाले म¥यो भनेर छोडेर जान्छन् । बाटोमा खियामालाई हङ्ग्रायोले मारेर खान्छ । अनि उनलाई तायामाले बचाउँछे । जब हेत्छाकुप्पाको होस आउँछ, कोही हुँदैन । दिदीहरूले छोडेर गइसकेका हुन्छन् । ऊ जोडले भोकाएको हुन्छ । खानेकुरा केही हुँदैन र ङासी तोलालाई तुरुन्तै हुर्केर फल्ने त्रास देखाउँछ । रुखमा बसेर फल खाँदै गर्दा राक्षसनी चक्रङधिक्मा आइपुग्छे र फल माग्छे । तर उसको दाउ हेत्छाकुप्पालाई मारेर खाने हुन्छ । उसलाई मारेर खान उनी अनेक दाउ गर्छिन् । हेत्छाकुप्पा पनि सक्दो आपूmलाई बचाउन खोज्छ । तर अन्तिममा चक्रङधिक्माले तोङवातमा राखेर लान्छे । हेत्छाकुप्पा ‘बचाउ बचाउ’ भनेर कराइरहन्छ । यस्ता भोकको दृश्य अन्तिम सम्मै नाटकमा देखाइएको छ ।
     भयवादमा विखण्डनको मान्यतानुसार यहाँ उपस्थित जो पात्रहरू छन् उनीहरूको आफ्नै भयहरू छन् आफन्त भय, जीवन भय, मृत्यु भय, खानेकुरा भय, सृष्टि भय, लाज भय, भ्रम भय, शंका भय, लोभ भय, षडयन्त्र भय, आदिइत्यादि धेरै भयहरू छन् । मुख्य पात्र हेत्छाकुप्पाको जीवन बिरुवाको जस्तै छ । यस संसारमा बिरुवा उम्रिन्छ, बढ्छ, कोपिला लाग्छ, पूmल फुल्छ, बिउ लाग्छ र मर्छ । हेत्छाकुप्पा पनि जन्मिएका छन्, हुर्किका छन्, विवाह गरेका छन्, सन्तान जन्माएका छन् । यस यात्रामा समयको सानो खण्डमा उसमा नयाँ नयाँ प्रकटहरू भएका छन् । उसलाई भोक लाग्नु, रोङ पकाउनु, लडनु, वेहोस हुनु, दिदीहरूले छोडेर जानु, संसारमा एक्लिनु, राक्षसनीले आक्रमण गर्नु राक्षसनीसित बच्नु साकुदिमाले उसको हेरचाह गर्नु, विवाह हुनु र छाको जन्म हुनु । नाटकको प्रत्यक्ष भय चक्रङधिक्मा हो । उनले खेदिरहेको दृश्य छ । अन्न खाएर बिरामी भएकोमा शंका भय, छाको मृत्युमा साँस्कारिक भय छ । त्यसो त बाँकी दृश्यहरूमा भय नदेखिएको भन्ने होइन रिनाखाले विवाह नगर्ने भय, साकुदिमा सँगै नबस्ने भय, तायामा, खियामा नआउने भय, खान नपाइने भय । सम्पूर्ण दृश्यहरूमा भयले सबै भयहरूलाई नियन्त्रण, उत्प्रेरण, सञ्चालन गरेको छ । यस नाटकमा यस्तै धेरै प्रकारको भयहरू छन् । तथापि नाटकलाई भयवादिय समालोचना गर्न नाटकमा उल्लेख भएका भयका प्रकारहरूलाई संक्षिप्तमा व्याख्या गर्दछु ।
अन्धविस्वास÷संस्कार भय
हाम्रो समाजमा समाजको सौन्दर्यको लागि विभिन्न सँस्कार चलाइएको छ । आदिम कालमा समाज सौन्दर्यको लागि थियो सँस्कार । नाटकमा हेत्छाकुप्पाभन्दा अगाडि पनि सँस्कार थियो भन्ने देखाइएको छ । नयाँ अन्नबाली खाएर बिरामी भएको शंकामा रिनाखा भन्छे,, “ पापा, सधै हामीले नयाँ अन्न बाली खाँदाखेरी पहिला हाम्रो पुर्खाहरूलाई चढाएर मात्र खानुपथ्र्यो । तर हामीले पुर्खाहरूलाई नचढाई नै अन्न खाएछौ । त्यही भएर पूर्खाहरूले हामीलाई सजाय स्बरुप बिमारी पारिदिनुभयो । अबदेखि हामीले नयाँ अन्न बाली हाम्रो पूर्खाहरूलाई पहिला चढाएपछि मात्रै खानुपर्छ ।” रिनाखाको भनाइबाट के स्पष्ट बुझिन्छ भने आदिम कालदेखि नै नयाँ अन्नबाली खाँदा पुर्खालाई चढाएर खाने चलन थियो । पुर्खा भनेका देवता हुन्, उनीहरूलाई चढाएर खाइएन भने बिरामी भइन्छ, जिब्रो बटारिन्छ, मरिन्छ भन्ने अन्धविस्वास आज पनि अद्यावधि छ । ईश्वर, सँस्कार, रुढिवादी, अन्धविस्वास एक किसिमको भय हो । आदिम कालमा यी अन्धविस्वास, रुढिवादी मान्छेहरूलाई भयभीत बनाउन र समाजमा हैकम चलाउन बनाइएको थियो । आज पनि हामी यो रोगबाट मुक्त हुन सकेको छैनौ । हामीले सँस्कार नगर्नासाथ कता कता भय हुन्छ ।
   त्यस्तै हेत्छाकुप्पा भन्छ, “रिनाखा, हाम्रो विवाह गर्दा हामीले कुरोङलाई अनिर्वाय रुपमा निम्तो गरेर कुरोङ थाप्सोङहिली दिनु पथ्र्योरहेछ । तर हामीले चक्काको उपस्थिति बिना नै हाम्रो विवाह गरेकाले गर्दा कुरोङ दोष लागेर हाम्रो छाको मृत्यु भएको कुरा चक्काले बताउनु भयो । त्यसरी कुरोङ थाप्सोङहिली बिना नै विवाह गरेर बस्दा त अझै धेरै कुरोङ दोष लाग्छ अरे, रिनाखा ।”
     केही मान्छे जे गर्दा पनि साइत हेरेर मात्र गर्ने गर्छन् । यो पनि एक किसिमको अन्धविस्वास हो । नाटकमा धेरै ठाउँमा यो अन्धविस्वासलाई देखाइएको छ । तायामा खियामालाई बाटो देखाउने सवालमा भन्छे, “तिमी मेरो पछिपछि आउँ ∕ नत्र हाम्रो यात्रामा अशुभ हुन्छ ।”
     नयाँ घर बनाउने सिलसिलामा रिनाखा भन्छे, “पापा, आज हामी सबैजना भएकाले हाम्रो नयाँ घरको मूलखाँबो अहिले नै गाडेर हाम्रो नयाँ घरको शुभ साइत गर्नुपर्छ, ।” त्यस्तै उडेर जाने बेलामा तायामा खियामालाई भन्छे, “खियामा, हामी त मान्छेको रुपबाट परिवर्तन गरेर तिमी खिवामा र म तावामा भएकाले गर्दा अब यो हेत्छाकुप्पाको बिवाहको कुरोङ थाप्सोङहिलीमा धेरैबेर बस्नु हुँदैन । अब हामी आ–आफ्नो ठाउँतिर फर्केर जानुपर्छ । यसरी धेरै बस्यो भने, हेत्छाकुप्पालाई अशुभ हुन्छ ।”
    यस्तो किसिमको साइत भय हिजो आज पनि हामी प्रयोग गरिरहेका छौँ । विवाह गर्दा, यात्रामा जाँदा, घर बनाउँदा, नोकरीमा जाँदा, व्यवशाय गर्दा सधैँ साइत हेर्ने चलन छ । साइत नहेरी गरिएको काममा दुर्घटना भयो, नोक्सानी भयो भने साइत नगरिएको कारणले भन्ने विस्वास गरिन्छ । त्यसैले शुभ कार्य गर्दा जहिलेपनि साइत हेर्ने गरिन्छ । यस नाटकमा यसरी अन्धविस्वास, सँस्कारले भय पैदा गरेको छ ।
स्वभाव भय
मान्छेमा धेरै प्रकारको स्वभाव हुन्छ । त्यो स्वभावको कारणले पनि भय उत्पन्न हुन्छ । म यहाँ नाटकमा उल्लेख भएको स्वभावको मात्र चर्चा गर्न लागिरहेको छु ।
१. शंका भयः
   मान्छेका धेरै स्वभाव मध्ये शंका पनि एउटा स्वभाव हो । यसलाई प्रायः मान्छेले सामान्य अर्थमा लिने गरेको पाइन्छ । तर यसैको कारणबाट ठूला ठूला युद्ध, घटना हुने गरेका छन् । सामान्यतया घरपरिवारमा पनि यसैको कारणले हिंसा, हत्या, पारपाचुके दिनहुँ जसो भइरहेको छ । यसलाई खण्डन गरेर हेर्ने हो भने धेरै नयाँ अन्वेषण हुन सक्दछ । यस नाटकमा हेत्छाकुप्पा भन्दछ, “ यो अन्न त खानु हुदैन थियो कि क्या हो ? यो अन्न विषालु छ त जस्तो लाग्दै थियो, तर रिनाखाले पत्याइन । कतै यो अन्न खाने जति हामी सबैजना मरिन्छ कि क्या हो ? साँच्चै यो अन्नले मातेर मरियो भने त सबैजना एकै छाक पो भइन्छ त । हाम्रो लाश उठाउने मान्छे पनि हुँदैन ।” मान्छेले शुरुमा नै शंका गरेर खाएपछि, त्यसको प्रभाव नकारात्मक पर्न सक्दछ । नाटकमा पनि खान अगाडि मरिन्छ कि भन्ने भय भएको छ । त्यसैले खाएसकेपछि उसलाई मनोवैज्ञानिक असर परेको छ । यस्तो अवस्थामा जुनै कारणले उसको शरीरमा गडबडी भएपनि त्यसको कारण शंका गरिएको अन्नले हो भन्ने लाग्दछ । यो मनोविज्ञान भएकोछ उसलाई । नाटकमा पनि शंका गरिएको आधारबाट पुर्खालाई पूजा गर्नुपर्ने भएको छ । हाम्रो समाजमा, घरपरिवारमा कुनै घटना घट्यो भने विभिन्न अड्कलबाजी शुरु हुन्छ । त्यसैले शंका पनि भयको ठूलो स्रोत हो ।
२. लोभ भय
   यस नाटकमा धेरै ठाउँमा लोभ भय देखाइएको छ । दोस्रो दृश्यमा झोङमाले हेत्छाकुप्पाको घुङरिएको केश देखेर भनेकी छ, “ तिम्रो त्यो घुङग्रीङग परेको लामो न लामो केश मलाई मन प¥यो । त्यति राम्रो तिम्रो केश तिमीले कसरी बनायौ, हेत्छाकुप्पा ?...त्यसो भए हेत्छाकुप्पा, मेरो पनि केश तिम्रै जस्तो घुङरीङग परेको लामो न लामो पार्नु प¥यो ।” यो वाक्यमा लोभ छ । उनलाई पनि हेत्छाकुप्पाको जस्तो केश बनाउने इच्छा छ । यसैको फाइदा उठाएर हेत्छाकुप्पाले उनलाई मार्ने षडयन्त्र गर्छ । उनलाई मार्न सकेन भने ऊ आफ्नो ज्यान बचाउन सक्दैन । यस दृश्यमा लुप्त एकातिर हेत्छाकुप्पालाई जीवन लोभ छ, अर्कोतिर झोङमालाई केश लोभ । यस लोभपछि नाटकले अर्कै मोड लिएको छ । त्यस्तै अन्तिम दृश्यमा हेत्छाकुप्पा भन्छ, “ त्यो नाङलोमाथिको माहादा र नुनखोर्सानी खानुको लागि छेत्कुमाची लोभिएर फर्किएर आउनु हुन्छ ।” किनभने उसलाई तायामा र खियामा अब सदालाई आउँदैन कि भन्ने भय हुन्छ । उनीहरूलाई बोलाउन लोभ देखाइएको छ । लोभ मान्छेमा भएको एक किसिमको चेतना हो । यो लोभ भएपछि मान्छेलाई भय हुन्छ । मान्छेलाई आदिम कालदेखि नै सुनचाँदि, हिरामोतिको लोभ थियो । हेत्छाकुप्पा भन्छ, “ हाम्रो चक्काको घरमा कति धेरै हिरामोति छ भन्ने कुरा तिमीलाई के थाहा ? हाम्रो चक्काको त सुनैसुनको दरबार छ ।”
समाजमा मान्छेले पैसा कमाउने, सम्पत्ति थुपार्ने गर्छन् । यो लोभ हो । थुपारिसकेपछि चोर लाग्ने, डाका लाग्ने, मान्छेले मार्ने भय हुन थाल्दछ ।
लाज भय
    लाजको कारणले मान्छेले आपूmसित क्षमता भएर पनि आफ्नो क्षमता प्रयोग गर्न सक्दैनन् । कतिपय मान्छेहरू अरु मान्छेको अगाडि बोल्न नसक्ने, खेल्न नसक्ने, नाच्न नसक्ने, गाउन नसक्ने, हिँड्न नसक्ने हुन्छन् । फलस्वरुप उसको विकासमा अवरोध उत्पन्न भइरहेको हुन्छ । यस नाटकमा वापा भन्छ, “ होङ छेत्कुमाची त लजाएर उ पर नै बस्नु भएको छ ।” चक्का भन्छ, “छोछाची ल नलजाइकन यतै आउनुहोस् । म बूढो पनि त अघि नै आइसकेको छु । तपाईहरू पनि छिटो आउनुहोस् ।”
    यस नाटकमा सामान्य यता आउने काम पनि लाजको कारणले भएको छैन । धेरै मान्छेलाई लाजको दोस्रो रुप भय हो भन्ने हेक्का हुँदैन । लाज हट्नासाथ भय हट्छ र उसले गर्न सक्ने काम गर्न सक्छ । यस नाटकमा पनि लाज हटेपछि बिस्तारै छेत्कुमाची अरु मान्छेका माहौलमा घुलमिल भएकीछिन् ।
शब्द भय
     कतिपय शब्द सुन्नासाथ हामीलाई एक किसिमको भय उत्पन्न हुन्छ —जस्तै हत्या, हिँसा, युद्ध, विष, अजिँङगर, बाघ इत्यादि । यो सँगै जहिलेपनि सं—संकेतिक प्रवृत्ति आउँछ । सं—संकेत प्रवृत्तिको ज्ञान नआउने भए शब्दकै आधारमा भयभीत हुनुपर्ने कुनै कारण थिएन ।
   यस नाटकमा प्रयोग गरिएका दूधकोशी, घनाजंगल, ठूलो गुफा, अनिकाल, भोकमरी, राक्षसनी, भोक, मृत्यु, हङग्रायो, कार्दा, लाश, बिजुली, चटयाङ, उडुस, झिँगा, भुसुना, किरा थुप्रै शब्द छन् । यी शब्दहरूले भय बोकिरहेको हुन्छ । जसलाई यी शब्दहरूले पहिला नै तर्साएको छ ऊ त शब्दैसँग तर्सिन्छ, जसलाई तर्साएको छैन उसलाई पनि भयभीत बनाउँछ ।
   यस्ता कतिपय शब्द छन्, जसले हामीलाई तर्साउँछ । “अगुल्टाले हानेको कुकुर बिजुली चम्किन्दा तर्सिन्छ” भन्ने उखान यस्तै हो । किनभने यस शब्दमा चेतना, ज्ञान, अनुभूति, स—संकेतिक प्रवृत्तिको सँगम हुन्छ ।
मृत्यु भय
   मृत्यु भयको कारण जीवन भय हो । जीवनको मोहले मान्छे मृत्युसित भयभीत हुन्छन् । मान्छेलाई जहिलेपनि मर्न नपरोस, सधैँ बाँचिरहुँ भइरहन्छ । तर यो संभव छैन । सबै मान्छे एकदिन मर्नुपर्छ । यो सत्य जान्दाजान्दै पनि भय पालेर बसेका हुन्छन् मान्छेहरू । किनभने मान्छेलाई मर्न अति नै डर लाग्छ । यसको प्रष्टि नाटकमा बारम्बार गरिएको छ । जब हेत्छाकुप्पालाई चक्रङधिक्माले तोङवातमा हालेर लान्छे, उसलाई अब निश्चय नै मृत्यु हुने भो भन्ने लाग्छ र कराउन थाल्छ,“ नाई आमा मलाई बचाउँ, मलाई बचाउँ आमा । मलाई बचा∏ँ नानाची...∕”
   त्यस्तै झोङमा जब घुङरिङ केश बनाउने लोभले ओखलीमा उधोमुन्टो पस्छे अनि माथिबाट हेत्छाकुप्पाले तातो तेल खन्याउन थाल्दछ, उनलाई मर्छु भन्ने लाग्छ र गुहार माग्न थाल्छ,“ आया...या...आथा...था...था...मरे...मेरो...आमा...मरे...।”
    अर्को दृश्य शंका मान्दै हेत्छाकुप्पाले अन्न खान्छ । अन्न खाएपछि उसलाई बिरामी परेको भान हुन्छ । त्यतिखेर रिनाखालाई भन्छ, “साच्चै यो अन्नले मातेर मरियो भने त सबैजना एकै छाक पो भइन्छ त । हाम्रो लाश उठाउने मान्छे पनि हुदैन ।”
    साधारण अवस्थामा मान्छेको भय प्रकटिएको हुँदैन । भय हुनुलाई ज्ञान हुनुपर्दछ । कुनै रोगका बारेमा थाहा नपाइन्जेल मान्छे त्यो रोगबाट भयभीत हुँदैन । तर जुन दिन उसले थाहा पाउँछ त्यो दिनदेखि भय हुन थाल्दछ । औसत मान्छेलाई यस्तो हुन्छ । कुनै मान्छेलाई वर्षौदेखि क्यान्सर लागेको छ । क्यान्सर तुरुन्तै देखिन्दैन, लक्ष्यण पनि हुँदैन । रोग लागेपनि मान्छे ज्ञान नभइन्जेल निरोगी मान्छेजस्तै हिँड्छ, डुल्छ, खान्छ । तर जब उसलाई डाक्टरले वा कुनै माध्यमबाट रोग लागेको थाहा हुन्छ, उसलाई भय हुन थाल्दछ । अनि उसको व्यवहार बदलिन्छ, परिवारको व्यवहार बदलिन्छ, साथीहरूको व्यवहार बदलिन्छ ।
     यसरी मान्छेलाई जहिलेपनि मृत्यु भय भइरहन्छ । यो भयलाई नाटककारले राम्ररी चित्रण गरेका छन् ।
भोक भय
     यो नाटकको प्रत्येक दृश्यमा भोकको व्याख्या छ, भोक लागेर मर्न लागेको । रुखमा बसेर ङासी खाइरहेको बेला फकाउदै, लोभ्याउदै, उक्साउँदै चक्रङधिक्मा हेत्छाकुप्पालाई भन्छे, “मलाई सारै भोक लागेको छ ।” त्यस्तै छाले आमासित भन्छ, “आमा तपाईले पापा आउनु भएपछि अघाउन्जेल माम खाने भन्नुभएको थियो । अब पापा आउनु भयो । माम खाउ न है आमा । मलाई सारै भोक लाग्यो ।” नाटकमा भोक सम्बन्धी अन्न नभएको, खडेरी, अनिकाल परेको जस्ता दृश्यहरू छन् । अनि अन्न खोज्न गएको, बल्छी खेल्न गएको, जाल हानेको, सिकार खेलेको, लिसो थापेको, पासो थापेको, कन्दमूल खोजेको आदिइत्यादि धेरै दृश्य छन् । यी सबै भोकले उत्पन्न गर्ने भय हुन् । भोक आफै भय होइन । भोकले ल्याउने आपत्विपत्ले भय ल्याउँछ । नाटकको धेरै दृश्य भोकमा केन्द्रित छ । त्यसैले यो बाँच्ने लोभमा केन्द्रित भोकभय नाटक हो । मान्छेले समयमा खान पाएन भने मर्ने भय हुन्छ । मान्छे जहिलेपनि मर्नदेखि डराउँछ । आदिमकालमा आजको जस्तो खानेकुराको स्रोत प्रयाप्त थिएन । सिकार, कन्दमूल नै त्यसबेलाको मुख्य आहार थियो । सिकार, कन्दमूल नपाए भोकै बस्नुपर्ने वाध्यता थियो । उनीहरू त्यसबेला खानु र बस्नुभन्दा अरु केही इलम गर्दैनथे । सभ्यताको विकास नै भएको थिएन । उनीहरूलाई भोकको मात्र भय थियो ।
हतियार भय
      मान्छेले हातमा चक्कु, कार्दा, खुकुरी, बन्दूक, बम बोक्यो भने त्यसै भय हुन्छ । किनभने कुन बेला पडकिने, काटिने, घोचिने हो थाहा हुँदैन । हतियार भइन्जेल भय भइरहन्छ । हतियार बोक्ने मान्छेलाई त्यसै आँट आउँछ । अरुभन्दा बलियो छु भन्ने हुन्छ । किनभने हतियारको बलले अरुले उसलाई छुन सक्दैन । संसारमा सबै शक्तिसँग डराउँछन् । शक्तिशाली राष्ट्रको दबदबा हुनुको कारण हतियार हो । ऊसित हतियार भएन भने कसैले उसलाई टेर्दैन । जनावरहरूमा पनि जसको शरीरका अंगहरू हत्यारिलो छन्, दाँत नङग्रा बलियो छ त्योसँग अरु जनावर डराउँछन् । किनभने उसले बढी चोट पु¥याउन सक्छ । यस नाटकमा हतियारको धम्की दिएर बिरुवालाई पनि फल्न वाध्य पारिएको छ । हेत्छाकुप्पालाई दिदीहरूले छोडेर गएपछि ऊ एक्लो हुन्छ । खानेकुरा पनि केही हुँदैन । अनि ङासी तोत्लालाई भन्छ, “ ङाक्सी तुरुन्तै उम्रिएर बोट हु, नत्र तँलाई यही कार्दाले मुन्दुम फलाक्दै काटिदिन्छु ।” बोट उम्रेपछि फेरि ऊ आदेश दिन्छ, “ङासी अब तँ तुरुन्तै पाक, नत्र तँलाई यही कार्दाले छिनाइ दिन्छु । ”
भूल भय
     कुनै मान्छेले जीवनमा भूल गरेको छ । उसलाई थाहा भयो भने भय भइरहन्छ । उदाहरणको लागि कसैलाई ढाँटेको, छक्याएको, कसैको ऋण खाएको वा कसैलाई मारेको छ भने जीवनभर त्यो भूलको कारणले भयभीत भइरहन्छ । यस्तो भूल गर्ने मान्छे जसलाई देखेपनि समाउन आएको, गाली गर्न आएको, सजाय पाउने भयले ग्रस्त हुन्छ । तर भुल गरेपनि उसलाई भूल गरेको छु भनेर थाहा भएन भने भय हुँदैन । दुईजना मान्छेको झगडामा एउटाले अर्कोलाई हल्का एक घुस्सा हिर्कायो र गयो । घुस्सा हिर्काएपछि घुस्सा खाने मान्छे के भयो उसलाई थाहै भएन । किनभने ऊ त्यहाँबाट हिँड्यो । केही समयपछि उसलाई थाहा भयो, उसले हिर्काएको मान्छे मरेछ । जुनबेला उसलाई थाहा हुन्छ, त्यही समयदेखि उसलाई भय हुन थाल्दछ ।
     यस नाटकमा चक्रङधिक्माले हेत्छाकुप्पालाई मारेर खाने प्रयास गर्छे । तर हेत्छाकुप्पा विभिन्न उपाय लगाएर बाँच्न सफल हुन्छ । लामो समयपछि जब हेत्छाकुप्पा चक्काको घरमा जान्छ, । त्यो राक्षसनी त चक्काको नोकर्नी भएर काम गर्दै गरेको देख्छ । हेत्छाकुप्पालाई देख्ने बित्तिकै उनी लुक्छे । किनभने हेत्छाकुप्पाले चिन्यो भने समाउँछ, चक्कालाई भन्छ, कुट्छ, थुन्छ, मार्छ भन्ने भय हुन्छ । लुक्दालुक्दै पनि हेत्छाकुप्पाले चिनेर सबै कुरा चक्कालाई सुनाउँछ । चक्काले चक्रङधिक्मालाई घरबाट निकालिदिन्छ ।
    यसरी विभिन्न प्रकारका भयहरू यस नाटकमा उल्लेख भएका छन् ।
प्रकटको आधारबाट
       भयवाद संसारलाई विच्छिन्न हेर्दछ । यस नाटकमा भएका पात्रहरू सबै विच्छिन्न छन् । हेत्छाकुप्पा आफैभित्र पनि विच्छिन्न छ । उसका चेतना, ज्ञान, भय सबै विच्छिन्न छन् । तर यी सबै विच्छिन्नहरू एक आपसमा जोडिएका छन्—बाल्यकाल, जवानी र वृद्ध खण्डहरू । त्यस्तै जोडिएर आएका छन् —तायामा, खियामा, साकुदिना, रिनाखा, छा, चक्का, छन्ना इत्यादि । तर यी सबै विच्छिन्न हुन् । विच्छिन्न भएकोले नै सुक्ष्म सुक्ष्म बिन्दु प्रकट हुन्छ । यी प्रत्येक प्रकटमा ‘संघषर्’ भइरहन्छ । यही प्रकटमा चेतना, ज्ञान, र भय हिँड्छ ।
    हेत्छाकुप्पा एउटा आम मान्छेको प्रतिनिधि हो । उसलाई मारेर खानको लागि चक्रङधिक्मा निरन्तर लागिरहन्छ । ऊ भागिरहन्छ । तरपनि समाउन सक्दैन । राक्षसनी अनेकौ उपाय लगाउँछे—लोभ देखाउँछे, धम्की दिन्छे, षडयन्त्र गर्छे, जाल गर्छे । यी सबै गर्नुको कारण उसलाई मारेर खानु हो । तर हेत्छाकुप्पा उसको हरेक षडयन्त्र, जाल तोड्दै भाग्छ । किनभने उसलाई मृत्यु भय, जीवन भय, आफन्त भय छ । तथापि ऊ सधैँ कसैले खेदिरहेको, छोपिरहेको ठान्छ । चक्रङधिक्मा अगाडिपछाडि नआएपनि उसलाई आइरहेकोजस्तो लाग्छ र भयभीत भइरहन्छ । ऊ नआएपनि उसको छायाँले उसलाई लखेटिरहन्छ । ऊ मात्र होइन, झोङमा, पक्का, निछाजस्ता राक्षसी पात्रहरू आइरहेको भान हुन्छ । हेत्छाकुप्पा भागिरहन्छ । आपूmलाई बचाइरहन्छ । जुनै बिन्दूमा पनि उसलाई समाएर खाने संभावना हुन्छ । यी सबै संघर्ष हुन् । यी संघर्षमा सबैतिर जित हुनुपर्छ । जहाँ हार हुन्छ ऊ त्यही समाप्त हुन्छ ।
    यसरी नै आम मान्छेलाई पनि कसैले लखेटेको, मार्न आएको, समाउन आएको, भोक, रोग, शंका, चिन्ता, लोभ, अहंमताले लखेटिरहेको जस्तो लाग्छ र जिन्दगीभर भागिरहन्छ, लुकिरहन्छ, छलिरहन्छ । मृत्युपछि मात्र मान्छेले छुटकारा पाउँछ ।
     यो नाटक मुख्य गरी हेत्छाकुप्पाको कथामा आधारित नाटक हो । नाटकको आख्यान पक्षलाई बल पु¥याउने विभिन्न उपाख्यान समावेश गरिएको छ । हेत्छाकुप्पाले जीवन पूरा गरेको छ नाटकमा । जन्मेको छ, हुर्केको छ, विवाह गरेको छ, सन्तान पैदा गरेको छ । आफ्नो जीवन पूरा गर्न विभिन्न प्रकटको माध्यमबाट हिँडेको छ । ती प्रकटका प्रत्येक खण्डमा भय भएको छ, संघर्ष गरेको छ, संघर्षमा जय भएको छ र नै अगाडि बढेको छ । ती प्रत्येक प्रकटमा ज्ञान पाएकोछ, शारिरीक वृद्धि भएको छ । यो डार्बिनको जीवन—संग्राम वा संघर्ष (क्तचगननभि ायच भहष्कतभलअभ), योग्यतमको जीवनरक्षा वा प्राकृतिक छनौट (क्तचगननभि या तजभ ाष्ततभकत यच ल्बतगचब िक्भभिअतष्यल) जस्तो देखिएपनि यो चेतना, ज्ञान र भयको प्रकटमा बढी केन्द्रित छ ।
  प्रकटको माध्यमबाट जन्मिनु, हुर्किनु, विवाह गर्नु, सन्तान पैदा गर्नु र अन्त्यमा मर्नु भयवादिय माध्यमहरू हुन् । अथवा भन्यौ जीवन—चेतना—ज्ञान—भय—भयवाद । यसमा सुत्रबद्ध छ नाटक ।
भयवाद
     भय विभिन्न स्रोत, कारणले हुने गर्दछ । मान्छेलाई भय थाहा भएपछि त्यस भयलाई न्युन गर्न, परिवर्तन गर्न, सामना गर्न सजिलो पर्छ । भयको कारणले हो भन्ने थाहा भएन भने उपचार गर्न गाह्रो पर्छ । एक किसिमको भयबाट मान्छे ग्रसित छ, त्यो भय थाहा नभइन्जेल चिकित्सक, मनोविश्लेषकले पनि उसको उपचार गर्न सक्दैन । कहालिने, रुने, उफ्रिने, रङ्ग फुस्रो हुने, काम छुट्ने, स्वर बिग्रिने, रौं ठाडा हुने, पसिना आउने, वेहोस हुन,े कराउने, बहुलाउने, कुद्ने, चिच्याउने, डिप्रेशन हुने, आक्रमण गर्ने, एकान्त प्रिय हुने, घर छोडेर हिँड्ने, परिवार छोडेर हिँड्ने, युद्ध गर्ने, हत्या गर्ने, झूठो बोल्ने, षडयन्त्र गर्ने, हिनताबोध हुने, अन्तरमुखी हुने आदिइत्यादि विभिन्न लक्ष्यण देखाउने, विभिन्न गतिविधि गर्ने गर्दछ । त्यसमध्ये कतिपय मनोवैज्ञानिक कारण होला, धेरै भयको कारण उत्पन्न हुन्छ । भयको स्रोत थाहा पाएपछि त्यस भयबाट निस्किने आ—आफ्नै बाटोहरू हुन्छन् । उदाहरणको लागि मान्छेलाई डाइबेटिजको रोग लागेको छ । त्यस भयबाट निस्किन कुनै मान्छे कसरत गर्छ, कुनै मान्छे खानेकुरा बार्छ, कुनै मान्छे योगा गर्ला । यसरी भय, भयको स्रोत, भयको कारण थाहा पाउनु र त्यसबाट मुक्त हुने, कम गर्ने प्रयास गर्नु भयवाद हो ।
     नाटकमा सँस्कारिक भय, शंका भय, भोक भय, आफन्त भय, जीवन भय, मृत्यु भय, अन्धविस्वास भय तमाम भयहरू छन् । ती भयहरूबाट निस्किन न्युन गर्न, मुक्त हुन विभिन्न उपायहरूको अवलम्बन गरिएको छ । नाटकका पात्रहरू विभिन्न बाटाहरूबाट निस्केका छन् । यो नै भयवाद हो ।
यसरी नाटक भयबाट शुरु भएर भयवादमा अन्त्य भएको छ ।
अन्त्यमा,
आदिम कालदेखि आइरहेको मिथकलाई नाटकमा उतारेर नाटककारले विशिष्ट काम गर्नुभएको छ । यसमा नौलो लेखकीय प्रविधिको संमिश्रण गर्नुभएको छ । नाटक पढ्दै जाँदा विभिन्न जातजातिको मिथक मिसाइएको हो कि लाग्छ, रमाइलो छ । नाटकको पाठले पाठकलाई तानिरहन्छ । यो नै उहाँको अद्भूत शिल्प हो । यसले जातीय मिथकको संरक्षण गर्दछ, जातीय पहिचान बढाउँछ, साहित्यको ढुकुटीमा सम्पत्ति थप्दछ र अन्तोत्गत्वा नेपाली साहित्यलाई उचाइमा पु¥याउन मद्दत पु¥याउँछ । नाटकलाई भयवादिय समालोचना गर्ने सुअवसर दिनुभएकोमा नाटककारलाई साधुवाद छ ।
हेत्छाकुप्पा
(प्रवीण पुमा
दृश्य ः पहिलो
स्थान ः तुवाचुङ
समय ः बिहान÷दिउँसो÷बेलुका
पात्रहरू ः हेत्छाकुप्पा, तायामा, खियामा, होङ्ग्रायो, चक्रङधिक्मा
(हिमालयको काखमा तुवाचुङ छ । त्यो तुवाचुङमुनि दूधकोसी बगिरहेको छ । त्यो दूधकोसीमाथि तुवाचुङको घनाजङ्गलभित्र ठूलो गुफा छ । त्यो गुफाभित्र किरात संस्कृति झल्किने घर छ । त्यो घरमा हेत्छाकुप्पा सुतिरहेको छ । त्यहीबेला गफ गर्दै तायामा र खियामाको प्रवेश हुन्छ ।)
तायामा ः (हेत्छाकुप्पाको छेउमा गएर नियाल्दै) हेत्छाकुप्पा१, हेत्छाकुप्पा, ए... हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (ओछ्यानबाट बिस्तारै उठेर आँखा मिच्दै) हजुर, नानाची२ ।
खियामा ः (हेत्छाकुप्पालाई उठाउँदै) हेत्छाकुप्पा, तिमी अझै सुतिरहेकै छौ ?
हेत्छाकुप्पा ः (समालिएर उठ्दै) हैन नानाची, म उठिहालेँ नि ¤ (तन्किँदै) मता कति सारो भुसुक्कै पो निदाए छु ।
तायामा ः हेर न हेत्छाकुप्पा, हाम्रो आमा(पापाको मृत्यु भएपछि ता, यो गाउँभरि नै महाअनिकाल लागेको छ । यो गाउँमा खानेकुरा केही पनि छैन । अस्ति(अस्ति ता, जङ्गलबाट ऐँसेलु खोजेर तिमीलाई ल्याइदिन्थ्यौँ तर अबदेखि ता, त्यो ऐँसेलु पनि छैन ।
खियामा ः हो हेत्छाकुप्पा, अबदेखि ता हामीले खाने वनतरुललाई पनि चक्रङधिक्माले पत्तालमुनि भसाइदियो । अब हामीले त्यो वनतरुललाई पनि खनेर खानु नसकिने भयो । हामीले खाने लाकुवा३लाई पनि खानै नहुने गरी तीतो बनाइदियो । आजदेखि ता, हामीले खानेकुरा पनि केही छैन । तसर्थ हेत्छाकुप्पा, अब हामी भोकभोकै मर्ने नै भयौँ । फेरि तिमीलाई भोक लागेपछि सधैँ बेहोस हुन्छौ, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा) त्यो ता हो नानाची । तर के गर्नु नानाची, मलाई आज पनि फेरि अरू दिनभन्दा धेरै भोक लागेको छ । (खियामाले पोल्टोबाट ऐँसेलु झिकेर हेत्छाकुप्पालाई दिन्छ ।)
तायामा ः (पोल्टोबाट ऐँसेलु झिकेर दिँदै) त्यसकोे बारेमा चिन्ता नलेऊ, हेत्छाकुप्पा । हामी जसरी भए पनि खानेकुरा खोजी ल्याएर तिमीलाई अघाउन्जेल खानु दिन्छौँ । (बुछीरोङ बसाउँदै) बरु हेत्छाकुप्पा, तिमीले चाहिँ हामी नआउन्जेलसम्म यो सुप्तुलुङ४मा आगो बालेर यो बुछीरोङ५ पकाउँदै गर है ।
हेत्छाकुप्पा ः (ऐँसेलु खाँदै) हुन्छ, नानाची । म तपाईंहरुले भनेभैंm बुछीरोङ पकाउ छु ।
तायामा ः खियामा, हामी फेरि पनि एकपल्ट गाउँतिर अन्न खोज्नु जाऊँ । कतै अन्न भेटी पो हालिन्छ कि ?
खियामा ः (स्वीकारोक्तिमा) हुन्छ नाना६ । जाऊँ, जाऊँ अन्न खोज्नु । कतै अन्न भेटिहालियो भने ता, हाम्रोे भाग्य नै पो पल्टिन्छ त ।
हेत्छाकुप्पा ः (निर्दोष रूपमा हेर्दै) नानाची, भरै छिट्टै आउनुहोस् है ।
तायामा ः (मायाले हेत्छाकुप्पालाई छाम्दै) ल, ल हेत्छाकुप्पा । हामी अन्न खोजी ल्याएर छिट्टै आउँछौँ, अनि रोङ७ पकाएर सबैजनाले अघाउन्जेल खानुपर्छ ।
खियामा ः (मायाले हेत्छाकुप्पालाई छाम्दै) हो हेत्छाकुप्पा, आजचाहिँ भुँडी अघाउन्जेल रोङ खानुपर्छ । (ऐँसेलु खुवाउँदै) लु उठ, हेत्छाकुप्पा । अहिलेचाहिँ उठेर यो एँेसेलु खाँदै गर । भरै बुछीरोङ पाकेपछि रोङ खाउँला ।
हेत्छाकुप्पा ः (उठेर रमाउँदै नाच्दै) आहा ¤ आज रोङ खाने..., आज रोङ खाने..., आज रोङ खाने...। (त्यहीबेला हेत्छाकुप्पाको खुट्टाले चुलाको दाउरामा टेकेर बुछीरोङ घोप्टिएर पोखिन्छ । हेत्छाकुप्पा पनि चुलाको दाउरामा अल्झिएर लड्छ ।)
खियामा ः (दौडिँदै गएर हेत्छाकुप्पालाई उठाउँदै) रोगो, रोगो, नामधुम्पा८ लावा९ ताएँ१०(ताएँ ।
तायामा ः (हेत्छाकुप्पालाई उठाउँदै) हेत्छाकुप्पा, हेत्छाकुप्पा आँखा खोल त ।
खियामा ः (हेत्छाकुप्पालाई झक्झकाउँदै) हेत्छाकुप्पा, हेत्छाकुप्पा आँखा खोलेर यता हेर त । (हेत्छाकुप्पालाई अँगालो मारेर रुँदै) हेत्छाकुप्पा...।
तायामा ः (हेत्छाकुप्पालाई अँगालोमा लिँदै) हेत्छाकुप्पा, तिमीले पनि आमा(पापाले जस्तै कहिल्यै नफर्किने गरी हामीलाई छोडेर गयौ है । आमा(पापाले पनि हामीलाई नाबालकमै टुहुरा बनाएर जानुभयो । अब तिमीले पनि हामीलाई छेन्वा११ विहीन बनाएर गयौ है । अब हामीमत्तै यो हेन्खामा१२मा कसरी बसौ नि, हेत्छाकुप्पा । (आफ्नो शरीरको बर्को निकालेर हेत्छाकुप्पाको शरीरमा छोपिदिएर भक्कानिएर रुन्छ ।)
खियामा ः (आँसु पुछेर सान्त्वना दिँदै) नाना, अब नरुनुहोस् । बरु नरोइकन उठेर हेत्छाकुप्पाको आत्मालाई चिरशान्ति मागी दिऊँ । अब हेत्छाकुप्पाको भाग्य नै त्यति रैछ ।
तायामा ः (रुँदै) हेत्छाकुप्पा, तिम्रोे भाग्यमै यति नै रैछ । तसर्थ, चित्त नदुखाई निनाम्मा१३मा गएर सुनैसुनको दरबारमा बूढाहोङ१४सँग बस है । तिम्रोे खाने, बस्ने, खेल्ने ठाउँ पनि त्यहीँ छ । त्यहीँ खानु, त्यहीँ बस्नु, त्यहीँ खेल्नु है, हेत्छाकुप्पा । त्यसको लागि हामीले किरात संस्कार(अनुसार मुन्दुम१५को माध्यमबाट निनाम्मामा पु¥याएर सुनैसुनको दरबारमा पु¥याएर बूढाहोङसँग बसाइ दिन्छौँ ।
खियामा ः (आँसु पुछ्दै) नाना, अब यसरी रुएर हेत्छाकुप्पाको आत्मालाई बाटो छेक्नुहुँदैन । तसर्थ, बरु हेत्छाकुप्पाको अन्त्येष्टिको लागि तपाईंले बुछीरोङ पकाउनुहोस् । म हरियो ङाक्सी१६ तोत्ला१७ ल्याएर आउँछु । (तायामाले बुछीरोङ पकाएर हेत्छाकुप्पाको टाउकोमा राखिदिन्छ । खियामाले ङाक्सी तोत्ला ल्याएर हेत्छाकुप्पाको लाशमाथि राखिदिन्छ ।)
तायामा ः हेत्छाकुप्पा, का सोम मेनतुप्मङङे, दिप्पापाची दिमामाचीदोङे युङा है ।१८ (खियामातिर हेर्दै) खियामा, अब हाम्रोे एक मात्र छेन्वा हेत्छाकुप्पाको पनि मृत्यु भएपछि अब हामी पनि यहाँ नबसौँ । बरु, हाम्रोे छेन्वा हेत्छाकुप्पाको सम्झानामा हेत्छाकुप्पाको रेप्मा१९ छेउमा पाटी(चौतारा बनाएर बर(पीपल रोपिदिउँ । अनि हेत्छाकुप्पाको रेप्मामाथि चाहिँ बाबरीपूmल रोपेर किरात मुन्दुम फलाक्दै हेत्छाकुप्पाको आत्माको चिरशान्तिको कामना गरी दिँदै वासा२० भएर उडेर अन्तै जाउँ ।
खियामा ः तर नाना, त्यसरी हामी वासा भएर उडेर गएपछि हामीबीचको खबरचाहिँ कसरी थाहा पाउनु त ?
तायामा ः खियामा, यदि हामी वासा भएर जाँदा हामी एक अर्काको बारेमा जानकारी लिनुपरेमा यो हेत्छाकुप्पाको रेप्मामा हामीले रोपेको बाबरीपूmलमध्ये जसले रोपेको बाबरीफूल ओइलिएको हुन्छ, उसकोे मृत्यु भएकोे कुरा थाहा पाउनुपर्छ ।
खियामा ः (तलतिर हेरेर अचम्म मान्दै) ल नाना, तपाईंकोे आँसुबाट ता, तावाखोला२१ भइसकेछ नि ¤
तायामा ः (खियामाको कुरा स्वीकार गरेर अर्कोतिर हेर्दै) अँ खियामा, तिम्रोे आँसु( बाट पनि ता, रावाखोला२२ भइसकेछ नि त ¤ अब तिम्रोे आँसुबाट रावाखोला भइसक्यो, मेरोे आँसुबाट तावाखोला भइसक्यो । बरु अब हामीले किरात मुन्दुम फलाक्दै वासा भएर उडेर आ(आपैmँ जाऊँ ।
खियामा ः हवस् नाना । तर नाना, मलाई बाटो थाहा नै छैन । तसर्थ, हजुर नै अगाडि उडेर जानुहोस् । म हजुरको पछिपछि आउँछु ।
तायामा ः ठीकै छ, खियामा । अब, तिमीलाई बाटो थाहा छैन भने, म नै अगाडि जाउँला । तर, तिमी पनि मेरोे पछिपछि आऊ नि ¤ नत्र हाम्रोे यात्रामा अशुभ हुन्छ । अहिले म गएँ ।
खियामा ः हुन्छ, हुन्छ नाना । म आएँ, आएँ । (हेत्छाकुप्पाको मृतात्माको चिरशान्तिको कामनाको लागि किरात मुन्दुम फलाक्र्दै रुँदारुँदै तायामा तावामा र खियामा खिवामा भएर उडेर जान्छ । त्यहीबेला विरहको धुनहरूको आवाज आउँछ । त्यो धुन बजिसकेपछि होङ्ग्रायो उडेर आई एउटा सुकेको रुखमा बस्छ । त्यो होङ्ग्रायो रुखमा बसिसकेपछि साकेन्वा ढोल(झ्याम्टाको आवाज आउँछ । त्यहीबेला तायामाको प्रवेश हुन्छ ।)
तायामा ः (यताउति हेरेर अचम्म हुँदै) हँ, यो खियामा ता, यहाँ पनि छैन । यति चाँडै अचानक कहाँ गएछ ? (अचानक खियामाले रोपेको बाबरीफूलतिर हेर्दै) हँ, यो खियामाले रोपेको बाबरीफूल पनि ओइलिएको पो छ त ¤ यसरी आफूले रोपेको बाबरीफूल ओइलिएमा त मृत्यु हुन्छ पो भन्ने बाचा गरेको थियौँ । कतै, यो खियामाको मृत्यु ता भएन ? (होङ्ग्रायोलाई रूखमा बसिरहेको देखेर नजिक जाँदै) होङ्ग्रायो२३, मैले मेरोे निछा२४ खियामालाई चार चौँतीस खोजिसकेँ, तर उसलाई मैले कहीँ पनि भेटिन । मैले उसकोे बारेमा रूखलाई सोधेँ, रूखले पनि उसकोे बारेमा थाहा पाएन । मैले उसकोे बारेमा ढुङ्गालाई सोधेँ, तर ढुङ्गाले पनि उसकोे बारेमा थाहा पाएन । त्यसैले खियामालाई खोज्दाखोज्दा थाकेर म यहाँ नै आएको छु । कतै तिमीले मेरोे निछा खियामालाई ता देखेनौ, होङ्ग्रायो ? (होङ्ग्रायो नबोली ङिच्च हाँसेपछि अचानक आक्रोशमा) होङ्ग्रायो, तिमीले मेरोे निछा खियामालाई मारेर खाए छौ । तिम्रोे दाँतमा खियामाको केस छ । तिमी पापी हौ । तिमी असत्ती हौ । तिमीलाई मेरोे निछाले के गरेको थियो र तिमीले मेरोे निछालाई मारेर खायौ ? किन मेरोे निछालाई मारेर खायौ ? मेरोे निछालाई किन मारेर खायौ ? किन ? किन ? किन ?
होङ्ग्रायो ः (माफी माग्दै) मेरोे गल्ती भयो, तायामा । (डराउँदै) मैले खियामालाई मारेर खानुहँुदैन थियो, तर मारेर खाइहालेँ । अबदेखि त्यस्तो गल्ती कहिले पनि गर्दिन । त्यसको लागि म माफ पाऊँ ।
तायामा ः (शान्त हुँदै) ठीकै छ, होङ्ग्रायो । तिमीले मेरोे निछालाई मारेर खानु हुँदैन थियो, तर खाइहालेछौ । तैपनि अब मेरोे निछाकोे हड्डी(खुड्डी कहाँ छ ? मलाई देखाइदेऊ । म मुन्दुम फलाक्दै मेरोे निछालाई जगाउँछु ।
होङ्ग्रायो ः (डराउँदै परतिर देखाउँदै) उ परको रूखको टोड्कामा खियामाको सबै हड्डीखुड्डी छ, तायामा । (तायामा परको रूखको टोड्कामा खियामाको सबै हड्डीखुड्डीहरू ल्याएर तेलमा डुबाएर खरानी र पानी मिसाएर साम्बाको चुङ्गेमा राखेर दोकको थान लगाएर दोक बायाङसो खियामाको अनुहारको आकारमा कपडामा बुट्टा निकाल्दै जोडजोडले मुन्दुम फलाक्दै निनाम्मालाई ढोग्दै) ओ जय किरात ...ऽऽऽ...
खियामा ः (बिस्तारै उठेर तन्किदै) आ...ऽऽऽ...हाई । कति सारो भुसुक्कै पो निदाए छु ।
तायामा ः (सम्झाउँदै) तिमी निदाएको होइनौ, खियामा । तिमी त मरेको थियौ ।
खियामा ः (अचम्म मान्दै) हँ, म मरेको थिएँ रे, नाना ?
तायामा ः हो खियामा, तिमी मरेको थियौ । तिमीलाई होङ्ग्रायोले मारेर खाएको थियो । तर, तिम्रोे हड्डीखुड्डीलाई भने, होङ्ग्रायोले रूखको टोड्कामा राखेको थिएछ । त्यही रूखको टोड्काबाट तिम्रोे हड्डीखुड्डीलाई मैले ल्याएर तेलमा डुबाएर मुत्दी२५ र पानी मिसाएर साम्बा२६को चुङ्गेमा राखेर किरात मुन्दुम फलाक्दै दोक२७ लगाएर कपडा बायाङसो२८ त्यो कपडामा तिम्रोे अनुहारको आकार हुँदै शरीरको भागको आकारको बुट्टा बायाङ्सो जाँदा तिम्रोे रूप तयार भएर तिमी बिउँतिएको हो, खियामा ।
खियामा ः (आभार प्रकट गर्दै) नाना, तपाईं धन्य हुनुहुन्छ । तपाईंले मलाई ब्यूँताएर नयाँ जीवन दिनुभएकोेमा म तपाईंप्रति आजीवन ऋणी छु ।
तायामा ः (सम्झाउँदै) धत् होङ्मा२९ । आफ्नो नानासँग पनि आजीवन ऋणी हुनुपर्छ र ? तिमीलाई बचाउनु ता मेरोे पनि कर्तव्य हो नि ¤
खियामा ः त्यो ता हो, नाना । तर, तपाईंले मलाई धेरै माया गर्नुहुन्छ र नै ता ब्यूँताउनुभयो । नत्र हेत्छाकुप्पालाई पनि ब्यूँताउनुहुन्थ्यो नि ¤
तायामा ः त्यो ता हो, खियामा । तर, जति गरे पनि हेत्छाकुप्पालाई ब्यूँताउनु नसकेकोमा भने, मलाई पनि धेरै दुःख लागेकोे छ । तर के गर्नु खियामा, यदि हेत्छाकुप्पालाई ब्यूँताउनु सकेको भए पनि ऊ हामीजस्तै वासा हुँदैनथ्यो । ऊ ता छोरा मान्छे नै हुन्थ्यो । हेत्छाकुप्पा मान्छे नै भएपछि उसले विभिन्न दुःख(कष्ट झमेलाहरू सहनुपथ्र्याे । फेरि, हेत्छाकुप्पा जवान भएपछि उसलाई जोडी पनि छोरीमान्छे नै चाहिन्थ्यो । तर, हेत्छाकुप्पाको लागि ता अहिले तुरुन्तै यो हेन्खामामा सुहाउने छोरीमान्छे नै छैन । अनि के गर्नु त ? तसर्थ, बरु हेत्छाकुप्पाको आत्मा चिरशान्तिको कामनाको लागि हामीले किरात मुन्दुम फलाक्दै वासा भएर पहिलाजस्तै उडेर तिमी दक्षिण मधेसतिर जाऊ, म उत्तर भोट हिमालतिर जान्छु । यदि हेत्छाकुप्पा भाग्यमानी भएमा फेरि बिउँतिएर यो ठाउँमा राज गर्ने छ । तसर्थ, बरु अहिले हामीचाहिँ वासा भएर आ(आफ्नो बाटोतिर नै उडेर जाऊँ ।
खियामा ः (स्वीकारोक्तिमा) हुन्छ, नाना । हजुरले भनेझैँ म फेरि दक्षिण मधेसतिर जान्छु । तपाईं हजुर पनि उत्तर भोट हिमालतिर नै जानुहोस्, नाना । अनि नाना, पछि हिउँदमा चाहिँ तपाईं लिन्चिमवुङ३० भएर ढकमक्क फुलेर मगमगी बासना छर्दै तावाखोलामा बगेर आई दक्षिण मधेसमा मलाई भेट्नु है । म गोवावुङ३१ भएर तपाईंलाई स्वच्छ मन लिएर तपाईं आउने बाटो हेरिरहन्छु । नाना, अहिले चाहिँ म जान्छु है ।
तायामा ः ल ल । जाऊँ, जाऊँ खियामा । तिमी गएपछि म पनि जान्छु । (खियामा मुन्दुम फलाक्दै वासा भएर दक्षिण मधेसतिर र तायामा उत्तर भोट हिमालतिर उडेर जान्छ । त्यहीबेला साकेन्वा ढोल(झ्याम्टा गुन्जिन्छ । त्यहीबेला हेत्छाकुप्पाको रेप्मा बिस्तारै हल्लिनु थाल्छ ।)
हेत्छाकुप्पा ः (रेप्माबाट बिस्तारै उठ्दै आँखा मिच्दै) आ...ऽऽऽ...हाई...म ता कति सारो भुसुक्कै पो निदाए छु । (यताउति हेरेर अनौठो मान्दै) हन, अहिलेसम्म ता नानाची, यही हुनुहुन्थ्यो ¤ अचानक यति चाँडो नानाचीले मलाई एक्लै छोडेर कहाँ जानुभए छ ? (आफ्नोछेउतिर भुइँमा हेर्दै) हँ ¤ यहाँ ता रेप्मा पो छ त ¤ फेरि, रेप्मामाथि सेतोकपडाले छाएको एकपाखे छाना पनि छ ¤ त्यो रेप्माको छानामुनि असरा३२ लाङकालाक्का३३ चुङ्गेमा रख्खे३४ खाचा३५ पनि छ ¤ अभैm, त्यो रेप्मामाथि सुमरा३६ सुतुप्पमी३७, कक्ता३८ बुछिरोङ, कक्ता हरियो ङाक्सी तोत्ला र कक्ता कार्दा३९ पनि छ त ¤ (प्रसङ्ग बदल्दै) हैन, आज मैले यो के देख्नुपरेको ? (अचम्म हुँदै) यस्तो रेप्मा ता, किरातीहरूको पो हुन्छत ¤ कतै...(बेवास्ता गर्दै) आ... जेसुकै होस् । यहाँ आपूmलाई कस्तो भोक लागेर मर्ने बेला भइसक्यो । बरु, यो ङाक्सी तोत्लालाई बोट बनाएर ङाक्सी फलाएर पाकेपछि खानु पो प¥यो । (रेप्माको कार्दा टिपेर ङाक्सी तोत्लातिर देखाउँदै) ङाक्सी तुरुन्तै उम्रिएर बोट हुँ, नत्र तँलाई यही कार्दाले मुन्दुम फलाक्दै काटिदिन्छु । (ङाक्सी पात तुरुन्तै पलाएर बोट हुन्छ । फेरि त्यो ङाक्सी बोटतिर कार्दा देखाउँदै) डाक्सी, अब तँ तुरुन्तै पसाएर पाक, नत्र तँलाई यहीँ कार्दाले छिनाइदिन्छु । (ङाक्सीको बोट तुरुन्तै पसाएर पहेँलो पाक्छ । त्यो पाकेको ङाक्सीको बोटमा चढेर खुट्टा हल्लाउँदै पाकेको ङाक्सी खाँदै) आहा...यो पाकेको ङाक्सी खाँदा ता, कति मज्जा हुँदोरैछ । (त्यहीबेला चक्रङधिक्माको प्रवेश हुन्छ ।)
चक्रङधिक्मा ः (हेत्छाकुप्पाको छेउमा आएर चेप्रे कस्दै) हेत्छाकुप्पा, मलाई सारै भोक लाग्यो । तिमीले खाएको ङाक्सी मलाई पनि देऊ न ।
हेत्छाकुप्पा ः (आफ्नो धुनमा खुट्टा हल्लाउँदै ङाक्सी खाँदै ङाक्सी टिपेर दिँदै) चक्रङधिक्मा, यी लिनुहोस् ङाक्सी ।
चक्रङधिक्मा ः (चेप्रे कस्दै) हेत्छाकुप्पा, म ता बूढी छु । ङाक्सी पनि समाउनु सक्दिन । बरु लम्किएर तिम्रोे हातले नै ङाक्सी देऊ न, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (लम्किएर ङाक्सी दिँदै) ल ल चक्रङधिक्मा । अब तपाईं बूढी पनि हुनुहुँदो रैछ । तसर्थ, म लम्किएर नै तपाईंलाई ङाक्सी दिउँला ।
चक्रङधिक्मा ः (चेप्रे कस्दै) आलाङ्ने४० हेत्छाकुप्पा, आलाङ्ने । (हेत्छाकुप्पाले ङाक्सीको बोटबाटै लम्किएर चक्रङधिक्मालाई ङाक्सी दिँदा चक्रङधिक्माले हेत्छाकुप्पालाई ङाक्सीको बोटबाटै लडाइझारेर तोङ्वातमा लगाएर बोकेर लान्छ ।)
हेत्छाकुप्पा ः (रुँदै कराउँदै उफ्रिँदै) नाई...ऽऽऽ...नाई मलाई छोडिदिनुहोस्, चक्रङधिक्मा । मलाई छोडिदिनुहोस् । मलाई नलानुहोस् । म तपाईंसँग जान्न । म तपाईंसँग जान्न । (हेत्छाकुप्पा तोङ्वातबाट उफ्रिएर भुइँमा झर्दा चक्रङधिक्मा लड्छ । हेत्छाकुप्पा फेरि भागेर गई ङाक्सी बोटमा चढेर खुट्टा हल्लाउँदै पाकेको ङाक्सी खानु थाल्छ ।)
चक्रङधिक्मा ः (बिस्तारै उठेर लुगा टक्टकाउँदै चेप्रे कस्दै) हेत्छाकुप्पा, तिमीले म बूढीलाई लडाएर मेरोे जीउ थिलथिलो पारिदियौ । तर, तिमीप्रति मेरोे केही गुनासो छैन । (जीउ छाम्दै) आईया...कस्तो सारो दुखेको जीउ ¤ (प्रसङ्ग बदल्दै) तर हेत्छाकुप्पा म ता भोकले मर्नु आँटे । तिमीले खाएको ङाक्सी मलाई पनि देऊ न, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (ङाक्सीको बोटमा खुट्टा हल्लाउँदै ङाक्सी खाँदै) अहँ, हँुदैन । फेरि तपाईंले मलाई ङाक्सीको बोटबाटै लडाइझारेर तपाईंकोे तोङ्वात४१मा लगाएर लानु मात्र हुन्छ ।
चक्रङधिक्मा ः (चेप्रे कस्दै) तेसो होइन हेत्छाकुप्पा । मैले ता, तिमीलाई नातिजस्तो लागेर पो तोङ्वातमा बोकेको त । तिमी ता मेरोे नातिजस्तो छौ । मैले तिमीलाई तोङवातमा लगाएर बोक्नु पनि नपाउनु ?
हेत्छाकुप्पा ः (ङाक्सीको बोटमा खुट्टा हल्लाउदै ङाक्सी खाँदै) ल ठीकै छ, चक्रङधिक्मा । तपाईंले मलाई बोक्नु मात्र भएकोे भए ठीकै छ, म फेरि तपाईंलाई पाकेको ङाक्सी दिउँला । तर, त्यहीँ मौका छोपेर मलाई तोङवातमा लगाएर लानुचाहिँ पाइन्दैन नि ¤
चक्रङधिक्मा ः (चेप्रे कस्दै) हुन्छ हेत्छाकुप्पा, हुन्छ । म तिमीलाई लान्न । बरु, मलाई छिटो ङाक्सी देऊ न ।
हेत्छाकुप्पा ः ल, ल चक्रङधिक्मा । यदि तपाईंले बोक्नु मात्र खोज्नुभएकोे भए, म तपाईंलाई पाकेको ङाक्सी दिन्छु । (पाकेको ङाक्सी चुँडाएर दिँदै) ल लिनुहोस्, पाकेको ङाक्सी ।
चक्रङधिक्मा ः (ङाक्सी थाप्दै) आलाङ्ने, हेत्छाकुप्पा, आलाङ्ने । (चक्रङधिक्माले ङाक्सी लिएजस्तो गरेर हेत्छाकुप्पालाई ङाक्सीको बोटबाटै लडाइझारेर तोङवातमा लगाएर लान्छ ।)
हेत्छाकुप्पा ः (आत्तिएर कराउँदै) दिमो४२ ...दिमो । मलाई छोडिदिनुहोस् । मलाई छोडिदिनुहोस् ।
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई तोङवातमा बोकेर जाँदै) हेत्छाकुप्पा, बल्ला तँ मेरोे फन्दामा परिस । अब तँ जति कराए पनि तेरो हुनेवाला केही छैन ।
हेत्छाकुप्पा ः (अचानक आत्तिँदै) दिमो, दिमो मलाई भुइँमा राखिदिनुहोस् । मलाई छिटो भुइँमा राखिदिनुहोस् ।
चक्रङधिक्मा ः (हप्काउँदै) तँलाई के भयो ? नकराई बस्, नत्र तेरो...
हेत्छाकुप्पा ः (आत्तिँदै) मलाई गुहु आयो, मलाई गुहु आयो । छिटो राख्नुस्, छिटो राख्नुस् । नत्र तपाईंकोे टाउकोमै हगिदिन्छु । छिटो राख्नुहोस्, मलाई गुहु आइसक्यो ।
चक्रङधिक्मा ः (हत्तारिँदै) हन यो हेत्छाकुप्पा के भन्छ ?
हेत्छाकुप्पा ः (आत्तिँदै) मलाई गुहु आइसक्यो भनेको ? यहीँ हगिदिऊँ ?
चक्रङधिक्मा ः (हतारिएर तोङवात राख्दै) ए...ए...हेत्छाकुप्पा । पर्खी है, पर्खी । त्यहाँ तोङवातमा नहग है । म तोङवात राख्दै छु । (चक्रङधिक्माले तोङवात राख्दा(राख्दै हेत्छाकुप्पा उफ्रिएर जाँदा चक्रङधिक्मा भुइँमा लड्छ । चक्रङधिक्मा उठेर लुगा टक्टकाउँदै हेत्छाकुप्पाको छेउमा गएर) हेत्छाकुप्पा, गुहु आयो भनेर तिमीले मलाई झुक्याएर बाटोबाटै फर्किएर पनि फेरि ङाक्सी खानु थाल्यौ । मचाहिँँ भने भोकले मर्नु आँटे । (प्रसङ्ग बदलेर देबे्रहातको कान्छी औँला देखाउँदै) हेर न हेत्छाकुप्पा, तिमीले लडाउँदा मेरोे हात नै भाँचियो । (शरीर छाम्दै) आइया...ऽऽऽ...
हेत्छाकुप्पा ः (अचम्म मान्दै) हँ, तपाईंकोे हातै भाँचियो रे ¤
चक्रङधिक्मा ः (हेत्छाकुप्पाको नजिक गएर कान्छी आँैला देखाउँदै) हो हेत्छाकुप्पा, मेरोे हात नै भाँचियो ।
हेत्छाकुप्पा ः (ङाक्सीको बोटबाट लम्किएर हेर्दै) हो र ¤ खै हेराँै ।
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई देबे्रहात देखाउँदै) ल हेर, हेत्छाकुप्पा । (चक्रङधिक्माले हात देखाएजस्तो गरेर हेत्छाकुप्पालाई ङाक्सीको बोटबाटै लडाइ झारेर तोङवातमा बोकेर लान्छ ।)
हेत्छाकुप्पा ः (चिच्याउँदै) नाई...ऽऽऽ..., नाई...ऽऽऽ...बचाऊ...ऽऽऽ...बचाऊ...ऽऽऽ ... बचाऊ...ऽऽऽ... आमा, आपा । बचाऊ आमा । बचाऊ नानाची । मलाई छोडिदेऊ चक्रङधिक्मा । मलाई छोडिदेऊ ।
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई तोङवातमा बोकेर लाँदै) हेत्छाकुप्पा, तँ ता खुब चलाख भएर भाग्थिस नि ¤ लु भाग अब । कसरी भाग्दो रैछस्, हेरौँ न म पनि । तैँले मलाई खुब दुःख कष्ट दिएको थिइस् नि ¤ अब लु भाग । सधैँ चलाख भएर भाग्छस् ?
हेत्छाकुप्पा ः (चिच्याउँदै) नाई आमा मलाई बचाऊ, मलाई बचाऊ आमा । मलाई बचाऊ नानाची...¤ (चक्रङधिक्माले तोङवातमा बोकेर हेत्छाकुप्पालाई लान्छ । हेत्छाकुप्पा चिच्याएर गुहार माग्दै रोइरहेको हुन्छ । दुःखदको सङ्गीतको धुन बज्नु थाल्छ । त्यहीबेला प्रकाश बिस्तारै विलयन हुन्छ ।)
(पर्दा खस्छ ।)
दृश्य ः दोस्रो
स्थान ः चक्रङधिक्माको घर
समय ः हेत्छाकुप्पा, चक्रङधिक्मा, झोङ्मा, पक्का, निछा ।
(हेत्छाकुप्पालाई तोङवातमा बोकेर घना जङ्गलबीचको गुफाभित्र चक्रङधिक्माको प्रवेश हुन्छ ।)
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई राख्दै) झोङ्मा, झोङ्मा । ए...झोङ्मा ।
झोङ्मा ः (नेपथ्यमा) जेउ१ आमो२ ।
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई राख्दै) झोङ्मा, यता आऊ त ।
झोङ्मा ः (नेपथ्यमा) किन आमो ?
चक्रङधिक्मा ः (गुन्युले पसिना पुछ्दै) आज मैले के ल्याएको छु ?
झोङ्मा ः (आउँदै) आएँ...आएँ, आमो ।
चक्रङधिक्मा ः (हेत्छाकुप्पातिर देखाउँदै) यता हेर त, छोरी । आज मैले कति मीठो सिकार ल्याएको छु । ल झोङ्मा, अब तिमीले अघेनामा दनदनी आगो बालेर कन्तीमा भकभकी तेल उमाल्नू । अनि, त्यो भकभकी उम्लिरहेको तेलमा यो हेत्छाकुप्पालाई डुबाएर मार्नू । अनि यो हेत्छाकुप्पाको तात्तातो आलो रगतलाई भाँडामा लगाएर ढोकाको छेउमा राख्नू । त्यसकोे तुन्तुरेलाई चाहिँ ढोकाको शिरमा झुन्डाएर राख्नू । त्यसकोे शरीरलाई चाहिँ काटकुट पारेर खँड्कुलामा पकाएर राख्नू । म का३ चक्का४ र दिक्कु५लाई मावलोबाट ल्याएर नाच्दै आउँछु । अनि पहिलाचाहिँ ढोकाको शिरमा झुन्डाएर राखेको हेत्छाकुप्पाको तुन्तुरे खान्छु । त्यसपछि ढोकाको छेउमा भाँडामा राखेको हेत्छाकुप्पाको रगत खान्छु । अन्त्यमा चाहिँ तिमीले खड्कुलामा पकाएर राखेको हेत्छाकुप्पाको मासु चक्का र दिक्कुसँग खान्छु ।
झोङ्मा ः (स्वीकारोक्तिमा) हुन्छ आमो ।
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई कोठामा थुनेर बाहिरिँदै) झोङ्मा, अहिले म चक्का र दिक्कुलाई लिनु मावलो गएँ है ।
झोङ्मा ः (स्वीकारोक्तिमा) हुन्छ आमो, हुन्छ । म तपाईंले भनेझैँ गर्छु । बरु तपाईंले चाहिँ छिट्टै चक्का र दिक्कुलाई ल्याएर आउनुहोस् है ।
चक्रङधिक्मा ः (बाहिरिँदै) ल ल, अहिले म गएँ । तिमी तिम्रोे काम गर ।
झोङ्मा ः (स्वीकारोक्तिमा) हुन्छ आमो, हुन्छ । म मेरोे काम गर्नु थालेँ । (झोङ्माले अघेनामा दनदनी आगो बालेर भकभकी तेल उमाल्छ । झोङ्माले हेत्छाकुप्पालाई कोठाबाट निकालेर त्यो उम्लिरहेको तेलको छेउमा ल्याएर हेत्छाकुप्पाको केश छाम्दै) हेत्छाकुप्पा, अब तिमी छिट्टै मर्दै छौ । तर, तिम्रोे त्यो घुङ्ग्रिङ परेको लामो न लामो केश मलाई मन प¥यो । त्यति राम्रो तिम्रोे केश तिमीले कसरी बनायौ ?
हेत्छाकुप्पा ः (हरेस मुद्रामा आफ्नो केश छाम्दै) खै कसरी भनौ र, झोङ्मा । अब, सधैँ मेरोे आमाले मलाई छुप्पुु६मा उँधोमुन्टो पारेर मेरोे कन्डो माथिबाट भकभकी उम्लिरहेको तेल खनाइदिनुहुन्थ्यो । त्यही क्रममा पछि बिस्तारै मेरोे केश यसरी आफैँ घुङ्ग्रिङ परेर लामो न, लामो भयो ।
झोङ्मा ः (उत्साहित हँुदै) ए...त्यसो भए हेत्छाकुप्पा, मेरोे पनि केश तिम्रैजस्तो घुङरिङ परेको लामो न लामो पार्नुप¥यो । त्यसको लागि तिम्रोे आमाले तिमीलाई पारेजस्तो मलाई पनि छुप्पुमा उँधोमुन्टो पारेर मेरोे कन्डोमाथिबाट भकभकी उम्लिँदै गरेको तेल खनाइदेऊ है त, कतै मेरोे पनि तिम्रोेजस्तै घुङ्ग्रिङ परेर लामो न लामो केश हुन्छ कि ?
हेत्छाकुप्पा ः भइहाल्छ नि झोङ्मा, किन नहुनु । बरु, त्यसको लागि तिम्रोे सबै लुगा फुकाएर (छुप्पुतिर देखाउँदै) उ त्यो छुप्पुमा तिम्रोे टाउको उँधोमुन्टो पार त, झोङ्मा ।
झोङ्मा ः (सबै लुगा फुकाएर छुप्पुभित्र उँधोमुन्टो पारेर खुसी हुँदै) लु हेत्छाकुप्पा, मैले सबै लुगा फुकाएर छुप्पुमा उँधोमुन्टो पारेर कन्डो ठाडो पारिसकेँ । लु अब, मेरोे कन्डोमा भकभकी उम्लिन्दै गरेको तेल खनाइदेऊ ।
हेत्छाकुप्पा ः (खुसी भएर तेल लगाइदिँदै) हुन्छ, हुन्छ झोङ्मा, तिमी नआत्तिउ न । म तिम्रोे कन्डोमाथिबाट भकभकी उम्लिरहेको तेल खनाउँदै छु ।
झोङ्मा ः (छटपटिएर आत्तिँदै) आया...या...आथा...था...था...मरेँ...मरँे... मरेँे... आमो... मरँे...।
हेत्छाकुप्पा ः (रमाउँदै) खाइस् कि झोङ्मा । खुब तेरो आमाकोे आज्ञा मानेर मलाई मार्नु खोज्थिस् नि ¤ अब तँ आफँै मरिस् । (झोङ्मा छटपटाउँदै मर्छ । हेत्छाकुप्पाले हतार हतार झोङ्माको लुगा लगाएर झोङ्माको भेषमा झोङ्माको मासु काटकुट गरेर खँड्कुलामा पकाउँछ । झोङ्माको रगतलाई भाडामा लगाएर ढोकाको छेउमा राखेर झोङ्माको देब्रेहातको कान्छी औँला काटेर हेत्छाकुप्पाको तुन्तुरेजस्तो बनाएर ढोकाको शिरमा सिउरिएर मनोवादमा) अँ झोङ्माको मासु काटकुट पारेर खड्कुलामा ता पकाइसकेँ । अनि, झोङ्माको रगतलाई पनि भाँडामा लगाएर ढोकाको छेउमा राखिसकेँ । अब, यो झोङ्माको देब्रेहातको कान्छी औँलालाई पनि मेरोे तुन्तुरेजस्तो पारेर ढोकाको शिरमा सिउरीसकेँ । (त्यहीबेला छेन्वाहरूसँग नाच्दै चक्रङधिक्माको प्रवेश हुन्छ ।)
चक्रङधिक्मा ः (छेन्वाहरूसँग नाच्दै) हेत्छाकुप्पा चुयुकुम्पा, क फुची फुत्ताङ चाङकुम्पा७ । (ढोकाको शिरमा झुन्डाएर राखेको झोङ्माको औँलालाई उफ्रिएर चुडाई खाँदै) आहा, कति मीठो रैछ, यो हेत्छाकुप्पाको तुन्तुरे । यो हेत्छाकुप्पाको तुन्तुरे ता, कुरुककुरुक पनि रैछ । (ढोकाछेउको रगततिर देखाउँदै) छेन्वा होङ्ची८, अब लु यो हेत्छाकुप्पाको तात्तातो रगत पनि खाउँ ।
पक्का ः (भाँडाको रगत उचालेर खाएर मुख पुछ्दै) आहा यो हेत्छाकुप्पाको रगत ता निकै मीठो पो रैछ । (भाँडाको रगत चक्कालाई दिँदै) ल तिमी पनि खाऊ, हेत्छाकुप्पाको तात्तातो रगत ।
निछा ः (भाँडाको रगत समाउँदै) आलाङ्ने, पक्का९ आलाङ्ने । (भाँडाको रगत खाएर मुख पुछ्दै) हो त, साँच्चै यो हेत्छाकुप्पाको रगत ता, निकै मीठो पो रैछ । (चक्रङधिक्मालाई दिँदै) ल पक्का यी तपाईं पनि खानुहोस्, हेत्छाकुप्पाको तात्तातो रगत ।
चक्रङधिक्मा ः (भाँडाको रगत समाउँदै) आलाङ्ने निछा, आलाङ्ने । (भाँडाको रगत खाएर मुख पुछ्दै) आहा ¤ साँच्चै यो हेत्छाकुप्पाको तात्तातो रगत कति धेरै मीठो रैछ । पक्का, निछा अब रोङ खाउँ है ।
पक्का÷निछाः (स्वीकारोक्तिमा) हुन्छ, हुन्छ चक्रङधिक्मा । अब रोङ पाकेको छ भने रोङ खानु ढिलो नगरौँ । फेरि रोङ सेलाउँछ ।
चक्रङधिक्मा ः (थाल(बटुको ल्याएर खान पस्काउँदै) झोङ्मा, चक्का र दिक्कुचीलाई गुन्द्री ओछ्याइदिएर रोङ खानुको लागि भगुना१०मा हात धुने पानी देऊ । (झोङ्माले दुईवटा भगुनामा पानी सारेर पक्का र निछालाई हात धुनु पानी दिन्छ ।)
पक्का ः (पानी समाउँदै) आलाङ्ने भान्जी, आलाङ्ने । (पक्का र निछाहरू हात पुछेर झोङ्माले ओछ्याएको गुन्द्रीमा रोङ खानु बस्छ ।)
चक्रङधिक्मा ः (काँसे थाल(बटुकोमा रोङ पस्किएर दिँदै) झोङ्मा, यो काँसे थाल(बटुकोको रोङ दिक्कुलाई देऊ त । (झोङ्माको भेषमा भएकोे हेत्छाकुप्पाले त्यो रोङ चक्कालाई दिँदै नमस्कार गर्छ ।)
निछा ः (नमस्कार फर्काउँदै) आलाङ्ने भान्जी ।
चक्रङधिक्मा ः (गाली गर्दै) झोङ्मा, आज तिमीलाई के हुँदै छ ? (अर्को काँसे थाल(बटुकोमा रोङ पस्काएर दिँदै) झोङ्मा, यो काँसे थाल(बटुकोको रोङ चक्कालाई देऊ । (झोङ्माले त्यो रोङ लगेर दिक्कुलाई दिएर नमस्कार गर्छ ।)
पक्का ः (नमस्कार फर्काउँदै) आलाङ्ने भान्जी ।
चक्रङधिक्मा ः (हप्काउँदै) झोङ्मा, आज तिमी बौलाउँदै छौ कि, क्या हो ? दिक्कुलाई रोङ देऊ भन्यो, चक्कालाई दिन्छ । चक्कालाई देऊ भन्यो, दिक्कुलाई दिन्छ, सिमित्मा११ ।
पक्का ः (रोङ साट्र्दै) भइहाल्यो नि त ¤ अब, हामी मिलाएर खाइहाल्छौँ नि ¤ किन व्यर्थैमा भान्जीलाई गाली गरेको ? अब भान्जीले राम्रो सुन्नुभएन होला । अब कहिलेकाहीँ ता, यस्तो गल्ती जसको पनि भइहाल्छ नि ¤
निछा ः (रोङ खाँदै) त्यै त भनेको, नाना । अब जे नहुनु थियो, त्यो भइसक्यो । अब भान्जीलाई गाली गरेर काम बन्छ र ?
चक्रङधिक्मा ः (रोङ पस्काउँदै) ल ल । अब तपाईंहरूकोे सुनको भान्जीलाई निनाम्मामा नै चढाएर राख्नुहोस् न । यस्तै हो भने, कुन दिन यस्ले हामीलाई नैे सुहा पार्छ, अनि थाहा पाउनुहुन्छ ।
पक्का ः (मासु खाँदै) लु भो, अब नकराऊ । बरु, तिमी पनि भान्जीसँग रोङ छिटो खाऊ । अब, हेत्छाकुप्पाको मासु कति मीठो भइरहेको बेलामा भान्जीलाई नै उल्टै गाली ?
चक्रङधिक्मा ः (रोङ पस्काएर खाँदाखाँदै अचानक रोकिएर) हँ, अचानक मलाई किन निद्रा पो लाग्यो ? म ता एकछिन सुत्छु है, छेन्वा होङची ।
निछा ः (निद्राले लठ्ठ हँुदै) मलाई पनि कस्तो रिङ्गटा पो लागेर आयो । म पनि एकछिन सुत्छु ।पक्का ः (निद्राले लठ्ठ हँुदै) ल, ल सुत सुत । ममात्रै रोङ खान्छु । (थाहा नपाई त्यहीँ निदाउँछ ।)
हेत्छाकुप्पा ः (चक्रङधिक्मा सुतेको छेउमा बिस्तारै आएर टाउको हल्लाउँदै) अब ता खाइस् कि, चक्रङधिक्मा । खुब मलाई मारेर मेरोे मासु खानु खोज्थिस् नि ¤ बल्ला भेटिस् । अब, आफ्नै छोरी झोङ्माको तात्तातो रगत र मासुले मात्दा त तँलाई खुब मज्जा लाग्यो होला नि ¤ (हेत्छाकुप्पाले झोङ्माको लुगा फुकाएर आफ्नो लुगा लगाएर हातमा कालो मासको गेडा, साम्बाको सखप१२, मुत्दी र वादिन१३ लिएर घरको धुरीमा चढेर जिस्काउँदै) चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ... चा...ऽऽऽ...चा...ऽऽऽ..., चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ... क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...,
चक्रङधिक्मा ः (बिस्तारै यताउति हेरेर अचम्म मान्दै) हेत्छाकुप्पा ¤ तँ अझै बाँचेको छस् ? तँ मरेको छैनस् ?
हेत्छाकुप्पा ः (गिज्याउँदै) के गर्छस् त, चक्रङधिक्मा ? तैले मलाई मारेर मेरोे मासु खानु खोज्थिस् । तर मैले ता तेरै छोरीलाई मारेर तँलाई नै तेरो छोरीको मासु रोङ मातुन्जेल खानु दिएको थिएँ । तर तँलाई त्यो कुरा थाहा भएन । अब के गर्छस् त, चक्रङधिक्मा ? चक्रङ...ऽऽऽ... धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ...चा...ऽऽऽ...चा...ऽऽऽ...,चक्रङ ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...
चक्रङधिक्मा ः (आवेशमा मार्नु झम्टिँदै) हेत्छाकुप्पा । तैँले मेरोे छोरीलाई मारेर मलाई नै मात्ने गरी मेरोे छोरीको मासु रोङ खुवाइस् । तँलाई आज नमारी कहाँ छोड्छु र, हेत्छाकुप्पा ?
हेत्छाकुप्पा ः (लोपारेर धुरीबाट भाग्दै) ला...मेरोे गुहुलाई मार । चक्रङ...ऽऽऽ... धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ...चा...ऽऽऽ...चा...ऽऽऽ...,चक्रङ ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...
चक्रङधिक्मा ः (हेत्छाकुप्पालाई लखेट्दै नेपथ्यमा) हेत्छाकुप्पा, तँ कहाँ पुगिस् ? (आत्तिँदै) आइया...ऽऽऽ... (लामो स्वरमा) हेत्छाकुप्पा...ऽऽऽ...तँ पापी, तँ असत्ती । मैले तेरो के खाइदिएको थिएँ र मेरोे बाटोमा कालो मास छरेर मलाई खोल्सामा लडाइस् ? तँ कहाँ पुगिस् हेत्छाकुप्पा...ऽऽऽ...?
हेत्छाकुप्पा ः (नेपथ्यमा लामो स्वरमा) म ता यहाँमाथि तुवाचुङ१४मा छु है...ऽऽऽ... तुवाचुङ्मा । मलाई मार्छस् भने, छिटो आइज है...ऽऽऽ..., चक्रङघिमा । चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ... चा...ऽऽऽ...चा...ऽऽऽ..., चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ... क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...,
चक्रङधिक्मा ः (नेपथ्यमा हस्याङफस्याङ गर्दै) तँलाई ? तँ त्यो तुवाचुङमा छस् ? तँलाई नमारी ता, म कहाँ छोड्छु र, हेत्छाकुप्पा ? (अलमलिँदै) हँ...फेरि साम्बाको सखफ मतिर Çयाँकेर बाटो छेकिस् ? हेत्छाकुप्पा...ऽऽऽ...म ता फेरि तैँले मतिर साम्बाको सखफ फ्याँक्दा साम्बाला१५ भएर अल्मलिएँ है...ऽऽऽ...। तँ कहाँ छस्, हेत्छाकुप्पा ?
हेत्छाकुप्पा ः (नेपथ्यमा लामो स्वरमा) म ता अघि नै जायाजुम१६मा आएर बिसाइराखेको छु है, चक्रङधिक्मा । मलाई मारेर खाने नै भए छिटो आइज है, आइज । तँ आउन्जेल म तँलाई यहीँ नै पर्खिरहन्छु है...ऽऽऽ...।
चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ... चा...ऽऽऽ...चा...ऽऽऽ..., चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ... क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...,
चक्रङधिक्मा ः (नेपथ्यमा हस्याङफस्याङ गर्दै) तँ सुरुत्वा१७लाई ? कहाँचाहिँ भाग्छस् र ¤ तँ जहाँ गए पनि तँलाई मारेर नखाई छोड्दिन । (अल्मलिँदै लामो स्वरमा) हेत्छाकुप्पा तैँले मलाई सताउनैसम्म सताइस् है ¤ हेत्छाकुप्पा, तँ कहाँ पुगिस् ? म ता तैँले मतिर मुत्दी हान्दा भएकोे कुहिरोमैै फेरि अल्मलिएँ, त कहाँ पुगिस्, हेत्छाकुप्पा...ऽऽऽ... ?
हेत्छाकुप्पा ः (नेपथ्यमा लामो स्वरमा) म ता लुत्छुम्बुलुङ१८मा आएर मेरोे सामेत१९ खोज्दै छु है...ऽऽऽ...। मलाई मारेर खान्छस् नै भने, छिटो आइज है, चक्रङधिक्मा । चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ... चा...ऽऽऽ...चा...ऽऽऽ..., चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ... क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...,
चक्रङधिक्मा ः (नेपथ्यमा हस्याङफस्याङ गर्दै) तँलाई, तँ खिवाली२०लाई ? तैँले आज मलाई दुःख दिनुसम्म दिइस् है ? आजचाहिँ भने, म तँलाई नमारी छोड्दिन । बल्ला तँ मेरोे फेलामा परिस् । तँलाई... (अल्मलिँदै) फेरि तैले मतिर वादिन हानेर दूधकोसी बनाएर मलाई बाटो छेकिस् ? तँैले मलाई दुःखले बाँचेर खानु नदिने भइस्, हल्लावा२१ ? अब त्यो दूधकोसी तरेर म कसरी आउँ...ऽऽऽ...?
हेत्छाकुप्पा ः (नेपथ्यमा लामो सासमा जिस्काउँदै) त्यो दूधकोसीलाई फुत्त हामफालेर आइज न । यदि एकपल्ट त्यो दूधकोसीमा हामफालिस् भने, सजिलैसँग नाघिहाल्छस् नि ¤ अब, मलाई मारेर खान्छस् भने, छिटो त्यो दूधकोसीमा हामफालेर आइज । तेरो तागत हेराँै न, काँतर ¤ यो तेरोलागि अग्निपरीक्षा नै भयो । चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ... क...ऽऽऽ... चा...ऽऽऽ...चा...ऽऽऽ..., चक्रङ...ऽऽऽ...धिप...ऽऽऽ...धिप, छा...ऽऽऽ...क...ऽऽऽ...चा...ऽऽऽ... चा...ऽऽऽ...,
चक्रङधिक्मा ः (नेपथ्यमा लामो श्वास फेर्दै आवेशमा) हेत्छाकुप्पा, तँ सुरुत्वाले मलाई यो दूधकोसी तर्ने चुनौती दिएको ? आज तँलाई जसरी भए पनि मारेर खाइन भने ता, म पनि चक्रङधिक्मा होइन, बुझिस् हेत्छाकुप्पा ।
(आवेशमा) हेत्छाकुप्पा...ऽऽऽ...(आत्तिँदै) बचाऊ...ऽऽऽ ...बचाऊ...ऽऽऽ..., मलाई बचाऊ...ऽऽऽ... हेत्छाकुप्पा । मलाई बचाऊ...ऽऽऽ...। हेत्छाकुप्पा तैँले मतिर वादिन हान्दा बनेको दूधकोसीले मलाई बगाएर लाँदैछ, छिटो मलाई बचा हेत्छाकुप्पा, छिटा बचा । मलाई बचाऊ...ऽऽऽ... बचाउ...ऽऽऽ...बचाऊ...ऽऽऽ...। (आत्तिँदै) मलाई बचाऊ...ऽऽऽ...
हेत्छाकुप्पा ः (खुसी हुँदै) आज भने खाइस् कि, चक्रङधिक्मा । खुब तैँले मलाई मारेर खानु खोज्थिस् नि ¤ आज भने दूधकोसीमा डुबेर तँ आफैँ मरिस् । तेरो अन्याय अत्याचार सहँदासहँदा पेत्तु भएकोे थिएँ । आज भने बल्ला तँलाई दूधकोसीले बगाएर लग्यो, खाइस् कि ? अबचाहिँ बल्ला म ढुक्कले घरजम गरेर बस्नु पाउने भएँ । (चक्रङधिक्मा डुबेपछि मनोवादमा) अब ता सधँै यसरी नै डुलेर बस्नुभन्दा त, बरु म मेरै प्यारो खिम२२ तुवाचुङमै फर्किएर घरजम गरेर बस्छु । पहिलाभैmँ खेतबारी बिराएर खेतीकिसान गरेर गरेर बस्छु । तिर्खा लाग्यो भने पहिलाभैmँ तालितले पहराको ढुङ्गा छेडेर पानी निकालेर खान्छु । भोक लाग्यो भने पहिलाभैmँ एउटै रूखमा बिभिन्न प्रकारको फलपूmलहरू फलाएर खान्छु । रमित हेर्नु मन लाग्यो भने पहिलाभैmँ वापा२३मा चडेर संसार हेर्छु । अनि मेरो पुर्खाहरूले भैmँ म पनि हाम्रो खुवालुङ२४ राज्यमा निरन्तर राज्य गर्छु । किरात राज्यलाई सबल बनाउछु । अभैm, म शक्तिशाली भएर पहिलाभँैm सबैलाई जितेर बस्छु । म पनि दिलिबुङ र पातेसुङको एक्लो छोरा हेत्छाकुप्पा पो हुँ त, मलाई कस्ले के गर्नु सक्छ र ? (एकपल्ट दूधकोसीलाई फर्किएर हेरी तुवाचुङतिर अगाडि बढ्छ । त्यही बेला साकेन्वा ढोल मानी बज्नु थाल्छ । प्रकाश बिस्तारै विलयन हुन्छ ।)
(पर्दा खस्छ ।)
दृश्य ः तेस्रो
स्थान ः हेत्छाकुप्पाको घर
समय ः बेलुका÷बिहान÷दिउँसो
पात्रहरू ः हेत्छाकुप्पा, रिनाखा, साकुदिमा
(टाउकोमा सेतो फेटा बाँधेर आम्लारीबुङ सिउरिएको, हेर्दा अत्यन्तै सुन्दर, नाक थेप्चो, शरीरमा छोटो लोछुम र थारीवा लगाएको, हातमा निनाम्बुङको बाला र खुट्टामा कल्ली लगाएको, कम्मरमा पटुका बाँधेर अगाडिपट्टि खुकुरी भिरेको, देब्रे कम्मरमा चुत्युङ भिरेको, हेत्छाकुप्पा थकित भएर प्रवेश गर्छ ।)
हेत्छाकुप्पा ः (बिसाउँदै मनोवादमा) आज मेरो शिरमा सिउरिएको आम्लारिबुङ१, मेरो शरीरमा लगाएको लोछुम२, थारिवा३, मेरो हातखुट्टामा लगाएको निनाम्बुङ४ र कम्मरमा भिरेको चुतयुङ५ पनि आफैलाई भारी भयो । आज पनि मलाई के लुसा६ लाग्यो । अरू दिन कति धेरै जालभरि वाकुरिसा७ पथ्र्यो । तर, आज ता जतिपल्टो दूधकोशीमा जाल हान्दा पनि (चुत्युङबाट चिल्लोे लाम्चो लोहोरा ढुङ्गा झिकेर हेर्दै) यो चिल्लोे लोहोरा ढुङ्गा मात्र मेरोे जालमा प¥यो, वाकुरिसा भने एउटै पनि जालमा परेन । अब खिममा पनि खाने कुरा केही छैन, आज पनि भोकै भइने भो । (आत्मा बल बढाउँदै) आ जेसुकै होस्, अब यो चिल्लोे लाम्चो लोहोरालाई पनि पहिला पहिलाको दिनमा वाकुरिसालाई राखेझै सुप्तुलुङमाथिको सरङमा राखेर भोकै सुत्नुप¥यो । (हेत्छाकुप्पाले आफ्नो सामानहरूलाई ठीकठीक ठाउँमा राखेर चिल्लोे लाम्चो लोहोरालाई पनि सुप्तुलुङमाथिको सरङमा राखेर सुत्छ । रातिको कीराहरू कराउँछ । त्यहीबेला साकेन्वा ढोलझ्याम्टाको बिस्तारै आवाज गुन्जिन्छ । बिस्तारै बिहान हुन्छ । हेत्छाकुप्पा बिस्तारै उठेर जीउ तन्काउँदै ।) आई...कति छिटो उज्यालो पो भएछ । अब हिजो पनि जालमा वाकुरिसा पार्नु नसक्दा भोकै भइयो । तसर्थ, अब आजचाहिँ छिट्टै तुवाचुङतिर सिकार खेल्नु जानुप¥यो । नत्र फेरि हिजोकै जस्तो भोकै हुन्छु । (हेत्छाकुप्पा ओछ्यानबाट उठेर आफ्नो सामानहरू मिलाउँदै एकापट्टि काँधमा तालित, अर्कोपट्टि काँधमा मट्याङग्राको झोला बोेकेर सुप्तुलुङतिर उभिएर ढोग्दै) लहै दिप्पाचोपाचो दिमाचोमाचो, आइना ङा केनछा, केन नाति खुला सा सेत्सी पुङङाङा । हेन ङालाई बल इत्दोङ, साका इत्दोङ, हजारौँ वर्षा आयु इत्दोङ, पुसुङ इत्दोङ, निमा चोङ्मा मेत्दोङ । ङा खुला सा लाम्सी सेत्सी पुङङाडा कानेई । उङ साया चोङ्ने, उङ रिसी चोङ्ने८ । (हेत्छाकुप्पाले सुप्तुलुङमा मुन्दुम फलाकी सकेपछि बाहिरिन्छ । त्यसकोे केही क्षणपछि सुप्तुलुङमाथि सरङको चिल्लोे लाम्चो लोहोरा जमिनमा झरेर अत्यन्तै सुन्दरी रिनाखा महिला हुन्छ ।)
रिनाखा ः (केही क्षण सोचेर मनोवादमा) अँ...ऽऽऽ...मेरोे कारणले गर्दा हिजो हेत्छाकुप्पा भोकै हुनुभयो । आज उहाँलाई कति धेरै भोक लागिरहेको होला । उहाँले भोकाएको बेलामा खानेकुरा खानु पाउनुभए कति मीठो गरी खानुहुन्थ्यो होला । (सुप्तुलुङतिर जाँदै) बरु हेत्छाकुप्पाको लागि मीठो(मीठो खानेकुरा पकाएर राखिदिनुप¥यो । भरै भोकाएर आउनुभएकोे बेलामा हेत्छाकुप्पाले मीठो गरी खानुहोला । (रिनाखाले एकैछिनमा मीठो(मीठो खाने कुरा बनार राख्छ ।) अब ता हेत्छाकुप्पाको आउने बेला पनि भयो । अब मचाहिँ फेरि चिल्लोे लाम्चो लोहोरा नै भएर सरङ९मा गएर बस्छु । (रिनाखाले चिल्लो लाम्चो लोहोरालाई छुँदा रिनाखा लोहोरा भएर सरङमा पसेर बस्छ । त्यही बेला हेत्छाकुप्पाको प्रवेश हुन्छ ।)
हेत्छाकुप्पा ः (थकित भएर बस्दै) आज पनि एउटै सिकार भेटिनँ । अरू दिन छ्याप्छ्याप्ती भेटिने सिकार आज त, सिकार मार्नु ता के, सिकार देख्नु पनि पाइनँ । (सुप्लुङतिर गएर अचम्म मान्दै) हँ ¤ रोङ ? यो रोङ कसरी यहाँ आयो ? (यताउति हेदैँ) म नभएकोे बेलामा यो रोङ कसले पकाएर राख्यो ? अचम्मै पो भयो त ¤
साकुदिमा ः (कोठेबारीबाट प्रवेश गर्दै) त्यसरी अचम्म मान्नुपर्दैन, हेत्छाकुप्पा । त्यो रोङ मैले तपाईंकै लागि पकाएर राखेको हुँ ।
हेत्छाकुप्पा ः (अचम्म हुँदै) हँ, तपाईंले मेरोेलागि त्यो रोङ पकाउनुभएकोे ?
साकुदिमा ः जीऊ१० ।
हेत्छाकुप्पा ः त्यसो भए, तपाईं को हुनुहुन्छ ?
साकुदिमा ः (स्पष्टीकरण दिँदै) म निनाम्माबाट आएको साकुदिमा११ हुँ ।
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा टाउको हल्लाउँदै) ए ¤ त्यसो र पो त तपाईं ता, सुम्निमा१२ साकुदिमा जस्तो हुँनुहँुदो रैछ ¤
साकुदिमा ः खै होला ता नि, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः अनि साकुदिमा, तपाईं अहिले कहाँ बस्नुभएकोे छ ?
साकुदिमा ः खै कहाँ भन्नु र, हेत्छाकुप्पा ? अब, मेरोे खिम यही नै हो भन्ने छैन । तसर्थ, घुम्दै जाँदा जहाँ पुग्छु, त्यहीँ बस्छु ।
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा) ए...ऽऽऽ...साकुदिमा तपाईंले मलाई माया गरेर यति मीठो(मीठो रोङ पनि बनाइदिनुभएकोे छ । फेरि, अहिलेसम्म तपाईंकोे बस्ने खिम पनि छैन भन्दै हुनुहुन्छ । त्यसो भए तपाईं पनि यो मेरै खिममा मिलेर बस्दा हुँदैन ?
साकुदिमा ः (स्वीकारोक्तिमा) भइहाल्छ नि, हेत्छाकुप्पा ¤ किन नहुनु ?
हेत्छाकुप्पा ः (साकुदिमाको हातमा समाएर खिममा ल्याउँदै) त्यसो हो भने आउनुहोस्, साकुदिमा । यही मेरै खिममा मिलेर बसौँ । (साकुदिमालाई बसाउँदै) तपाईं यहाँ बस्दै गर्नुहोस् । म रोङ पस्काउँछु ।
साकुदिमा ः (बस्दै) हुन्छ, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (रोङ पस्काएर दिँदै) यी रोङ, साकुदिमा । (सत्कार गर्दै) अब रोङ खानुपर्छ ।
साकुदिमा ः (ढोग फर्काउँदै) आलाङ्ने हेत्छाकुप्पा, आलाङ्ने ।
हेत्छाकुप्पा ः साकुदिमा, अब रोङ खाउँ । (रोङ खाँदै) आहा ¤ साकुदिमा, रोङ ता खूब मीठो रैछ ।
साकुदिमा ः (रोङ पकाएर मुख मिठ्याउँदै) अँ...ऽऽऽ...अब गोयोमा१३ र चाखोङ१४ पनि मीठो हँुदैन त । मीठो भइहाल्छ नि ¤ तिमीलाई थाहा छ, हेत्छाकुप्पा ? यो गोयोमा र चाखोङ भनेको ता किराती रोङ पो हो त । (हाँसखेल गर्दै रोङ खान्छ ।)
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा) ए...ऽऽऽ...बल्ला थाहा भयो, साकुदिमा । (हाँसखेल गर्दै रोङ खाइसकेर) साकुदिमा हाँसखेल गर्दागर्दै रात पनि धेरै छिप्पिसक्यो । अब सुतौँ है, साकुदिमा ।
साकुदिमा ः (स्वीकारोक्तिमा) भइहाल्छ नि, हेत्छाकुप्पा ¤ अब नमरे बाँचे दैवले साँचे, हाँसखेल ता फेरि पनि गरौँला नि ¤ आज भने अब सुतौँ ।
हेत्छाकुप्पा ः (कुनातिर देखाउँदै) साकुदिमा, तपाईं उ त्यो ज्याङकुमा१५ मा सुत्नुहोस् । मचाहिँ सुप्तुलुङछेउमा सुत्छु ।
साकुदिमा ः हुन्छ हेत्छाकुप्पा । (हेत्छाकुप्पा सुत्छ । साकुदिमा पनि सुतेजस्तो गरेर एकछिनपछि उठेर बस्दै मनोवादमा) मैले हेत्छाकुप्पालाई ढाँटेर ठूलो गल्ती गरेँ । वास्तवमा त्यो गोयोमा र चाखोङ मैले पकाएको होइन । (प्रसङ्ग बदल्दै) आ जेसुकै होस् । यसरी मनमा कुरा खेलाउनुभन्दा ता बरु त्यो रोङ कसले पकाएर राख्यो, त्यो कुरा पो पत्ता लगाएर हेत्छाकुप्पालाई बताउँछु । अब, रात पनि धेरै छिप्पिसक्यो । बरु अहिले सुत्छु पो । (साकुदिमा सुत्छ । रातिको कीरा कराइराखेको हुन्छ । त्यहीबेला साकेन्वा ढोल(झ्याम्टा बिस्तारै गुन्जिन्छ । त्यहीबेला बिहान पनि हुन्छ ।)
हेत्छाकुप्पा ः (उठेर शरीर मर्काउँदै) आहा ¤ आज कति छिटो उज्यालो भयो । अब साकुदिमा उठ्नुभन्दा अगाडि नै जायाजुमतिर गएर सिकार खेलेर ल्याउनुप¥यो । ओछ्यानमै सिकार देख्दा त साकुदिमा पनि छक्क परोस् न । (हेत्छाकुप्पाले अरू दिनझँै आफ्नो काँधमा तालित र मट्याङग्रा बोकेर बाहिर जान्छ ।)
साकुदिमा ः (बिस्तारै उठेर यताउति हेर्दै) हन, यति बिहानै हेत्छाकुप्पा उठेर कहाँ गएछ ? हेत्छाकुप्पा...ऽऽऽ...हेत्छाकुप्पा...ऽऽऽ...ए हेत्छाकुप्पा...ऽऽऽ... (प्रसङ्ग बदल्दै) आ जेसुकै होस् । म पनि कोठेबारीमा गएर तरकारी गोड्दै यो घरमा मीठो(मीठो रोङ पकाउने मान्छे पो पत्ता लगाउँछु । (साकुदिमा कोठेबारीमा गएर तरकारी गोड्नु थाल्छ । त्यहीबेला सुप्तुलुङको सरङबाट चिल्लोे लाम्चो लोहोरा भुइँमा झरेर अत्यन्तै सुन्दरी केटी भएर रोङ पकाउनु थाल्छ । )
रिनाखा ः (आपैmँलाई हेर्दै) म कति राम्रो छु है । तर, के गर्नु ? कसैले पनि मेरोे मनको कुरा बुझ्दैन । जेहोस्, हेत्छाकुप्पाले चाहिँ मेरोे मनको कुरा बुझ्छ कि ? (मस्किँदै) यदि हेत्छाकुप्पाले मेरोे मनको कुरा बुझिदिए ता कति राम्रो हुन्थ्यो । (रोङ चलाउँदै) अब ता रोङ पनि पाकिसक्यो । बरु, यो रोङलाई उचालेर सुप्तुलुङछेउमा राखिदिन्छु । अनि, म चाहिँ फेरि चिल्लोे लाम्चो लोहोरा भएर सरङमा पसेर बस्छु । अब, भरै हेत्छाकुप्पा भोकाएर आएपछि मीठो मानेर खाओस् न, यो रोङ । (रिनाखा सुप्तुलुङछेउमा रोङ राखेर पुनः चिल्लोे लाम्चो लोहोरा भएर सरङमा पसेर बस्छ । त्यहीबेला हेत्छाकुप्पाको प्रवेश हुन्छ ।)
हेत्छाकुप्पा ः (थकित भएर बस्दै) आज पनि एउटै सिकार भेटिएन । हन, अचेल मलाई के भइरहेको छ ? ठूलै लुसा लाग्यो कि, क्या हो ? (सुप्तुलुङछेउमा गएर रोङ हेर्दै) आ जेसुकै होस् । आज पनि साकुदिमाले रोङ पकाइहाल्नुभएकोे रैछ । बरु, भोक लागेकोे बेलामा पहिला रोङ पो खानुपर्ला । त्यसपछि बाँकी कुरा गरौँला ।
साकुदिमा ः (डालोमा सिस्नु ल्याएर प्रवेश गर्दै) हेत्छाकुप्पा, तिमी आइपुग्यौ ?
हेत्छाकुप्पा ः जेउ१६ साकुदिमा । (रोङ हेर्दै) साकुदिमा, रोङ ता अघि नै तयार भइ(सकेछ । भोक पनि लाग्दैछ । बरु पहिला रोङ पो खाउँ कि, साकुदिमा ?
साकुदिमा ः हुन्छ हेत्छाकुप्पा । त्यसो भए, तिमी रोङ पस्क । रोङ खाँदै म तिमीलाई एउटा कुरा बताउँछु ।
हेत्छाकुप्पा ः (उत्सुकता हुँदै) के कुरा हो, साकुदिमा ? भन्नुहोस् न अहिले नै ।
साकुदिमा ः अब पहिला रोङ ता पस्काऊ । अनि रोङ खाँदै पछि त्यो कुरा बताउँला ।
हेत्छाकुप्पा ः (रोङ पस्किएर दिँदै) हवस् साकुदिमा ।
साकुदिमा ः (रोङ खाँदै) हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (रोङ खाँदै) हजुर साकुदिमा ।
साकुदिमा ः (रोङ खाँदै) हिजो मैले तिमीलाई त्यो दिनको रोङ मैले पकाएको भनेर ढाँटेको थिए । तर, वास्तवमा त्यो रोङ मैले पकाएको होइन, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (स्पष्टीकरण माग्दै) त्यसो भए, त्यो रोङ कसले पकाएको थियो त, साकुदिमा ?
साकुदिमा ः वास्तवमा हेत्छाकुप्पा, त्यो रोङ नुमाहोङ््मा१७ले पकाएको हो ।
हेत्छाकुप्पा ः (अचम्म मान्दै) त्यो रोङ नुमाहोङ्माले पकाएको ?
साकुदिमा ः हो हेत्छाकुप्पा, त्यो रोङ नुमाहोङ्माले नै पकाएको हो । मैले ता केवल तिमीलाई खुसी पार्नुको लागि मात्र त्यो रोङ मैले पकाएको भनेको थिएँ । त्यसकोे लागि म माफ पाऊँ, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः ठीकै छ, साकुदिमा । अब तपाईंले त्यो रोङ नपकाए पनि बेलैमा आफ्नो गल्ती स्वीकार गरेर माफी माग्नुभयो । त्यसकोे लागि तपाईंलाई सदैव माफी नै छ । तर, त्यो नुमाहोङ्मा चाहिँ कसरी आएर त्यति मीठो रोङ पकायो त, साकुदिमा ?
साकुदिमा ः हेत्छाकुप्पा, हामी नभएकोे बेलामा तिमीले सरङमा राखेको चिल्लोे लाम्चो लोहोरा भुइँमा झरेर एउटा नुमाहोङ्मा भएर रोङ पकाएर फेरि त्यो नुमाहोङमा चिल्लोे लाम्चो लोहोरा भएर नै सरङमा पसेर बस्यो ।
हेत्छाकुप्पा ः (अचम्म मान्दै) तर साकुदिमा, त्यो लाम्चो चिल्लोे लोहोरा कसरी नुमाहोङ्मा भएर त्यति मीठो रोङ पकाउनु सक्छ ? मलाई ता विश्वास नै लागेन, साकुदिमा ?
साकुदिमा ः अब हेत्छाकुप्पा, मैले मेरोे आँखाले प्रत्यक्ष देखेको कुरालाई जस्ताको त्यस्तै भन्दा पनि तिमीलाई विश्वास लाग्दैन भने, म के नै गर्नु सक्छु र ¤
हेत्छाकुप्पा ः साकुदिमा, मैले तपाईंकोे कुरालाई विश्वास नगरेको कहाँ हो र ? तर मैले ता केवल लोहोरा पनि कसरी नुमाहोङ्मा भएर रोङ पकाउनुसक्छ भनेर जिज्ञासा मात्रै पो राखेको हो त । ल ठीक छ साकुदिमा, त्यसो भए त्यो नुमाहोङ्मालाई कसरी मेरोे होङ्मा बनाएर यो घरमा सधैँको लागि राख्नु सकिन्छ त, साकुदिमा ?
साकुदिमा ः हेत्छाकुप्पा, यदि तिमीले त्यो नुमाहोङ्मालाई सधैँको लागि तिम्रोे होङ्मा बनाएर यो घरमा तिमीसँगै राख्नु चाहन्छौ भने तिमीले सधैँकोे दिनमाझैँ सिकार खेल्नु गएजस्तो गरेर मान्द्रोमा बेरिएर खिमको एउटा कुनामा लुकेर बस । मचाहिँ कोठेबारीमा गएर तरकारी गोडेजस्तो गर्छु । त्यहीबेला सरङबाट लाम्चो चिल्लोे लोहोरा भुइँमा झरेर नुमाहोङ्मा भएर सुप्तुलुङमा घरधन्दा गर्दै रोङ पकाउनु थाल्छ । त्यहीबेला तिमीले पछाडिबाट त्यो नुमाहोङ्माको कम्मरमा समाउनू । त्यहीबेला म आएर तिमीहरूकोे विवाह गरिदिन्छु । अनि त्यस दिनदेखि त्यो नुमाहोङ्मा सधैँको लागि तिम्रोे होङ्मा हुनेछ ।
हेत्छाकुप्पा ः (खुसी हुँदै) हुन्छ साकुदिमा । त्यसो भए म तपाईंले भनेझैँ मान्द्रोमा बेरिएर खिमको कुनामा अहिले नै लुक्छु । तपाईं पनि कोठेबारीतिर जानुहोस् ।
साकुदिमा ः ल, ल हेत्छाकुप्पा । म पनि कोठेबारीतिर जान्छु । (हेत्छाकुप्पा मान्द्रोमा बेरिएर खिमको कुनामा लुक्छ । साकुदिमा कोठेबारीतिर जान्छ । त्यहीबेला बिस्तारै साकेन्वा ढोल(झ्याम्टाको आवाज गुन्जिन्छ । त्यहीबेला सरङबाट लाम्चो, चिल्लोे लोहोरा भुइँमा झरेर नुमाहोङ्मा भई सुप्तलुङमा रोङ पकाउनु थाल्छ । त्यहीबेला पछाडिबाट हेत्छाकुप्पा आएर नुमाहोङ्माको कम्मरमा समाउँछ ।)
रिनाखा ः (आत्तिँदै) आई...ऽऽऽ... आई...ऽऽऽ... (फुत्किनु खोज्दै) छोड्नुहोस् मलाई । छोड्नुहोस् मलाई । मलाई छोड्नुहोस् भनेको ।
हेत्छाकुप्पा ः (रिनाखालाई छोडिदिएर एकोहोरो मायाले हेर्दै) तिमी को हौ ? किन यसरी हामी नभएकोे बेलामा सधैँ हाम्रोे खिममा आएर रोङ पकाएको ?
रिनाखा ः (डरले काम्दै) म...म नागाहोङ१८को छोरी रिनाखा हुँ । तपाईं सधैँ भोकभोकै हुनुभएकोे देखेर तपाईंप्रति मलाई माया लागेर आयो । त्यसैले तपाईंकोे लागि त्यो रोङ मैले पकाएर राखेको हुँ । (त्यहीबेला साकुदिमा खोक्दै प्रवेश गर्छ ।)
साकुदिमा ः (खोक्दै) के गर्दैछौ, हेत्छाकुप्पा ? अनि तिमीहरूलाई ठीकै छ ?
हेत्छाकुप्पा ः (अप्ठ्यारो मान्दै) ठीकै छ, साकुदिमा । (रिनाखालाई हेर्दै) रिनाखा, अब हामीलाई साकुदिमाले पनि देखिसक्नुभयो । (अप्ठ्यारो मान्दै) वास्तवमा रिनाखा, म तिमीसँग विवाह गरेर बलियो घरजम गरेर खुसी साथ बाँकी जीवन बिताउनु चाहन्छु । यसमा तिम्रोे विचार के छ, रिनाखा ?
रिनाखा ः (आफैँलाई हेरेर रुँदै) हेत्छाकुप्पा, तपाईंले मलाई छुनुहँुदैन थियो, तर तपाईंले मेरोे कम्मरमा समाएर मलाई बिटुलो पार्नुभयो । अब म पुनः लोहोरा हुनु सक्दिन । मैले पहिलाजस्तो तपाईंलाई मीठो(मीठो खानेकुरा पनि मेरोे माइतबाट ल्याइदिनु सक्दिन । फेरि तपाईंले मलाई मेरोे खिमबाट जालले निकाल्दै फाल्दै गर्नुभएकोेले गर्दा मेरोे जीउ पनि थिलथिल्ती भएकोे छ । सहनै नसक्ने गरी मेरोे जीउ दुखिरहेको छ । अब यस्तो अवस्थामा म मेरोे माइत कसरी जाऊँ ? म कसरी जाऊँ ? (रुँदै) मैले तपाईंकोे के बिगारेको थिएँ र तपाईंले मलाई छुएर बिटुलो पार्नुभयो ? किन तपाईंले मलाई छुएर बिटुलो पार्नुभयो ? किन ? किन ? किन ?
हेत्छाकुप्पा ः (माया गर्दै) रिनाखा, मैले तिमीलाई छुनुहँुदैन भन्ने कुरा मलाई थाहा भएन । त्यसको लागि म माफी चाहन्छु । (प्रसङ्ग बदल्दै) रिनाखा, अब जे नहुनु थियो, त्यो भयो । अब, त्यस कुरामा चित्त नदुखाऊ । बरु अब हामी विवाह गरेर सुखले घरजम गरेर बसौँ, हँुदैन रिनाखा ?
रिनाखा ः (हेत्छाकुप्पाको अनुहारमा हेर्दै) अब, तपाईं त्यसै भन्नुहुन्छ भने ठीकै छ । हामी विवाह गरौँला । तर, यहाँ मेरोे आमा(आपा कोही पनि हुनुहुन्न । आमा(आपा नै नभइकन, म तपाईंसँग कसरी विवाह गरौँ ?
हेत्छाकुप्पा ः (सम्झाउँदै) म तिम्रोे कुराको उच्च सम्मान गर्छु, रिनाखा । तर, अझै मलाई हेर त, म ता झन्, आमा(आपा नै नभएकोे टुहुरा हुँ । मेरोे ता झन् आमा(आपा पनि म सानो हँुदा नै बित्नुभयो । छेत्कुमाची१९ले पनि म भोकले बेहोस भएकोे बेलामा म¥यो भनेर मलाई छोडिजानुभयो । उहाँहरूको अहिलेसम्म अत्तोपत्तो खबर केही पनि थाहा छैन । यहाँ म एक्लो छु । त्यसैले तिम्रोे पनि यहाँ आमा(आपा छैन, मेरोे पनि छैन । (साकुदिमातिर देखाउँदै) तसर्थ, उहाँ साकुदिमालाई नै हाम्रोे पुर्खा मानेर आशीर्वाद मागौँ न, हुँदैन रिनाखा ?
रिनाखा ः (स्वीकारोक्तिमा) हुन्छ, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (रिनाखासँग साकुदिमाको छेउमा गएर) साकुदिमा अब यो खिममा तपाईं नै ठूलो मान्छे हुनुहुन्छ । तसर्थ, तपाईंलाई नै हामीले हाम्रोे पुर्खा मानेर आशीर्वाद माग्दैछौँ । अब हाम्रोे विवाह गरी दिएर हामीलाई आशीर्वाद दिनुहोस्, साकुदिमा ।
साकुदिमा ः (स्वीकारोक्तिमा) भइहाल्छ नि, हेत्छाकुप्पा । अब तिमीहरूले मलाई नै पुर्खा मानेर आशीर्वाद माग्छौ भने, म ता छँदैछु नि ¤ (सुप्तुलुङतिर देखाउँदै) लु त्यसो भए, तिमीहरू उ त्यो सुप्तुलुङको छेउमा गएर बस । म विवाहकोे सामानहरू सोलोन्वा२०, वाहिला२१, बात्ती२२ र दही चारङ२३ थालाकेनमा२४ ल्याएर आउँछु । (साकुदिमाले विवाहकोे सामानहरू ल्याएर आउँछ ।)
हेत्छाकुप्पा ः (गुन्द्री ल्याएर सुप्तुलुङछेउमा ओछ्याउँदै) ल रिनाखा, यो सुप्तुलुङको छेउमा बसौँ ।
रिनाखा ः (हेत्छाकुप्पाको देब्रेपट्टि बस्दै) हुन्छ, हेत्छाकुप्पा ।
साकुदिमा ः (सोलोन्वाले सुप्तुलुङ थोक्दाउँदै) सोइ...ऽऽऽ...दिप्पाचोपाचो, दिमाचोमाचो । आइ ना केन छा, केन नाति आ बुसुनीमा ए ताती । हेन अकु छाचीलाई निमा चोङ्मा मेत्दानुम । आयु इत्दानुम । पुसङ इत्दानुम । खावा इत्दानुम । चासुम इत्दानुम । आइ दोकोङ अकु छाची कप्पारुङ(कम्मारुङ लिसा कानेई । (सुप्तुलुङको मुसो लगाइदिँदै) हेन दोकोङ खन्नाची कप्पारुङ(कम्मारुङ तलिसाची । निलो थङयाङसो युङाची ।२५
हेत्छाकुप्पा ः (आशीष थाप्दै) आलाङ्ने दिमो, आलाङ्ने ।
रिनाखा ः (आशीष थाप्दै) आलाङ्ने दिमो, आलाङ्ने । (त्यहीबेला साकेन्वा ढोल(झ्याम्टाको आवाज गुन्जिन्छ । नाचगानसहित सबै जनामा खुसियाली छाउँछ । त्यहीबेला विस्तारै प्रकाश विलयन भएर स्थिर हुन्छ ।)
(पर्दा खस्छ ।)
दृश्य ः चौथो
स्थान ः हेत्छाकुप्पाको घर
समय ः दिउँसो÷बेलुका
पात्रहरू ः हेत्छाकुप्पा, रिनाखा, साकुदिमा
(रिनाखाले सुप्तुलुङमा रोङ पकाइरहेको बेलामा तालित र मट्याङग्राको झोला लिएर हेत्छाकुप्पाको प्रवेश हुन्छ ।)
रिनाखा ः (खुसी हँुदै) पापा, तपाईं आइपुग्नुभयो ?
हेत्छाकुप्पा ः (रिनाखालाई अँगालो मार्दै) जेउ होङ्मा । (तालित र मट्याङ्ग्राको झोला राख्दै) अनि रिनाखा, अहिले तिमीलाई कस्तो छ ?
रिनाखा ः मलाई ता ठीकै छ, पापा । अनि तपाईं नि ?
हेत्छाकुप्पा ः मलाई पनि ठीकै छ, रिनाखा । (झोलाबाट मरेको ढुकुर निकाल्दै) यी यता हेर त रिनाखा, आज मैले पासोमा पारेर ढुकुर ल्याएको छु । (सुप्तुलुङछेउमा गएर) रिनाखा, मलाई आगो बाल्नु सघाएर मोबोला१ बोक्वा ल्याऊ है । अब यो ढुकुरलाई पोलपाल(काटकुट पारेर पकाइ खानुपर्छ ।
रिनाखा ः हवस् पापा । (सुप्तुलुङमा आगो बालेर मोबोला बोक्वा दिँदै) पापा, तपाईं कति बहुमुखी प्रतिभाशाली मान्छे हुनुहुन्छ, है ।
हेत्छाकुप्पा ः (ढुकुर पोल्दै) कसरी रिनाखा ?
रिनाखा ः अब कसरी भन्नु र, पापा ? अब तपाईं कहिले बल्छी खेल्नुहुन्छ । कहिले जाल हान्नुहुन्छ । कहिले सिकार खेल्नुहुन्छ । कहिले लिसो थाप्नुहुन्छ । कहिले पासो थाप्नुहुन्छ । कहिले तालितले पहराको ढुङगा छेडेर पानी निकालेर खानुहुन्छ । कहिले एउटै रुखमा विभिन्न प्रकारको फलपूmलहरू फलाएर खानुहुन्छ । कहिले वापामा चडेर संसार हेर्नु हुन्छ आदि(आदि धेरै काम गर्नुहुन्छ । फेरि खिम व्यवहारमा पनि त्यत्तिकै निपूर्ण हुनुहुन्छ । अनि ता तपाईं बहुमुखी प्रतिभाशाली मान्छे हुनुभएन त, पापा ?
हेत्छाकुप्पा ः (ढुकुरलाई पोलिसकेर मोवला बोक्वामा फोर्दै) त्यो ता हो, रिनाखा । तर, किरातीको सन्तान भएपछि ता त्यतिको प्रतिभाशाली ता हुनै प¥यो नि ¤ नत्र अरूले हेपिहाल्छ नि ¤
रिनाखा ः त्यो ता हो, पापा । (ढुकुरको गाँड फुटाएर हेर्दै) पापा, यो ढुकुरको गाँडमा ता अन्नको गेडागुडी पो छ त ?
हेत्छाकुप्पा ः (उत्साहित भएर हेर्दै) हँ...ऽऽऽ...ढुकुरको गाँडमा अन्नको गेडागुडी छ ? (ढुकुरको गाँड हेर्दै) खै त रिनाखा, म पनि ढुकुरको गाँडमा भएकोे त्यो अन्न हेर्छु ।
रिनाखा ः (चोइटाले ढुकुरको गाँडको अन्न देखाइदिँदै) यी हेर्नुहोस् त पापा, यो ढुकुरको गाँडमा भएकोे अन्नको गेडागुडी ।
हेत्छाकुप्पा ः (ढुकुरको गाँडको अन्न हेर्दै) ए...ऽऽऽ...हो ता रैछ । यो ढुकुरले पनि अन्नको गेडागुडी खाँदो रैछ है । (सुप्तुलुङतिर आउँदै) आँ...ऽऽऽ...जेसुकै होस् रिनाखा । यो ढुकुरको गाँडलाई घुरेनतिर फ्याँकिदिऊँ । यसले हाम्रोे घरलाई फोहोर मात्रै पार्दै छ ।
रिनाखा ः (स्वीकारोक्तिमा) हुन्छ, पापा । (हेत्छाकुप्पाले ढुकुरको गाँडलाई घुरेनतिर फ्याँकिदिएर ढुकुरको मासु काटकुट पारेर पकाउनु थाल्छ । त्यहीबेला डौडिएर बाहिर गई रिनाखाले बान्ता गर्नु थाल्छ ।)
हेत्छाकुप्पा ः (डौडिएर रिनाखालाई समाउँदै) रिनाखा...ऽऽऽ...रिनाखा अचानक तिमीलाई के भयो ? (साकुदिमाको प्रवेश भई छक्क परेर हेर्छ ।)
रिनाखा ः (बान्ता गरी सकेर) खै पापा, अचेल मलाई के भइरहेको छ कोनि ? अस्तिदेखि बेलाबेलामा पेट दुख्छ । रिङ्गटा लाग्छ । झर्को लाग्छ । रिस उठ्छ । जीउ गरौँ हुन्छ । अल्छी लाग्छ । अमन हुन्छ । बान्ता हुनु खोज्छ ।
साकुदिमा ः (रिनाखालाई समाल्दै) रिनाखा, म पनि तिमीजस्तै एउटा महिला हुँ । तसर्थ, तिम्रोे कुरा म राम्ररी बुझ्छु । अनि रिनाखा तिमीले भनेजस्तो सङ्केत आफ्नो शरीरमा देखाप¥यो भने ता, बुखुन्दीमा२ पो भइन्छ त ¤ कतै तिमी पनि बुखुन्दीमा ता भएनौ ? (ज्याङ्कुमामा सुताउँदै) रिनाखा तिमी यो ज्याङ्कुमामा आराम गर है । (हेत्छाकुप्पालाई हेर्दै) हेत्छाकुप्पा, रिनाखा बुखुन्दीमा भएकोे छ । अब उसलाई बल काम गर्नु नदिनू । दुःख, पीडा नदिनू है, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा) हुन्छ साकुदिमा । रिनाखालाई राम्रो हेरविचार गरेर राख्छु । (निनाम्मातिर ढोग्दै) ओ...ऽऽऽ...जय किरात । हजुरको आशीर्वादले गर्दा हामीलाई सन्तान लाभ हुने भयो । अब यो हेन्खामामा हाम्रोे सन्तानले पूरै ढाक्नेछ ।
साकुदिमा ः (हेत्छाकुप्पालाई उठाउँदै) हेत्छाकुप्पा, ल उठ । अब रोङ खानुपर्छ । रिनाखा भोकाइसक्यो । (भान्सातिर जाँदै) हेत्छाकुप्पा, रोङ खाने थाल(बटुको ल्याऊ त । म सबैलाई रोङ पस्किन्छु ।
हेत्छाकुप्पा ः (उठ्दै) हुन्छ साकुदिमा । (थाल(बटुको ल्याएर दिँदै) यी साकुदिमा थाल(बटुको ।
साकुदिमा ः (रोङ पस्केर दिँदै) हेत्छाकुप्पा, यो रोङ पहिला रिनाखालाई देऊ त । रिनाखा बुखुन्दीमा छ । उसलाई भोक लागिसक्यो होला ।
हेत्छाकुप्पा ः हुन्छ साकुदिमा । (रोङ रिनाखालाई दिँदै) रिनाखा, यी रोङ ।
रिनाखा ः (रोङ समाउँदै) आलाङ्ने पापा ।
साकुदिम ः (रोङ दिँदै) हेत्छाकुप्पा, यी तिमीलाई पनि रोङ ।
हेत्छाकुप्पा ः (रोङ समाउँदै) आलाङ्ने साकुदिमा, आलाङ्ने । (साकुदिमालाई हेर्दै) साकुदिमा तपाईंलाई पनि भोक लागिसक्यो होला । तपाईं पनि रोङ खानुहोस् ।
साकुदिमा ः (रोङ पस्काएर खाँदै) हुन्छ, हेत्छाकुप्पा । अब म पनि रोङ खान्छु ।
हेत्छाकुप्पा ः (रोङ खाँदै) ल, ल । अब सबै जनासँगै रोङ खाऊँ ।
सबैजना ः (आ(आफ्नो रोङ खाँदै) ल, ल । लु खाऊँ, खाऊँ । (हाँसखेल गर्दै सबैजनाले रोङ खान्छ । त्यहीबेला प्रकाश विलयन हुन्छ ।)
(पर्दा खस्छ ।)
+दृश्य ः पाँचौँ
स्थान ः हेत्छाकुप्पाको घर
समय ः दिउँसो ÷बेलुका
पाात्रहरू ः हेत्छाकुप्पा, रिनाखा, छा
(हेत्छाकुप्पाको घरको घुरेनमा लटरम्म कोदो, मकै, धानलगायत विभिन्न प्रकारको अन्न झुप्पै फलेको छ । त्यो घरको तेम्बुमा रिनाखा दोक बुनिरहेको छेउमा छा खेलिरहेको छ ।)
रिनाखा ः (दोक बुन्दाबुन्दै रोकिएर छातिर हेर्दै) यो हाम्रोे छा१ पनि उसकोे पापाजस्तो कति ज्ञानी छ । अघिदेखि आफैँ तेम्बु२मा खेलिरहेको छ । अघाएपछि उसलाई, आमा(पापा कोही पनि चाहिँदैन । आफैँ खेल्छ । आज ता उसकोे जन्म दिन पनि हो । तर, उसलाई केहीको पनि चिन्ता छैन । हेर्दाहेर्दै यो छा पनि कति ठूलो भइसक्यो ।
छा ः (रिनाखाको काखमा आएर बस्दै) आमा ¤ भोक लाग्यो ।
रिनाखा ः (दूध खुवाउँदै) छा, अहिले बुबु खाँदै गर है । भरै पापा आउनुभएपछि माम खानुपर्छ ।
छा ः (दङ्ग्याउँदै) नाई आमा, म ता बुबु नखाने । माम नै खाने । तपाईंको बुबुबाट बुबु नै आउँदैन ।
रिनाखा ः (फकाउँदै) छा, अहिले हाम्रोे खिममा खाने कुरा केही पनि छैन । तिम्रोे पापा हिजै खाने कुरा खोज्नु जानुभएकोे छ । तर, अहिलेसम्म तिम्रोे पापा आइपुग्नुभएकोे छैन । अब तिम्रोे पापाले भरै खानेकुरा ल्याएर आउनुभएपछि अघाउन्जेल माम खानुपर्छ है, छा । अहिले चाहिँ यही बुबु नै खाँदै गर है, छा । (त्यही बेला हेत्छाकुप्पाको प्रवेश हुन्छ । हेत्छाकुप्पालाई हेर्दै) पापा, तपाईं आइपुग्नुभयो ?
हेत्छाकुप्पा ः (थकित भएर बस्दै) अँ, आउनु ता आएँ रिनाखा, तर जहाँ त्यहाँ खानेकुरा खोज्दा पनि खानेकुरा कहीँ पनि भेटिनँ । त्यसैले खानेकुरा नलिई रित्तै पो आएँ, रिनाखा ।
छा ः (रिनाखालाई हेर्दै) आमा, तपाईंले मलाई पापा आउनुभएपछि अघाउन्जेल माम खाने भन्नुभएकोे थियो हैन ? अब ता पापा आउनुभयो । माम खाउ न है, आमा । मलाई सारै भोक लाग्यो ।
रिनाखा ः (छालाई अँगालो मार्दै भक्कानिएर रुँदै) छा, मैले तिमीलाई पापा आउनुभएपछि अघाउन्जेल माम खानु दिउँला भनेकै हो । तर, आज पनि पापाले खानेकुरा केही भेट्नु भएन छ । पापा रित्तै आउनुभयो । हाम्रोे घरमा पनि खानेकुरा केही छैन । (भक्कानिएर रुँदै) अब, म आपैmँ पनि धेरै दिनसम्म भोकभोकै भएकोेले गर्दा मेरोे बुबु नै आउनु छोड्यो । यस्तो अवस्थामा मैले तिमीलाई खानेकुरा के दिउँ त, छा ?
छा ः (रिनाखाको आँसु पुछिदिँदै) आमा, मैले तपाईंलाई खानेकुरा मागँे भनेर तपाईंकोे चित्त दुख्यो हो ? (रिनाखालाई फकाउँदै) तर, आमा मलाई साह्रै भोक लाग्योे र पो मैले तपाईंलाई खानेकुरा मागेको त । तर, तपाईं ता त्यसै रुनु पो हुँदो रैछ । (रिनाखालाई उठाउँदै) उठ्नुहोस् आमा, उठ्नुहोस् । अब नरुनुहोस् । अबदेखि म तपाईंलाई कहिल्यै पनि खानेकुरा माग्दिन है, आमा ।
रिनाखा ः (आँसु पुछ्दै) मैले चित्त दुखाएको होइन, छा । तर, के गर्नु ? म आफैँ पनि धेरै दिनसम्म भोकभोकै भएकोेले गर्दा मेरोे बुबु नै पनि आउनु छोड्यो । (छालाई अँगालो मार्दै) अब यस्तो अवस्थामा मैले तिमीलाई खानेकुरा के दिउँ, छा ? (हेत्छाकुप्पातिर हेर्दै) अब के गर्ने पापा, मैले ता तपाईंलाई त्यो ढुकुरको गाँड फालेको ठाउँमा बीउ उम्रिएर फलेको अन्नहरूलाई नै ल्याउनुहोस् न, खाऊँ । केही समयसम्म भए पनि छाक टर्छ भनेकै थिएँ । तर, तपाईंले ता त्यो फलमा विष छ, खानुहँुदैन भन्नुभयो । तर, ढुकुरले त्यो अन्न खाँदा ता ढुकुर मरेन भने, हामीले त्यो अन्न खाँदा मात्दैन थियो । तर, तपाईंले मेरोे कुरा सुन्नु नै भएन । अब, धेरै दिनसम्म भोकभोकै बस्दाबस्दा मेरोे शरीरमा केही पनि छैन । अब ता मेरोे शरीरबाट दूध पनि आउनुछोड्यो । अब, यस्तो अवस्थामा मैले यो नाबालक छालाई के दिउँ, खानेकुरा पापा ? के दिऊँ ? (भक्कानिएर रुँदै) अब म के गरौ, पापा ? म के गरौँ ? (हेत्छाकुप्पा तुरुक्क आँसु पुछेर बाहिर जान्छ । रिनाखाले हेत्छाकुप्पा गएतिर हेरिरहन्छ ।)
छा ः (हेत्छाकुप्पा गएतिर हेर्दै) आमा, पापा कहाँ जानुभाको ?
रिनाखा ः (आँसु पुछ्दै) खै छा, बाहिर कतै जानुभाको होला ।
छा ः आमा, आज हामीले के खाने ?
रिनाखा ः खै छा, के खाने ? के खाने ? पापा पनि नबोली उठेर बाहिर जानुभयो । अब, घरमा पनि खानेकुरा केही छैन । (घुरेनको अन्न हातमा लिएर हेत्छाकुप्पाको प्रवेश हुन्छ ।)
हेत्छाकुप्पा ः (रिनाखालाई हेर्दै) रिनाखा, मैले ता यो अन्न विषालु होला भनेर खानुहँुदैन भनेको थिए । तर, त्यो अन्न खाएको ढुकुरलाई हामीले मारेर खाँदा पनि हामीलाई केही पनि नभएकोे हँुदा यो अन्न खानुहुन्छ भन्ने कुरा ता मैले वास्तै पो गरेको थिइन । मेरोे ठूलो भूल भयो, रिनाखा । त्यस कुराले तिमीलाई धेरै दुःख पीडा भयो, तर चित्त नदुखाउ है, रिनाखा । अबदेखि तिमीले जे भन्छौ, म त्यही मान्छु ।
रिनाखा ः (हेत्छाकुप्पालाई हेर्दै) पापा, अब जे नहुनु थियो, त्यो भइसक्यो । अब त्यसमा चित्त दुखाएर नै पो के पाइन्छ र ? (प्रसङ्ग बदल्दै) बरु पापा, छिटोछिटो रोङ पकाएर छालाई खुवाउनुपर्छ । अस्तीदेखि छाले केही पनि खानु पाएको छैन । छा धेरै भोकाइसक्यो । अब, छा धेरै भोकायो भने, फेरि तपाईंजस्तै बेहोस हुन्छ ।
हेत्छाकुप्पा ः (रोङ पकाउँदै) हुन्छ रिनाखा । म छिट्टै रोङ पकाउँछु ।
छा ः (रोङतिर देखाउँदै) आमा, अब यो माम खाने हो ?
रिनाखा ः (काखमा खेलाउँदै) हो छा, अब यो माम पाकेपछि खानुपर्छ ।
छा ः (रमाउँदै उठेर नाच्दै) अब माम खाने... अब माम खाने... अब माम खाने...
हेत्छाकुप्पा ः (सम्झाउँदै) छा यसरी साहै्र रमाउँदै नाच्नु ता हुँदैन । पहिला म पनि सानोमा धेरै दिनपछि माम खानु पाउने भएँ भनेर रमाउँदै नाच्दा सुप्तुलुङको अगुल्टोमा अल्झिएर रोङ घोप्टिएछ । म पनि लडेर यहीँ बेहोस भएछु । तर, मलाई कति होसमा ल्याउनु खोज्दा पनि म होसमा नआएपछि म¥यो भनेर मेरोे छेत्कुमाचीले मलाई छोडेर जानुभएछ । त्यही दिनदेखि अहिलेसम्म मेरोे छेत्कुमाचीसँग मेरोे भेट भएकोे छैन । उहाँहरूको बारेमा खबर पनि केही थाहा छैन ।
रिनाखा ः (सम्झाउँदै) लु भयो पापा । अब फेरि विगतको कुरालाई नसम्झिनुहोस् । यसरी सधैँ विगतकोे कुरालाई सम्झिरहनु मात्र थालियो भने, हामी अझै पछाडि पर्छौँ । अब, हामीले विगतकोे कुरालाई परिमार्जन गर्दै नयाँ काम पो गर्नुपर्छ त । बरु समयसापेक्ष आधुनिक बन्नुपर्छ ।
हेत्छाकुप्पा ः त्यसो भए हामीले नयाँ कार्य के गर्ने त, रिनाखा ?
रिनाखा ः अब पापा, हामी सधँै यो खुवालुङमा बस्नुभन्दा अर्को नयाँ खिम बनाएर बस्नुपर्छ ।
हेत्छाकुप्पा ः (रोङ पकाउँदै) नयाँ खिम ता बनाउने । तर कसरी बनाउने रिनाखा ?
रिनाखा ः पापा, त्यसकोे बारेमा तपाईं चिन्तै नलिनुहोस् । नयाँ खिम कसरी बनाउने भन्ने कुरा म तपाईंलाई बताउँछु ।
हेत्छाकुप्पा ः ल ठीक छ, रिनाखा । पहिला रोङ खाऊँ । त्यसपछि बाँकी दुम३ गरौँला । (यताउति हेर्दै) अनि रिनाखा, साकुदिमालाई अघिदेखि नै देख्दिन नि ¤ साकुदिमा कहाँ जानुभयो ?
रिनाखा ः (थाल ल्याएर रोङ खानु बस्दै) खै पापा, साकुदिमा बिहानै बाहिर जान्छु भनेर हिँड्नुभएकोे अहिलेसम्म फर्किएर आउनुभएकोे छैन ।
हेत्छाकुप्पा ः (रोङ पस्काउँदै) ए...ऽऽऽ...त्यसो भए साकुदिमाको भाग राखी दिएर हाम्रोे भाग रोङचाहिँ खानुपर्छ ।
रिनाखा ः (छालाई काखमा लिँदै) ल ल पापा । अब त्यसै गरौँ । (हेत्छाकुप्पाले रोङ पस्काएर सबैलाई दिएर आपूm पनि खान्छ । सबैजना हाँसखेल गर्दै रोङ खान्छ ।)
हेत्छाकुप्पा ः (रोङ खाँदै टाउको छाम्दै) हन, आज मलाई के भयो, रिनाखा ? अचानक रिङ्गटा पो लागेर आयो ।
रिनाखा ः (हेत्छाकुप्पातिर जाँदै) अचानक तपाईंलाई के भयो त, पापा ?
हेत्छाकुप्पा ः (रोङ छोडेर सुत्दै) खै के भयो, के ? टाउको पनि दुख्दै छ, वाकवाकी पनि आउँदै छ । यो अन्नले पो मात्यो कि, क्या हो ? (सुत्दै) म ता एकछिन यही सुत्छु है ।
रिनाखा ः (हात धुएर सुप्तुलुङको छेउमा ध्यान बस्दै) खै त्यस्तो नहुनुपर्ने हो ? त्यै पनि तपाईंलाई के भयो त, नि ¤ एकछिन पर्खनुहोस् है त, म यारी४ हेर्छु ।
हेत्छाकुप्पा ः (टाउको छाम्दै) हन साँच्चै, यो अन्न ता खानुहँुदैन थियो कि, क्या हो ? यो अन्न विषालु छ जस्तो ता लाग्दै थियो, तर तिमीले पत्याएनौ । कतै यो अन्न खाने जति हामी सबैजना मरिन्छ कि, क्या हो ? साँच्चै यो अन्नले मातेर मरियो भने ता, सबैजना एकैछाक पो भइन्छ त । हाम्रोे लास उठाउने मान्छे पनि हँुदैन ।
रिनाखा ः (बिस्तारै आँखा खोलेर हेर्दै) पापा, हामीले हाम्रोे पुर्खाहरूलाई यो अन्न पहिला चढायाँै त ?
हेत्छाकुप्पा ः खै रिनाखा, मैले ता हाम्रोे पुर्खाहरूलाई यो नयाँ अन्न चढाउनै पो बिर्सेछु ।
रिनाखा ः पापा, सधँै हामीले नयाँ अन्नबाली खाँदाखेरी पहिला हाम्रोे पुर्खालाई चढाएरमात्र खानुपथ्र्यो । तर, हामीले ता हाम्रोे पुर्खाहरूलाई नचढाई नै पो त्यो अन्न खाएछाँै । त्यही भएर हाम्रोे पुर्खाहरूले हामीलाई सजायस्वरूप बिमारी पारिदिनुभयो । अबदेखि हाम्रोे पुर्खालाई पहिला यो नयाँ अन्नबाली चढाएपछि मात्रै हामीले प्रसादकोे रूपमा खानुपर्छ ।
हेत्छाकुप्पा ः (अलमलिँदै) चढाउनु ता चढाउने, तर कसरी चढाउने, रिनाखा ? हामीले ता नयाँ अन्नलाई जुठो पारिसकेको छौँ ।
रिनाखा ः (सम्झाउँदै) त्यसो होइन पापा । तपाईंले ल्याउनुभएकोे सबै अन्नलाई ता, हामीले जुठो पारेको छैनाँै नि ¤ अब जुठो नभएकोे बाँकी अन्नलाई चाहिँ हामीले हाम्रोे पुर्खालाई पहिला चढाएर मात्रै खानुपर्छ ।
हेत्छाकुप्पा ः तर...
रिनाखा ः (सम्झाउँदै) पापा, त्यसकोे लागि तपाईंले दाहिने हातमा बेछुक५, सोलोन्वा, बेरुछा६, कार्दा७, तालित८ र टाउकोमा ढोलो९ लगाएर सुप्तुलुङको डिलमा बसेर मुन्दुम फलाक्र्दै बेछुकको यारी काट्दै सोलोन्वाले सुप्तुलुङलाई थोक्दाउँदै१० हाम्रोे पुर्खालाई बोलाउँदा तपाईंले सुम्निमा(पारुहोङदेखि लिएर अहिलेकोे दिप्पापा११ दिम्मामा१२सम्मको पुर्खालाई बोलाउँदै थररर काम्दै दौडिएर तेम्बुमा पुग्नुहुन्छ । त्यो तेम्बुमा बेछुकको यारी काटेर सोलोन्वाले थोक्दाउँदै बेरुछाले खोतल्नुहोस् । त्यहाँ तपाईंले हाम्रोे पुर्खा सुम्निमा(पारुहोङको प्रतीक चिल्लोे लाम्चो लुङ्१३ भेट्नुहुन्छ । त्यो लुङ्लाई सोलोन्वाले थोक्दाउँदै साकेन्वा पूजा गर्नु । त्यहीबेला निनाम्मा गडगडाउँदै बिजुली चम्किन्छ । पानी पर्छ । चट्याङ पर्छ । तर पनि तपाईंले हाम्रोे पुर्खालाई पूजा गर्नु नछोड्नु । बरु म पनि तपाईंलाई साकेन्वा पूजा गर्नु सघाउँदै मुन्दुम फलाक्दै साकेन्वा सिली टिप्छु । त्यसरी साकेन्वा पूजा गर्दा तपाईंले अगाडि(अगाडि सिली टिप्दै सातपल्ट दायाँ(बायाँ सातैपल्ट त्यो साकेन्वा लुङलाई ढोग्दै यो याचाम१४ चढाउनुहोस् । अन्त्यमा, तपाईंकोे कम्प रोकिन्छ । अनि यो नयाँ अन्नबालीलाई हाम्रोे पुर्खा सुम्निमा(पारुहोङलाई चढाएर प्रसादको रूपमा खानुपर्छ । हामीलाई केही हुँदैन । बरु हामीलाई सुव्यफाव्य हुन्छ । हाम्रोे आयु बढ्छ ।
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा) हुन्छ रिनाखा, म तिमीले भनेकोजस्तै गरेर यो नयाँ अन्नबाली हाम्रोे पुर्खालाई चढाउँछु । अनि बाँकी अन्नबाली प्रसादको रूपमा खानुपर्छ । अहिले म हाम्रोे पुर्खालाई साकेन्वा पूजा गर्नु थालेँ ।
रिनाखा ः ल, ल, पुर्खाहरूसँग धेरै आशीर्वाद पनि मागेर ल्याउनु ।
हेत्छाकुप्पा ः (हातमा बेछुक, सोलोन्वा, बेरुछा, तालित लिएर सुप्तुलुङको डिलमा बसेर मुन्दुम फलाक्दै) सोई...ऽऽऽ.. दिप्पाचोपाचो, दिमाचोमाचो । आइ ना केन छा, केन नातिचीआ चामापा इत्दुमयाङका कानेई । आयु इत्दोङ । पुसङ इत्दोङ । निमा चोङमा मेत्दोङ । झाराआ केन साया रेप्दुमयाङका कानेई । (जोडले काम्दै दौडिएर तेम्बुमा गएर सोलोन्वाले थोक्दाउँदै मुन्दुम फलाक्दै तेम्बुमा खोतल्छ ।) ल है, दिप्पाचोपाचो, दिमाचोमाचो, हेन्खामाए मुवा, निनाम्माए मुआ । केन साया चोङने । केन रिसी चोङने । (खोतलेको ठाउँबाट चिल्लोे लाम्चो ढुङ्गा निस्कन्छ । झन् जोडले मुन्दुम फलाक्दै सोलोन्वाले थोक्दाउँछ ।) दिप्पाचोपाचो, दिमाचोमाचो, बल दोत्याङसो, साका दोत्याङसो । आयु दोत्याङसो, पुसङ दोत्याङसो, केन सेवा मुयाङका कानेई, दिप्पाचोपाचो, दिमाचोमाचो । (तेम्बुमा खनेर निकालेको ढुङ्गालाई पुर्खा सुम्निमा(पारुहोङको प्रतीक मानी पूजा गरेर रिनाखालाई हेर्दै) रिनाखा, हेन एन दिपापाची(दिमामाची पुग्दुङने किना खिमकोङदो ङेसुमने१५ ।
रिनाखा ः (हेत्छाकुप्पालाई लुङ बोक्नु सघाउँदै) लु तल्ल पापा, हेन एन दिपापाची(दिमामाचीलाई खिमकोङदो पुक्दुमने, पुक्दुमने१६ ।
(हेत्छाकुप्पा र रिनाखाले त्यो लुङलाई बोकेर सोलोन्वाले थोक्दाउँदै मुन्दुम फलाक्दै आशीर्वाद माग्दै घरभित्र जान्छ । त्यहीबेला बिस्तारै प्रकाश विलयन हुन्छ ।)
(पर्दा खस्छ ।)
दृश्य ः छैटौँ
स्थान ः हेत्छाकुप्पाको घर
समय ः बिहान
पात्रहरू ः हेत्छाकुप्पा, रिनाखा, छा र साकुदिमा
(प्रकाश बिस्तारै प्रकटन हँुदा ओछ्यानमा हेत्छाकुप्पा, रिनाखा र छा सुतिरहेको हुन्छ । त्यहीबेला साकेन्वा ढोल(झ्याम्टा बिस्तारै गुन्जिनु थाल्छ ।)
रिनाखा ः (बिस्तारै उठेर हेत्छाकुप्पालाई उठाउँदै) पापा, अब ता हामीले नयाँ अन्न पनि पुर्खालाई चढाइसक्यौँ । अब त्यो अन्न खाँदा हामीलाई केही पनि हुँदैन । अब त्यो अन्नले हामीलाई निकै दिन पुग्छ । तर पापा, हाम्रोे बस्ने खिम भने, यस्तो अव्यवस्थित छ । तसर्थ, पापा सधँै हामी यसरी यो खुवालुङमा मात्रै बसेर त, हुँदैन नि ¤
हेत्छाकुप्पा ः (बिस्तारै उठ्दै) त्यसो भए के गर्ने त, रिनाखा ?
रिनाखा ः पापा, अब हामीले नयाँ खिम बनाएर बस्नुपर्छ ।
हेत्छाकुप्पा ः रिनाखा, अब यत्ति लामो पुस्ताँै पुस्तासम्म ता, हाम्रोे पुर्खाहरू यही खुवालुङ्मै बसेर जीविका चलाउनुभयो भने अब हामीले चाहिँ किन व्यर्थैमा पुख्र्यौली परम्परालाई चटक्कै माया मार्नु ?
रिनाखा ः पापा, यो आधुनिक जमनामा त अब सधँै हामीले पुख्र्यौली संस्कारलाई पक्री राखेर ता हुँदैन नि ¤ बरु, हामी पनि समयसापेक्ष परिवर्तन हुनुपर्छ । राम्रो संस्कारलाई जोगाउँदै जानुपर्छ । नराम्रो संस्कारलाई बिर्सिंदै जानुपर्छ । सधैँ मेरोे गोरुको बाह्रै टक्का भनेर जिद्दी गर्दै बस्नुहँुदैन । तसर्थ, अब हामीले पनि नयाँ खिम बनाएर सभ्य तरिकाले बस्नुपर्छ । अब, फेरि हाम्रोे छा पनि ता ठूलो भइसक्यो । अब, उसैको लागि भए पनि हामीले अर्को नयाँ खिम बनाउनै पर्छ, पापा ।
हेत्छाकुप्पा ः ठीकै छ रिनाखा । अब राम्रो कुराको संरक्षण गर्दै नयाँ खिम बनाउने हो भने, बनाऊ । तर, नयाँ खिमचाहिँ कसरी बनाउने ?
रिनाखा ः पापा, त्यसकोे लागि तपाईं चिन्तै नगर्नुहोस् । बरु अहिले नै हाम्रोे कामको बाँडफाँड गराँै । (सोच्दै) अ...अ...पापा, तपाईंले जङ्गलबाट खिमको मूलखाँबो काटेर ल्याउनुहोस् । म मूलखाँबो गाड्ने दुलो खन्छु ।
हेत्छाकुप्पा ः हुन्छ रिनाखा । म जङ्गलबाट मूलखाँबो काटेर ल्याउँछु । (बाहिर जाँदै) म अहिले नै जङ्गलतिर गएँ, रिनाखा ।
रिनाखा ः हुन्छ, हुन्छ पापा । बरु भरै छिट्टै आउनुहोस् है ।
हेत्छाकुप्पा ः (नेपथ्यमा) ल, ल । त्यसकोे बारेमा तिमी चिन्तै नगर । अहिले म गएँ । (रिनाखाले साकेन्वा गीत गाउँदै खिमको मूलखाँबो गाड्ने गहिरो दुलो खन्दाखन्दै साकुदिमाको प्रवेश हुन्छ ।)
साकुदिमा ः (रिनाखाको छेउमा गएर) रिनाखा यो के गरेको ?
रिनाखा ः (दुलो खन्दाखन्दै रोकिएर हेर्दै) हन साकुदिमा एउटा नयाँ खिम बनाउनु( प¥यो भनेर मूलखाँबो गाड्नुको लागि दुलो पो खन्दै छु । (प्रसङ्ग बदल्दै) अनि साकुदिमा यत्रो दिनसम्म तपाईं कहाँ जानुभएकोे थियो ?
साकुदिमा ः ए...(प्रसङ्ग बदल्दै) अँ म हाम्रोे पुर्खालाई भेट्नु गएको थिएँ ।
हेत्छाकुप्पा ः (सुरिलो खाँबो ल्याउँदै) रिनाखा, यो मूलखाँबो हुन्छ ?
रिनाखा ः (खाँबो हेर्दै) पापा यो खाँबोको ता, निदाल अड्काउने कापे नै छैन । तसर्थ, निदाल अड्काउने कापे भएकोे अर्को खाँबो ल्याउनुहोस् न है, पापा ¤
हेत्छाकुप्पा ः (खाँबो राख्दै) यो भन्दा अर्को कस्तो खाँबो रिनाखा ? यो खाँबो ता झन् सुरिलो लामो छ नि ¤ (यहीबेला चिभे वासा उडेर आई घुरेनको रूखमा बस्छ ।)
रिनाखा ः (चिभे वासातिर देखाउँदै) पापा, उ...त्यो घुरेनको रूखमा बसेको चिभे१ वासालाई देख्नुभयो ?
हेत्छाकुप्पा ः (चिभे वासातिर हेर्दै) अँ...देखँे देखेँ, रिनाखा ।
रिनाखा ः हो, त्यसो भए त्यो चिभे वासाको पुच्छरको कापेजस्तो जङ्गलबाट खाँबो काटेर ल्याउनुहोस् ।
हेत्छाकुप्पा ः (जाँदै) हुन्छ, हुन्छ । अहिले म गएँ । तिमीले भनेजस्तै चिभे वासाको पुच्छारको कापेजस्तै भएकोे खाँबो ल्याएर छिट्टै आउँछु ।
रिनाखा ः ल, ल, पापा (दुलो खन्दै) जानुहोस् ।
साकुदिमा ः (रिनाखालाई दुलो खन्नु सघाउँदै) रिनाखा, यति धेरै गहिरो दुलो ता, खन्नु पर्दैन होला नि रिनाखा ः (दुलो खन्दै) हैन साकुदिमा, मूलखाँबो गाड्ने दुलो ता गहिरो नै खन्नुपर्छ । नत्र घर बलियो हँुदैन ।
साकुदिमा हो त नि ¤ म पनि कस्तो लाटाजस्तो मान्छे । मूलखाँबो बलियो भए पो, घर बलियो हुन्छ त । (हेत्छाकुप्पा खाँबो लिएर प्रवेश गर्दा छा खेल्दाखेल्दै मूलखाँबोको दुलोभित्र पस्छ । तर, कसैले पनि थाहा पाउँदैन ।)
हेत्छाकुप्पा ः (खाँबो ल्याउँदै) रिनाखा, यो खाँबोको चाहिँ चिभे वासाको पुच्छरको जस्तो कापे छ । तसर्थ, यो खाँबो ता हुन्छ होला नि हैन ?
रिनाखा ः (खाँबो बोक्नु सघाउँदै) हो पापा, मैले यस्तै चिभे वासाको पुच्छरजस्तोे कापे भएकोे खाँबोमा चाहिँ निदाल अड्काउनु मिल्छ भनेको । (दुलोतिर निदाल ल्याउँदै) यता ल्याउनुहोस्, यता । खिमको मूलखाँबो गाड्ने दुलोको छेउतिर ।
हेत्छाकुप्पा ः (दुलोतिर खाँबो ल्याउँदै) ल, ल, बिस्तारै यो खाँबो तान त । यो खाँबो ता निकै गरौँ छ ।
रिनाखा ः (दुलोमा खाँबो लाउनु सघाउँदै) हो त, यो खाँबो ता निकै गरौँ छ । (प्रसङ्ग बदल्दै) अब पापा, आज हामी सबैजना भएकोेले हाम्रोे नयाँ खिमको मूलखाँबो अहिले नै गाडेर हाम्रोे नयाँ खिमको शुभसाइत गर्नुपर्छ, पापा ।
हेत्छाकुप्पा ः (दुलोमा खाँबो गाड्दै) ल, ल रिनाखा । अब तिमीले जे भन्छौ, त्यही गरौँला ।
रिनाखा ः (दुलोमा जबरजस्ती खाँबो गाड्दै) हैन, यो दुलोमा किन खाँबो पस्दैन । मूलखाँबोको दुलो ता मैले गहिरो नै खनेकोे थिएँ ।
हेत्छाकुप्पा ः (दुलोमा खाँबो गाड्दै) खै त, तिमीले मूलखाँबो गाड्ने दुलो गहिरो खनेको भए ता खाँबो पसी हाल्थ्यो नि ¤ अब दुलोमा खाँबो नै पसेन, कहाँ बाटो हाम्रोे नयाँ खिम अडिन्छ त, रिनाखा ?
साकुदिमा ः (दुलोतिर हेर्दै) हन, के भयो त ? दुलो ता गहिरो नै थियो ।
रिनाखा ः त्यै त साकुदिमा, मैले मूलखाँबोको दुलो ता गहिरो नै खनेकोे थिएँ । तर, किन दुलोमा खाँबो पस्दैन । कतै यो दुलोभित्र अरू केही चीज ता पसेको छैन ?
हेत्छाकुप्पा ः (दुलोमा खाँबो गाड्दै) खै के थाहा त ? अब मूलखाँबोको दुलो खन्ने मान्छे तिमी नै हौ । तिमीलाई नै सबै कुरा थाहा होला नि, रिनाखा ।
रिनाखा ः (शङ्का गर्दै) खै, खै पापा । एकछिन यो मूलखाँबो निकाल्नुहोस् त । यो मूलखाँबोको दुलोभित्र केही पसेजस्तो छ ।
हेत्छाकुप्पा ः (दुलोबाट खाँबो निकाल्दै) ल ल हेर त, रिनाखा । कतै यो दुलोमा केही पस्यो कि, क्या हो ?
रिनाखा ः (दुलोतिर हेर्र्दै) पापा, यो मूलखाँबो गाड्ने दुलोभित्र केही चीज पसेको छ । मेरोेभन्दा तपाईंकोे हात लामो छ । (हेत्छाकुप्पालाई दुलो छोडिदिँदै) तसर्थ, त्यो मूलखाँबोको दुलोको चीज निकाल्नुहोस् त, पापा ।
हेत्छाकुप्पा ः (खाँबो राखेर दुलोतिर हेर्दै) हो ता रैछ । यो दुलोमा के पसेछ ? खै छोड त रिनाखा, म त्यो दुलोको सामान निकाल्छु ।
रिनाखा ः (अलिक पर सर्दै) लु त, पापा ।
हेत्छाकुप्पा ः (दुलोबाट सामान झिकेर अचम्म हुँदै राखेर) हँ...¤
रिनाखा ः (आत्तिएर डराउँदै) हँ...¤ (मृतक छालाई अँगालो मार्दै) उङ२ छा, यो के भयो तिमीलाई ? तिमी कसरी मूलखाँबोको दुलोमा पस्यौ, छा ?
हेत्छाकुप्पा ः (रुँदै) उङ छा, तिमीले यो के गरेको ? तिमीले किन हामीलाई एक्लै छोडेर गयौ ?
रिनाखा ः (भक्कारिएर रुँदै) उङ छा, तिमीले हामीलाई सधैँको लागि छोडेर कहाँ गयौ नि...¤ कहाँ गयौ ?
हेत्छाकुप्पा ः (मुजेत्रोले छालाई छोपिदिएर रुँदै) छा तिम्रोे भाग्य नै यति रैछ । चित्त नदुखाइकन निनाम्मामा गएर बूढाहोङसँग बुङवाखा३मा बस है ।
रिनाखा ः (रुँदै) उङ छा, तिम्रोे भाग्यमा नै त्यति लेखेको रैछ, चित्त नदुखाऊ । बरु अर्को जन्म लिएर छिट्टै आऊ । हामी तिम्रोे आत्माको चिरशान्तिकोे कामना गर्दै सुम्निमा(पारुहोङसँग तिम्रोे आयु मागिदिन्छौँ ।
साकुदिमा ः (सान्त्वना दिँदै) रिनाखा, तिम्रो छाकोे भाग्य नै त्यत्ति रैछ । सानैमा निनाम्मामा गएर बुङवाखामा बूढाहोङसँग बस्नु पाउने भयो । तसर्थ, अब उसको शरीरमा तिम्रोे आँसु झारेर उसकोे बाटो नछेकी देऊ । अब उसलाई नरोइकन बिदा गरिदेऊ । उसकोे बाटो खुला गरिदेऊ । (सम्झाउँदै) रिनाखा, हेत्छाकुप्पा, अब सघैं यसरी रुएर का छाकोे बाटो नछेकिदेऊ । बरु उसकोे आत्माको चिरशान्तिकोे कामना गरिदिऊँ । ऊ फेरि अर्को जन्म लिएर तिमीहरूकै कोखमा जन्मनेछ । चित्त नदुखाऊ । बरु, किरात संस्कारअनुसार मुन्दुम फलाक्दै छाकोे अन्त्येष्टि बुकटोङ४मा लगेर गरिदिऊँ । (रिनाखाले छालाई अँगालोमा मार्दै भक्कानिएर रुन्छ । हेत्छाकुप्पाले आँसु पुछ्दै रिनाखालाई फकाउँछ । त्यहीबेला दुःखदको धुन बज्नु थाल्छ । प्रकाश बिस्तारै विलयन भएर छामा स्थिर हुन्छ ।)
(पर्दा खस्छ ।)
दृश्य ः सातौँ
स्थान ः हेत्छाकुप्पाको घर
समय ः बिहान÷दिउँसो÷बेलुका
पात्रहरू ः हेत्छाकुप्पा, रिनाखा, तायामा, खियामा, चक्का, छन्ना, किप्पा, वापा र अन्य
(रिनाखा सुप्तुलुङको छेउमा झोक्रिएर एक्लै बसिरहेको बेलामा वापा चढेर हेत्छाकुप्पाको प्रवेश हुन्छ ।)
हेत्छाकुप्पा ः (रिनाखालाई उठाउँदै) रिनाखा, उठ । अब सधैँ यसरी छाकोे शोकमा डुबेर बस्नु ता भएन नि ¤
रिनाखा ः (आँसु पुग्दै) पापा, तपाईं कति सजिलै भन्नुहुन्छ है, छाकोे शोकमा डुबेर नबस भनेर ? तर, मेरोे मुटुको टुक्राजस्तो मेरोे छालाई म कसरी बिर्साैँ, पापा ? कसरी ? कसरी ?
हेत्छाकुप्पा ः (सम्झाउँदै) रिनाखा, अब हाम्रोे छाकोे भाग्यमा त्यति नै लेखेको रैछ । अब भावीले लेखेको मेटेर मेटिँदैन । अब सधैँ यसरी हाम्रोे छाकोे शोकमा डुबेर बस्दाबस्दा तिम्रोे जीउ नै कमजोरी भइसक्यो । अब जीउ नै नरहे मायाको के काम ?
रिनाखा ः (आक्रोसमा रुँदै) पापा, एउटा आमालाई आफ्नो मुटुको टुक्राजस्तो छाकोे कति माया लाग्छ भन्ने कुरा तपाईंलाई के थाहा ? अनि एउटा आमाले आफ्नो कोखमा दस महिना बोकेर जन्म दिई अमृतसरि दूध खुवाएर हुर्काएको छाको मृत्यु हँुदा त्यो आमाकोे आत्मा कति रुन्छ भन्ने कुरा तपाईं एउटा पापालाई के थाहा ?
हेत्छाकुप्पा ः (सम्झाउँदै) रिनाखा, मैले तिमीलाई त्यसो भन्नु खोजेको कहाँ हो र ? (केस मिलाई दिँदै) मैले ता तिमीलाई यसरी तिम्रोे शरीर नै कमजोरी हुने गरी शोकमा डुब्नुहुँदैन पो भनेको हुँ त ।
रिनाखा ः (आँसु पुछेर आत्मबल बढाउँदै) लु भयो, पापा । अब यस्तो कुरा छोडिदिनुहोस् । यस्तो कुरा तपाईंले बुझ्नुहुन्न । बरु भन्नुहोस् पापा, चक्काले अरू के भन्नुभयो ?
हेत्छाकुप्पा ः रिनाखा, हाम्रोे विवाह गर्दा हामीले कुरोङ१लाई अनिवार्यरूपमा निम्तो गरेर कुरोङ थाप्सोङहिली२ दिनुपथ्र्यो रहेछ । तर, हामीले ता कुरोङचीको उपस्थितिविना नै हाम्रोे विवाह गरेकोले गर्दा कुरोङ दोष लागेर हाम्रोे छाकोे मृत्यु भएकोे कुरा चक्काले बताउनुभयो । त्यसरी कुरोङ थाप्सोङहिली(विना नै विवाह गरेर बस्दा ता अझै धेरै कुरोङ दोष लाग्छ अरे, रिनाखा ।
रिनाखा ः (छटपटिँदै) त्यसो भए अब के गर्ने त, पापा ?
हेत्छाकुप्पा ः (सम्झाउँदै) रिनाखा, अब फेरि हाम्रोे विवाह गरेर कुरोङ थाप्सोङहिली बुझाउनुपर्छ अरे । त्यो हाम्रोे विवाहमा चक्का(छन्ना३ आउनु भएर कुरोङ थाप्सोङहिली लिनुहुन्छ अरे । त्यसको लागि चक्का(छन्ना पनि आजै आउनुहुँदैछ ।
रिनाखा ः (हतारिएर उठ्दै) त्यसो भए आजै हाम्रोे विवाहकोे कुरोङ थाप्सोङहिली पनि चक्का(छन्नाले लिई दिनुहुन्छ त, पापा ?
हेत्छाकुप्पा ः (हडबडाउँदै) जेउ होङ्मा । त्यही भएर मचाहिँ हाम्रोे विवाहकोे तयारी पूरा गर्नुको लागि अलिक अगाडि नै खिम आएको हुँ, रिनाखा । (एकोहोरिएर हेर्दै) रिनाखा, आज चक्का(छन्नाले हाम्रोे विवाह गरिदिनु भएर त्यो हाम्रोे विवाहमा कुरोङ थाप्सोङहिली गरिदिनुहुँदैछ । अब यस्तो महŒवपूर्ण दिनमा छेत्कुमाची पनि भएकोे भए कति साइत हुन्थ्यो होला । तर, अहिलेसम्म पनि हाम्रोे छेत्कुमाचीको अत्तोपत्तो केही पनि थाहा छैन । आज मलाई छेत्कुमाचीकोे यादले धेरै सताइरहेको छ, रिनाखा । यदि हाम्रोे विवाहकोे कुरोङ थाप्सोङहिलीमा हाम्रोे छेत्कुमाची पनि आइपुग्नु भए ता हामी कति भाग्यमानी हुन्थ्यौँ होला । हामी पनि कति रमाउँथ्यौँ होला है, रिनाखा ?
रिनाखा ः (स्वीकारोक्तिमा) त्यो ता हो पापा, तर के गर्नु ? छेत्कुमाचीले तपाईंलाई म¥यो भनेर छोडेर जानुभएपछि एकपल्ट पनि फर्किएर यो ठाउँमा आउनुभएकोे छैन । तसर्थ पापा, बरु किप्पा४लाई हाम्रोे छेत्कुमाची खोज्नु पठाऊ न त ।
हेत्छाकुप्पा ः (स्वीकारोक्तिमा) हुन्छ रिनाखा, हुन्छ । अब तिमीले भनेभैmँ हाम्रोे छेत्कुमाची खोज्नु किप्पालाई नै पठाऊ । (बाहिरतिर हेर्दै) किप्पा, ए किप्पा ।
किप्पा ः (नेपथ्यमा) जेउ होङ ।
हेत्छाकुप्पा ः यहाँ आउ त, किप्पा ।
किप्पा ः (उफ्रिँदै आउँदै) किन, होङ ?
हेत्छाकुप्पा ः (सम्झाउँदै) हेर किप्पा, तिमी ता उफ्रिएर छिटो हिँड्नु सक्छौ । फेरि तिमीलाई यो ठाउँको बारेमा पनि धेरै थाहा छ । तसर्थ, तिमीले हाम्रोे छेत्कुमाची तायामा र खियामालाई जसरी भए पनि खोजेर ल्याउन है, किप्पा ।
किप्पा ः (स्वीकारोक्तिमा) हुन्छ, होङ । म अहिले नै तायामा र खियामालाई खोजेर ल्याउँछु ।
हेत्छाकुप्पा ः (किप्पालाई ढ्याप मार्दै) स्याबास किप्पा, स्याबास । ल किप्पा, मन बलियो पारेर अहिले जाऊँ । तिम्रोे काम पुरा गरेर आऊ, शुभयात्रा ।
किप्पा ः आलाङ्ने होङ । (हेत्छाकुप्पा र रिनाखालाई खुट्टामा ढोगेर जान्छ । सबै जनाले किप्पा गएतिर एकहोरो हेरिरहन्छ । त्यहीबेला वापा उडेर आउँछ ।)
हेत्छाकुप्पा ः (वापालाई हेर्दै) वापा, तिमी आइपुग्यौ ?
वापा ः (समालिँदै) जेउ, होङ ।
हेत्छाकुप्पा ः (वापाको छेउमा जाँदै) वापा, तिमी ता उड्नु पनि सक्छौ । तसर्थ, तिमीले चाहिँ उडेर यो हाम्रोे खिमलाई सजाएर रङ्गीचङ्गी बनाऊ, है ।
वापा ः (स्वीकारोक्तिमा) हुन्छ होङ । (सफा गर्दै) म मेरोे जिम्माको काम फत्ते गर्छु ।
रिनाखा ः अनि पापा, अरू बाँकी कुरा पनि बताउनुहोस् न त ।
हेत्छाकुप्पा ः रिनाखा, म कुरोङमा पुग्दा मलाई मारेर खानु खोज्ने चक्रङधिक्मा पनि त्यही मेरोे कुरोङमा नै चक्काको नोकर्नी भएर काम गरिरहेको थियो । तर, मलाई देख्नेबित्तिकै त्यो चक्रङधिक्मा मदेखि डराएर लुक्यो । त्यो कुरा मैले थाहा पाएर मलाई मारेर खानु खोज्ने चक्रङधिक्मा त्यही भएकोे सबै वास्तविक कुरा चक्कालाई बताएँ । मेरोे कुरा सुन्नु भएपछि चक्काले तुरुन्तै त्यो चक्रङधिक्मालाई रुमालमा खाजाको पोका दिनुभएर घरबाटो निकाली दिँदै ‘भोक लाग्यो भने, घनाजङ्गलको बीचमा त्यो खाजा फुकाएर खानु’ भन्नुभयो । त्यो चक्रङधिक्मा रुँदैरुँदै गएर घना( जङ्गलको बीचमा पुगेर भोकको झोँकमा त्यो खाजा खानुको लागि त्यो खाजाको पोका फुकाउँदा त्यो पोकाबाट बाघ(भालु निस्किएर चक्रङधिक्मालाई मारेर खायो । त्यो चक्रङधिक्माको आलो रगत भुइँमा झरेर तुरुन्तै उडुस, झिँगा, भुसुना, कीरा आदि(आदि भयो । त्यो दृश्य देखेर मलाई पनि डर लाग्यो । तर, मलाईचाहिँ चक्काले (ताकीको पोका देखाउँदै) यो पोका पारेको ताकी५को खाजा सुरक्षितसाथ खिममा लगेर बुसुनिमा६सँग फुकाउनु भन्नुभएकोेले यो ताकीमा पोका पारेको मेरोे खाजालाई मैले यही लिएर आएको छु, रिनाखा ।
किप्पा ः (अचानक प्रवेश गर्दै) होङ ।
हेत्छाकुप्पा ः (ताकी समाएर) फेरि, तिमीलाई के भयो किप्पा ?
किप्पा ः (उफ्रिएर नजिक आउँदै) होङ, मैले छेत्कुमाची तायामा र खियामालाई जति खोज्दा पनि भेटिन । तसर्थ, छेत्कुमाचीलाई खोज्नुको लागि अरू कसैलाई पठाउनुहुन्छ कि, भनेर विन्ती बिसाउनु आएको हुँ, होङ ।
हेत्छाकुप्पा ः (शालीन भएर) ल ठीक छ, किप्पा । अब तिमीले छेत्कुमाचीलाई खोज्नु सकेनौँ भने ठीकै छ, केही छैन । बरु तिमीले छेत्कुमाचीलाई खोज्दा धेरै दुःख कष्ट पायौ । त्यसको लागि तिमीलाई मुरीमुरी धन्यवाद ।
किप्पा ः (ढोग्दै) आलाङ्ने होङ, आलाङ्ने ।
हेत्छाकुप्पा ः (वापातिर हेर्दै) वापा, तिमीलाई अघि नै भनिसकेँ कि, तिमी ता धेरै उडेर संसारभरि चाहर्नु सक्छौ भनेर । फेरि तिमीलाई यो ठाउँको बारेमा पनि सबै कुरा थाहा छ । त्यसैले तिमीले जसरी भए पनि छेत्कुमाची तायामा र खियामालाई खोजेर हाम्रोे विवाहकोे साइतमा ल्याई पु¥याउन है, वापा ।
वापा ः (स्वीकारोक्तिमा) हुन्छ, होङ । म हजुरले भने जस्तो ता गर्नु सक्दिन होला । तर, मेरो बलबुताले भ्याएसम्म सक्दो प्रयास गरेर छेत्कुमाचीलाई छिट्टै ल्याएर आउँछु ।
हेत्छाकुप्पा ः (ढ्याप मार्दै) स्याबास वापा, स्याबास । हो, यसरी नै सबैको आत्मबल बलियो हुनुपर्छ । अनि मात्र चिताएको काम पूरा गर्नु सजिलो हुन्छ । तिम्रोे यात्रा शुभ रहोस् ।
वापा ः आलाङ्ने होङ । (हेत्छाकुप्पा र रिनाखालाई खुट्टामा ढोगेर बाहिर जाँदै) अहिले म गएँ, होङ । तपाईंहरू पनि राम्ररी बस्नुहोस् है, होङ ।
हेत्छाकुप्पा ः (रिनाखातिर फर्किएर ताकीको खाजा देखाउँदै) रिनाखा, चक्काले यो ताकीमा के दिनुभएकोे रैछ, अब यो ताकी फुकाएर हेरौँ है, त ।
रिनाखा ः (ताकी फुकाउनु सघाउँदै) हुन्छ पापा । कतै हामीले धेरै दुःख पायाँै भनेर चक्काले सुनैसुनको दरबार नै ता पठाइदिनुभएकोे छैन ?
हेत्छाकुप्पा ः (ताकी बिस्तारै फुकाउँदै) बेर पनि छैन, रिनाखा । अब हाम्रोे चक्काको दरबारमा कति धेरै हीरा मोती छ भन्ने कुरा तिमीलाई के थाहा ? हाम्रोे चक्काको ता सुनैसुनको दरबार छ । (हेत्छाकुप्पा र रिनाखाले टोपी फुकाउँदा फुकाउँदै अचानक हेत्छाकुप्पाको खिम सुनैसुनको दरबार हुन्छ । आत्तिएर यताउति हेरेर अचम्म हुँदै) हँ ¤ सुनैसुनको दरबार ?
रिनाखा ः (अचम्म हुँदै) हँ ¤ हो त नि ¤ (यताउति हेरेर आत्तिँदै) अचानक यो हाम्रोे खिम कसरी सनैसुनको दरबार भयो ?
हेत्छाकुप्पा ः (अचम्म भएर यताउति हेर्दै) मैले अघि नै भन्दै थिए नि, रिनाखा ¤ हाम्रोे चक्काको दरबारमा कति धेरै धन सम्पत्ति छ भनेर ? त्यतिखेर तिमीले मलाई जिस्कायौ मात्रै । अब हामीलाई चक्काले सुनैसुनको दरबार दिनुभएपछि ता मान्छौ होला नि, रिनाखा ?
रिनाखा ः अँ, मान्नै त प¥यो नि, पापा ¤ (अचानक बाहिरतिर हेर्दै) उ चक्का(छन्ना पनि आउनु भएजस्तो छ । (त्यहीबेला चक्का र छन्नाको प्रवेश हुन्छ ।)
हेत्छाकुप्पा ः (ढोग्दै) सेवा७ चक्का ।
चक्का ः (ढोग फर्काउँदै) सेवा सेवा छोछा८ ।
हेत्छाकुप्पा ः (छन्नालाई ढोग्दै) सेवा छन्ना ।
छन्ना ः (ढोग फर्काउँदै) सेवा, सेवा छोछा ।
हेत्छाकुप्पा ः (चक्का र छन्नातिर देखाउँदै) रिनाखा, उहाँहरू मेरोे चक्का र छन्ना । (रिनाखातिर देखाउँदै) अनि चक्का छन्ना, ऊ मेरोे खिमहोङमा९ रिनाखा ।
रिनाखा ः (चक्कालाई ढोग्दै) सेवा चक्का ।
चक्का ः (ढोग फर्काउँँदै) सेवा सेवा, बुसुनीमा ।
रिनाखा ः (छन्नालाई ढोग्दै) छन्ना सेवा ।
छन्ना ः (ढोग फर्काउँदै) सेवा सेवा, सुम्निमा हुनु ।
चक्का ः (हेत्छाकुप्पालाई हेर्दै) अनि छोछा तपाईंहरूकोे विवाहकोे सबै तयारी भइसक्यो त ?
हेत्छाकुप्पा ः जेऊ चक्का, सबै तयारी भइसक्यो । तर, छेत्कुमाची चाहिँ अहिलेसम्म आइपुग्नुभएकोे छैन । (सेतो वापा उडेर आउँछ ।) अनि वापा, छेत्कुमाची चाहिँ खोइ त ? तिमी मात्रै आयौ ?
वापा ः (परतिर हेर्दै) होङ छेत्कुमाची ता लजाएर उ पर नै बस्नुभएकोे छ । यहाँ कति ल्याउनु खोज्दा पनि छेत्कुमाची ता पर नै बस्नुभयो । पहिला उहाँ( हरूले तपाईंलाई भोकले बेहोस् भएकोे बेलामा म¥यो भनेर छोडिजानु भएकोेले तपाईंदेखि उहाँहरूलाई धेरै अप्ठ्यारो लागेकोे छ अरे, होङ ।
हेत्छाकुप्पा ः (परतिर जाँदै) खोई कहाँ हो, मेरोे छेत्कुमाची ?
चक्का ः (परतिर हेर्दै) छोछाहरु, ल नलजाइकन यतै आउनुहोस् । म बूढो पनि ता अघि नै आइसकेको छु । तपाईंहरू पनि छिटो आउनुहोस् ।
हेत्छाकुप्पा ः (छेत्कुमाचीलाई ल्याउँदै) नानाची, यतै नजिक आउनुहोस् । यतै बस्नुहोस् । अप्ठ्यारो मान्नु पर्दैन ।
तायामा ः (चक्कालाई ढोग्दै) सेवा चक्का ।
चक्का ः (ढोग फर्काउँदै) सेवा सेवा, छोछा ।
खियामा ः (चक्कालाई ढोग्दै) सेवा चक्का ।
चक्का ः (खियामाको खुट्टा छुँदै) सेवा सेवा, छोछा ।
तायामा ः (छन्नालाई ढोग्दै) सेवा छन्ना ।
छन्ना ः (तायामाको खुट्टा छुँदै) मोङ्छामा१० हुनु ।
खियामा ः (छन्नालाई ढोग्दै) छन्ना सेवा ।
छन्ना ः (खियामाको खुट्टा ढोग्दै) सेवा सेवा...मोङ्छामा हुनु ।
हेत्छाकुप्पा ः (छेत्कुमातिर देखाउँदै) रिनाखा, उहाँहरू मेरोे छेत्कुमाची (तायामातिर देखाउँदै) उहाँ तायामा, पक्का नाना । (खियामातिर देखाउँदै) उहाँ खियामा, निछा नाना । (रिनाखातिर देखाउँदै) अनि नानाची, ऊचाहिँ मेरोे खिमहोङ्मा ।
रिनाखा ः (तायामाको खुट्टामा ढोग्दै) सेवा नाना ।
तायामा ः (ढोग फर्काउँदै) सेवा सेवा बुसुनीमा, मोङ्छामा हुनु ।
रिनाखा ः (खियामाको खुट्टामा ढोग्दै) सेवा सेवा नाना ।
खियामा ः (ढोग फर्काउँदै) सेवा सेवा बुसुनीमा, मोङ्छामा हुनु ।
चक्का ः (परतिर हेर्दै) छोछाची ल आउनुहोस्, आउनुहोस् । नलजाइकन यतै आउनुहोस् ।
हेत्छाकुप्पा ः (छेत्कुमाचीलाई ल्याउँदै) नानाची, यतै नजिकै आउनुहोस् । अप्ठ्यारो मान्नु पर्दैन । यो तपाईंहरूकोे पनि खिम हो । (छेत्कुमाचीले अचानक हेत्छाकुप्पालाई अँगालो मारेर रुन्छ ।)
तायामा ः (रुँदै) हेत्छाकुप्पा, अहिलेसम्म तिमी जिउँदै थियौ ? (हेत्छाकुप्पाको अनुहार हेर्दै) हेत्छाकुप्पा, हामीले ता तिमी म¥यौ भनेर मुन्दुम फलाक्दै तिम्रोे रेप्मामा बाबरीफूल रोपेर खियामा, खिवामा११ भएर दक्षिण मधेसतिर र म तावामा१२ भएर उत्तर भोट हिमालतिर गएको थियौ । तर, तिमी ता जिउँदै पो रैछौ ।
खियामा ः (रुँदै हेत्छाकुप्पाको अनुहार छाम्दै) हो हेत्छाकुप्पा, हामीले तिमीलाई छोडेर गएपछि तिम्रोे मायाको विरहमा हामी कति धेरै छट्पटियौँ ? तिम्रोे मायामा कति तड्पियौँ ? तर, हामीले तिमीलाई कहिले पाएनौँ । बल्लाबल्ला, आज भाग्यले पो तिमीलाई भेट्यौँ ।
हेत्छाकुप्पा ः (रुँदै छेत्कुमाचीको अनुहार छाम्दै) नानाची, वास्तवमा म भोकले बेहोस भएकोे थिएँ । तर, तपाईंहरूले मलाई म¥यो भनेर छोडी जानुभएछ । यत्रो वर्षसम्म तपाईंहरूले मलाई एक्लै छोडेर कहाँ जानुभएकोे थियो, नानाची ? अनि यत्रो वर्षसम्म पनि तपाईंहरू किन बेखबर हुनुभएकोे ? के तपाईंहरूलाई मेरोे माया लागेन ? (आँसु पुछेर) नानाची, तपाईंहरूले मलाई एक्लै छोडिगएपछि मलाई साहारा दिने मान्छे कोही पनि भएन । मैले केही पनि खानु पाइनँ । म धेरै दिनसम्म भोकभोकै भएँ । मलाई सबैले हेप्यो । मैले ठूलो दुःख कष्ट पाएँ । अझै, चक्रङधिक्माले मलाई मारेर खानुको लागि धेरै प्रयास ग¥यो, तर सकेन । बरु, मैले नै चक्रङधिक्मालाई मारेर नागाहोङको छोरी रिनाखासँग विवाह गरेर बसेँ । तर, दुर्भाग्य मैले कुरोङचीलाई बोलाएर हाम्रोे विवाहमा कुरोङ थाप्सोङहिली नगरेकोले गर्दा कुरोङ दोष लागेर हाम्रोे नयाँ खिम बनाउने क्रममा त्यो खिमको मूलखाँबो गाड्ने दुलोमा लडेर ठूलो भइसकेको हाम्रोे छाकोे मृत्यु भयो । अझै, कुरोङचीलाई बोलाएर त्यो कुरोङ थाप्सोङहिली नगरेमा अझै, धेरै दुःख(पीडा मरुमराउ हुन्छ भनेर चक्काबाट थाहा पाएपछि फेरि हाम्रोे विवाह गरेर चक्का(छन्नालाई बोलाएर कुरोङ थाप्साङहिली गरिरहेको छौँ, नानाची । तपाईंहरू ठीकै साइतमा आइपुग्नु( भयो, जाती भयो । तपाईंहरूलाई मेरोे मुरीमुरी धन्यवाद छ, नानाची ।
तायामा ः (आँसु पुछेर) हेत्छाकुप्पा, हामी पनि खुसी ता कहाँ छौ र ? भाग्यले नै ठगेपछि कसको पो के लाग्दो रैछ र ? तिम्रोे मृत्यु भयो भन्ने लागेपछि तिम्रोे आत्माको चिरशान्तिको लागि खियामासँग मुन्दुम फलाक्दै तावामा भएर म उत्तर भोट हिमालतिर गएँ भने, खियामा खिवामा भएर दक्षिण मधेसतिर जाँदाजाँदै बाटोमा होङ्ग्रायोले खियामालाई मारेर खायो । त्यो कुरा मैले यारीमा थाहा पाएर होङ्ग्रायोलाई फकाउँदै खियामाको हड्डीखुड्डी देखाइमागेर रूखको टोड्काबाट खियामाको हड्डीखुड्डी ल्याएर हरियो साम्बाको चुङ्गेमा तेल, मुत्दी र पानीमा डुबाएर तुवाचुङमा दोक१३ वायाङ्सो१४ खियामाको अनुहारदेखि शरीरसम्म बुटा निकाल्दै जाँदा खियामा पूरै बिउँतियो । त्यसपछि फेरि तिम्रोे आत्माको चिरशान्तिकोे कामना गर्दै मुन्दुम फलाक्दै म उत्तर भोट हिमालतिर गएँ भने, खियामा दक्षिण मधेसतिर उडेर गयो । त्यस दिनदेखि हामी पनि आपसमा आजसम्म भेट भएकोे थिएनौ । आजै मात्र भाग्यले हाम्रोे भेट हँुदै छ ।
खियामा ः (आँसु पुछ्दै) हो, हेत्छाकुप्पा । हामी पनि आजै मात्र तिम्रोे विवाहकोे कुरोङ थाप्सोङहिली बुझाउने शुभसाइतको दिन भेट भएकोे छौँ । हेत्छाकुप्पा म ता अझै एकपल्ट मरेर बिउँतिएको मान्छे हुँ । आज तिम्रोे विवाहकोे शुभसाइतमा सबैजनासँग एकैसाथ भेट हुनु पाएकोमा आफैँलाई भाग्यमानी ठानेको छु ।
हेत्छाकुप्पा ः (आँसु पुछ्दै) छेत्कुमाची, हामी सबैजनाको दुःख(पीडाको कहानी ता उस्तै पो रैछ । हामी ता संयोगले पो भेट भएछौँ है, नानाची ?
तायामा ः के गर्नु त हेत्छाकुप्पा, अब हाम्रोे भाग्यमै यति नै लेखेको रैछ । अब भाग्यमा लेखेको मेटेर मेटिँदैन रैछ । भाग्यमा जे लेखेको छ, त्यही भोग्नु पर्दोरहेछ ।
खियामा ः हो हेत्छाकुप्पा । अब त्यही भएर भाग्यले नै हामीलाई आमा(आपा नभएको टुहुरा बनायो । दुःखै दुःखमा मरेर हामीलाई बाँच्नु बाध्य बनायो ।
हेत्छाकुप्पा ः (नानाचीको आँसु पुछिदिएर) छेत्कुमाची, अब जे भयो, त्यो भइसक्यो । अब नरुनुहोस् । हामी ता दिलिबुङ र पातेसुङको छोरा(छोरी पो हौ त, यसरी रुनु हुँदैन ।
चक्का ः (सबैको आँसु पुछिदिँदै) ल छोछाची, अब जे नहुनु थियो, त्यो भइसक्यो । अब यो सबै भाग्यकै खेल हो, दैवले लेखेको मेटेर मेटिँदैन । तसर्थ, अब अतीतको दुःख(पीडालाई भुलेर पहिला छोछाकोे विवाह कार्य गरेर कुरोड थाप्सोङहिली सकेर हाम्रोे पुर्खाहरूको सेवा गर्दै साकेन्वा सिली१५ टिपेर रमाइलो गरौँ । त्यसपछि बाँकी कुरा गरौँला, हँुदैन ? यसमा तपाईंहरूको विचार के छ, छोछाची ?
सबैजना ः (एकै स्वरमा) हुन्छ चक्का ।
हेत्छाकुप्पा ः (तयारी हँुदै) ल चक्का, अब हाम्रोे विवाह गरिदिएर कुरोङ थाप्सोङहिली गरिदिँदै हामीलाई आशीर्वाद दिनुहोस् ।
चक्का ः (अगाडि सर्दै) ल छोछा, त्यसो भए तपाईंहरू कप्पारुङ१६(कम्मारुङ१७ त्यो सुप्तुलुङको छेउमा बस्नुहोस् । म हाम्रोे पुर्खाहरूलाई साँचिराखेर तपाईंहरूकोे विवाहकोे कुरोङ थाप्सोङहिली गरिदिन्छु ।
हेत्छाकुप्पा ः (रिनाखासँग सुप्तुलुङछेउमा बस्दै) लु आऊ रिनाखा, यो सुप्तुलुङको छेउमा बसौँ ।
रिनाखा ः (हेत्छाकुप्पासँग सुप्तुलुङको छेउमा बस्दै) हुन्छ पापा ।
चक्का ः (छन्नालाई बोलाउँदै) लु होङ्मा, तिमी पनि यतै आउन । अब हाम्रोे छोछाचीलाई विवाहकोे साइतमा टीका लगाइदिएर कुरोङ थाप्सोङहिली गरिदिऊँ ।
छन्ना ः हुन्छ पापा ।
चक्का ः (छन्नासँग छोछाचीलाई सुप्तुलुङको मुसोको टीका लगाइदिएर सोलोन्वाले सुप्तुलुङलाई थोक्दाउँदै) सोइ... दिप्पाचोपाचो, दिमाचोमाचो । आइना केन छा, केन नातिआ अकु खिमदो बुसुनीमा ए ताती । हेन दोकोङ केन छा, केन बुसुनीमालाई बल इत्दानुम । साका इत्दानुम । आयु इत्दानुम । पुसङ इत्दानुम । हजारौँ वर्षा महङने । मथङने । निमाचोङमा मेत्दानुम । आई दोकोङ अकु छाचीबो क कुरोङ थाप्सोङहिली छे चिला कानेइ । हेन दोकोङ अकु छाची छे कप्पारुङ(कमारुङ पलिसा कानेइ१८ । (काँसे थालको चामल टिकालाई दिँदै) ल छोछाची, तपाईंहरूकोे कुरोङ थाप्सोङहिली पनि सकियो । अब तपाईंहरूलाई कुरोङ थाप्सोङहिलीको दोष केही पनि लाग्दैन । तपाईंहरूलाई जाती हुन्छ । आजदेखि तपाईंहरू कप्पारुङ(कम्मारुङ हुनुभयो । अब तपाईंहरू मिलेर जुनीजुनी जोवन काट्नु ।
हेत्छाकुप्पा ः (ढोग्दै) आलाङ्ने तोम्लाङ्ने१९, चक्का(छन्ना ।
रिनाखा ः (ढोग्दै) आलाङ्ने तोम्लाङ्ने चक्का छन्ना । (सबैले ताली बजाउँछ ।)
छन्ना ः (उठ्दै) ल अब छेत्कुमाचीले छोछालाई रङ्रिवासाकावा२० खुवाई दिनुहोस् ।
तायामा ः (काँसे डबकामा दही खुवाई दिँदै) ल हेत्छाकुप्पा, बुसुनीमा यो दहीको रङ्रिवासाकावा खाउँ ।
खियामा ः (ऐँसेलु खुवाउँदै) ल हेत्छाकुप्पा, बुसुनीमा अब यो ऐँसेलु नै मेरोे तर्फबाट रङ्रिवासाकावा खाऊँ है ।
हेत्छाकुप्पा ः (गोजीबाट ढ्याके पैसा निकालेर छेत्कुमाचीको हातमा दिएर खुट्टा ढोग्दै) आलाङ्ने तोम्लाङले नानाची । (तायामा र खियामाले आपसलाई हेराहेर गर्छ ।)
तायामा ः (आफ्नो पखेटाको प्वाँख उखेलेर दिँदै) छेन्वा होङ, यो तिम्रोे विवाहकोे कुरोङ थाप्सोङहिलीमा मैले तिमीलाई केही पनि दिनु सकिनँ । यो मेरोे प्वाँख नै मेरोेतर्फबाट साङचेप२१ है, हेत्छाकुप्पा ।
खियामा ः (आफ्नो पखेटाको प्वाँख उखेलेर दिएर रुँदै) छेन्वा होङ, मैले पनि तिम्रोे विवाहकोे कुरोङ थाप्सोङहिलीमा केही पनि दिनु सकिनँ । मेरोेतर्फबाट पनि यो मेरोे प्वाँख नै साङचेप लिनु है, हेत्छाकुप्पा ।
हेत्छाकुप्पा ः (छेत्कुमाचीको आँसु पुछिदिँदै) आलाङ्ने नानाची, आलाङ्ने । अब विवाहकोे कुरोङ थाप्सोङहिलीको शुभसाइतमा ता यसरी रुनुहँुदैन नि ¤ बरु खुसी साटासाट गर्दै रमाइलो पो गर्नुपर्छ त ।चक्का ः (अगाडि बढ्दै) हो त नि, छोछाची ¤ अब यस्तो विवाहकोे कुरोङ थाप्सोङको शुभसाइतको दिनमा त यसरी रुनुहँुदैन नि ¤ बरु हाम्रोे पुर्खाहरूको सेवा गर्दै वर्षौँ दिनदेखिको दुःख(पीडालाई बिर्सिएर साकेन्वा सिली टिप्दै रमाइलो पो गर्नुपर्छ । (चोकेमा झुन्डिएको ढोल निकालेर बजाउँदै) लु आउनुहोस् छोछाची, साकेन्वा सिली टिप्नु । तपाईंहरू मानी२२ बजाउँदै सिली टिप्नुहोस्, म ढोल बजाउँदै सिली टिप्छु ।
हेत्छाकुप्पा ः हवास चक्का । (चोकेमा झुन्डिएको सिलीमा र पोमी निकालेर छमछमी सिली टिप्दै) ल आउनुहोस् नानाची, आउनुहोस्, साकेन्वा सिली टिपाँै ।
तायामा ः (खोपीबाट मानी निकाले बजाउँदै) हुन्छ, हेत्छाकुप्पा । (खियामालाई हेर्दै) खियामा, तिमी पनि खोपीबाट मानी लिएर साकेन्वा सिली टिप्नु छिटो आऊ । आज हेत्छाकुप्पाको विवाहमा छमछमी साकेन्वा सिली नाचेर रमाइलो गरौँ ।
खियामा ः (खोपीबाट मानी निकालेर बजाउँदै) हुन्छ नाना । म आएँ(आएँ । बरु तपाईं सिली टिप्नुहोस्, म तपाईंलाई पछ्याउँछु ।
तायामा ः (सिली टिप्दै) ल ल । आऊ आऊ, खियामा । म सुम्निमा(पारुहोङदेखि लिएर तावामा(खिवामासम्मको सबै सिली टिप्छु । तिमी मलाई पछ्याऊ है त, खियामा ।
खियामा ः (सिली टिप्दै) ल, ल नाना । (तायामा, खियामा र हेत्छाकुप्पाको नेतृत्वमा उपस्थित सबैजनाले गोलबद्ध भएर आफ्नो धुनमा असिन र पसिन हुँदै छमछमी साकेन्वा सिली टिप्छ । त्यहीबेला तायामा र खियामाले आपसमा हेराहेर गरेर गोलो घेराबाट बाहिरिएर एक ठाउँमा उभिन्छ ।)
तायामा ः (पसिना पुछ्दै) खियामा, हामी ता मान्छेको रूपबाट परिवर्तन गरेर तिमी खिवामा र म तावामा भएकोेले गर्दा अब यो हेत्छाकुप्पाको विवाहकोे कुरोङ थाप्सोङहिलीमा धेरैबेर बस्नुहुँदैन । अब हामी आ(आफ्नो ठाउँतिर फर्केर जानुपर्छ । यसरी धेरै बस्यो भने, हेत्छाकुप्पालाई अशुभ हुन्छ ।
खियामा ः (पसिना पुछ्दै) ठीकै छ नाना । अब हामीले धेरैबेरसम्म हेत्छाकुप्पाको विवाहकोे कुरोङ थाप्सोङहिलीमा बस्दा अशुभ हुन्छ भने हामी अहिले नै उडेर आ(आफ्नो ठाउँमा गएर केहीले फूल बनेर बासना छर्दै फुलिरहौँ, कहिले वासा भएर उडिरहौँ है त, नाना ।
तायामा ः हुन्छ खियामा, हुन्छ । त्यसो भए खियामा, पहिलाभैंm तिमी गोवावुङ भएर मीठो बासना छर्दै फूल फुल्दै दक्षिण मधेसतिर गएर बस । म लिम्चिङबुङ भएर मीठो बासना छर्दै फूल फुल्दै उत्तर हिमालमा गएर बस्छु । बरु हामी वर्षमा एकपल्ट भेट गरेर दुःख(सुःख बाँड्नुको लागि लाङ्कुचप्पा२३ पानी परेर तिम्रोे आँसुबाट बनेको रावाखोला र मेरोे आँसुबाट बनेको तावाखोलैखोला हुँदै म लिम्चिङबुङ भएर भेट्नु आउँछु, तिमी गोवावुङ भएर मधेसमा पर्खिरहनु है, खियामा । अनि, तिमी हामी भेट भएपछि वर्षौंसम्मको हाम्रोे दुःख(सुःख साटासाट गर्नुपर्छ ।
खियामा ः हुन्छ नाना, हुन्छ । (एकआपसमा हेराहेर गरेर तायामा उत्तर हिमालतिर र खियामा दक्षिणतिर उडेर जान्छ । त्यहीबेला हेत्छाकुप्पा रोकिएर यताउति हेर्दा तायामा र खियामा हुँदैन ।)
हेत्छाकुप्पा ः (निराश हँुदै निनाम्मातिर हेरेर ढोग्दै) हे किरात मोङ२४...¤ (अचम्म हँुदै) हँ, निनाम्मामा मेरोे छेत्कुमाची ¤ अचानक यो छेत्कुमाची किन फेरि वासा भएर निनाम्मामा उडिरहेको ?
रिनाखा ः (हेत्छाकुप्पालाई समाउँदै) त्यै त पापा । अचानक हाम्रोे छेत्कुमाची किन निनाम्मामा उडिरहेको होला ? अब कसरी त्यो छेत्कुमाचीलाई यो कुरोङ थाप्सोङहिलीमा फर्काउनु नि ¤
हेत्छाकुप्पा ः (निराश भएर एकछिन सोच्दै) रिनाखा, अब यो हाम्रोे छेत्कुमाचीलाई हाम्रोे विवाहकोे कुरोङ थाप्सोङहिलीमा फर्काउनुको लागि अब छेत्कुमाचीलाई असाध्यै मनपर्नेे माहादा२५ र नुन, खोर्सानीलाई नाङ्लोमा राखेर दुईवटा चोकेको बीचमा बलो तेर्साएर मासु झुन्ड्याएर छमछमी साकेन्वा सिली टिप्दै बोलाउनुपर्छ । त्यो नाङ्लोमाथिको माहादा र नुन, खोर्सानी खानुको लागि छेत्कुमाची लोभिएर फर्किएर आउनुहुन्छ । त्यतिखेर छेत्कुमाचीले मोङ्छामा पनि ल्याउनुहुन्छ, अनि यही हेन्खामामा छेत्कुमाचीसँग राम्रो भेट हुन्छ । बरु यही हेन्खामामा छेत्कुमाची आउन्जेलसम्म यसरी नै साकेन्वा सिली टिप्दै बालाम२६ गरिदिनुपर्छ । मेरो छेत्कुमाची अवश्य पनि फर्किएर आउनुहुन्छ । (भक्कानिएर रोइसकेपछि आँसु पुच्छेर पीडायुक्त आक्रोशमा) म आमा(पापा नभएकोे टुहुरा हुँ । म छेत्कुमाचीले पनि माया मारेको छेन्वा हुँ । म चक्रङधिक्मालाई पनि मार्ने वीर पुरुष हुँ । म नागाहोङको छोरी विवाह गर्ने मान्छे हुँ । म आधुनिक खिम बनाउने होङ हुँ । म चक्काबाट सुनैसुनको दरबार बक्सिस पाउने होङ हुँ । म दिलिबुङ र पातेसुङको एक्लो छोरा हेत्छाकुप्पा हुँ । म सात सय पचास वर्षभन्दा बढी आयु भएको हेत्छाकुप्पा हुँ । म हेत्छाकुप्पा हुँ । म हेत्छाकुप्पा हुँ । (हेत्छाकुप्पाको आदेशमा तत्कालै त्यहाँ दुईवटा चोके गाडेर एउटा बलो तेर्र्साउँछ । त्यो बलोमा मासुको सिला झुन्ड्याउँछ । त्यो मासुको मुनि नाङ्लोमा माहादा, र नुन(खोर्सानी राखेर निनाम्मामा उडिरहेको तायामा र खियामालाई ढोग्दै हेत्छाकुप्पाको नेतृत्वमा छमछमी साकेन्वा सिली टिप्छ । प्रकाश बिस्तारै विलयन हुन्छ ।)
(पर्दा खस्छ ।)

आलाङ्ने सेवा ¤

दृश्य ः एकको लागि
१. किरात मुन्दुमअनुसार किरात संस्कारका अध्येता, प्रवद्र्धक, उहाँ सात सय पचास वर्षभन्दा धेरै वर्षसम्म बाँच्नुभएको थियो ।
२. दिदीहरू ।
३. गिठ्ठा, एक प्रकारको जङ्गली कन्दमूल ।
४. किरात पुर्खाहरू बस्ने तीन चुला ।
५. बुछामा पकाइने एक प्रकारको भात ।
६. दिदी ।
७. भात ।
८. किरात पुमा राईको पुरुष सामेत ।
९. आत्मा ।
१०. आऊ है ।
११. माइती ।
१२. धर्ति ।
१३. स्वर्ग, आकाश ।
१४. किरात मुन्दुमअनुसार सुनैसुनको दरबार भएको स्वर्गको राजा, उहाँले सहज मृत्यु भएका सबै मानिसहरूलाई उहाँको दरबार राख्नुहुन्छ ।
१५. किरात धार्मिक दर्शनशास्त्र, जुन दर्शनशास्त्र सधैँ अलिखित हुन्छ ।
१६. केरा ।
१७. पात ।
१८. तिम्रो चित्त नदुखाई पुर्खा बाजे(बजुसँग बस है ।
१९. चिहान ।
२०. चरा ।
२१. किरात मुन्दुमअनुसार तायामाको आँसुबाट बनेको खोला, जुन खोला माझकिरातको खोटाङ जिल्ला भएर बग्छ ।
२२. किरात मुन्दुमअनुसार खियामाको आँसुबाट बनेको खोला, जुन खोला माझकिरातको सोलुखम्बु र खोटाङ जिल्ला भएर बग्छ ।
२३ . एक प्रकारको चरा ।
२४ . आपूmभन्दा सानो बैनी वा भाइ ।
२५. खरानी ।
२६. बाँस ।
२७. कपडा बुन्ने तान ।
२८. बुन्दै ।
२९. रानी ।
३०. किरात पूmल, जुन पूmल हिमाली भेगमा फुल्छ ।
३१. किरात पूmल, जुन पूmल तराई(मधेश भेगमा फुल्छ ।
३२. दुइवटा ।
३३. उल्टो ।
३४. पवित्र ।
३५. जाँड ।
३६. तीनवटा ।
३७. अगुल्ठो ।
३८. एउटा ।
३९. कर्द ।
४०. धन्यवाद ।
४१. थुम्से ।
४२. बजू ।
दृश्य ः दुईको लागि
१. हजुर ।
२. आमा ।
३. तिम्रो ।
४. आमाको भाइ ।
५. आमाको दाजु ।
६. ओखली, जहाँ अन्न कुटिन्छ ।
७. हेत्छाकुप्पा चुयुकुम्पा, उस्को तुन्तुरे चुडाई खाँऊ ।
८. राजाहरू ।
९. आपूmभन्दा ठूलोे दिदी वा दाजु ।
१०. आम्खोरा ।
११. महिला मृतआत्मा ।
१२. काँइयो ।
१३. अण्डा ।
१४. माझकिरातको खोटाङ जिल्लामा अवस्थित किरात धार्मिक स्थल, हलेसीको छेउमा पर्छ ।
१५. बाँसघारी ।
१६. माझकिरातको खोटाङ जिल्लामा अवस्थित किरात धार्मिक स्थल, हलेसीको छेउमा पर्छ ।
१७. अलछिन्ना ।
१८.माझकिरातको खोटाङ जिल्लामा अवस्थित किरात धार्मिक स्थल, सावा साकेन्वा मन्दिरमुनि पर्छ । किरात पुमा राईहरूले लेवा तुप्खु गर्दा मुन्दुमको मार्पmत अनिवार्यरूपमा पुग्नै पर्छ ।
१९. गोत्र ।
२०. एक भाइ मात्र भएको व्यक्ति ।
२१. किरात युवकको मृतात्मा ।
२२. घर ।
२३. भाले ।
२४.माझकिरातको खोटाङ जिल्लामा अवस्थित किरात धार्मिक स्थल, हलेसी गुफा । यो किरात संस्कारमा अनिवार्य मुन्दुमको माध्यमबाट यहाँ पुग्नै पर्छ ।

दृश्य ः तीनको लागि
१. किरात मुन्दुमी सुनाखरी पूmल ।
२. पुरुषहरूले कम्मरमाथि लगाउने एक प्रकारको किरात पहिरन, दौरा ।
३. पुरुषहरूले मात्र कम्मरमुनि लगाउने एक प्रकारको किरात पहिरन ।
४. आकाश बेली ।
५. पानीमा पाईने सिकार बोक्ने एक प्रकारको चोयाको भाँडो, जसको मुख सानो र भुँडी ठूलो हुन्छ ।
६. सिकार खेल्दा लाग्ने एक प्रकारको अशुभ साइत ।
७. पानीमा पाइने सिकार ।
८. पुर्खाहरू आज म तपाईंहरूको छोरा(नाति सिकार खेल्नु जाँदैछु । अब मलाई ज्ञान(बुद्घि दिनुहोस् । बल दिनुहोस् । शक्ति दिनुहोस् । आयु दिनुहोस् । मेरो शिर उच्च रहोस् ।
९. अघेनामाथिको भार ।
१०. हजुर, आदरार्थी महिला शब्द ।
११. बूढीबजू ।
१२. किरात आर्दश आमा तथा आराध्य देउता ।
१३. भटमासबाट बनाइएको एक प्रकारको किरात तरकारी ।
१४. कोदोबाट बनाइएको एक प्रकारको किरात खाना ।
१५. घरको सुप्तुलुङ भन्दा पछाडिको बार, जहाँ किरात देवीदेउता र सामानहरु राखिन्छ ।
१६. हजुर, आदरआर्थी पुरुष शब्द ।
१७. सुन्दरी(रानी ।
१८. पानीको नाग राजा ।
१९. चेलीहरू ।
२०. किरात मुन्दुमी अस्त्र चिण्डो, यसको घाँटी सानो लामो र पेट ठूलो हुन्छ । किरात संस्कारमा अनिवार्यरूपमा यो सोलोन्वा थोक्दाउनु चाहिन्छ ।
२१. किरात मुन्दुमी अस्त्र मेरीको पात वा मुरुरे कटुस ।
२२. किरात मुन्दुमी अस्त्र सलेतो, यो किरात संस्कारमा अनिवार्य रूपमा बाल्नु चाहिन्छ ।
२३. किरात मुन्दुमी अस्त्र चामल, यो किरात संस्कारमा अनिवार्य रूपमा अछेता चाहिन्छ ।
२४. किरात मुन्दुमी अस्त्र थाल, यो किरात संस्कारमा अनिवार्य रूपमा बजाउनु चाहिन्छ ।
२५. लहै पुर्खाहरू, आज तपाईंहरूको छोरा(नातिले बुहारी पो ल्यायो । अब यिनीहरूलाई आशीर्वाद दिनुहोस् । यिनीहरूको सुब्यफाब्य बनाइदिनुहोस् । यिनीहरूलाई धन(सम्पत्ति दिनुहोस् । आयु दिनुहोस् । आजदेखि यिनीहरू बूढाबूढी भयो है । आजदेखि तिमीहरू बूढाबूढी भयौ है । राम्ररी जीवन बिताउनू ।
दृश्य ः चारको लागि
१. भोर्ला ।
२. दुई जीउकी महिला ।
१. बच्चा ।
२. आँगन, जहाँ किरात संस्कार गर्दा साकेन्वा सिली टिपिन्छ ।
३. सल्लाह ।
४. जोखाना, यो किरात संस्कारमा अनिवार्य साइत हेरिन्छ ।
५. किरात अस्त्र अदुवा, यो किरात संस्कारमा अनिवार्य साइत हेर्न चाहिन्छ ।
६. किरात अस्त्र खुर्मी, यो किरात संस्कारमा अनिवार्य हतियार चाहिन्छ ।
७. किरात अस्त्र कर्द, यो किरात संस्कारमा अनिवार्य हतियार चाहिन्छ ।
८. किरात अस्त्र धनुकाँड, यो किरात संस्कारमा अनिवार्य हतियार चाहिन्छ ।
९. श्रीपेच, फेटा ।
१०. शुद्घ पार्दै ।
११. पुरुष पुर्खाहरू, जो सुप्तुलुङमा मालिक भएर बस्नुहुन्छ ।
१२. महिला पुर्खाहरू, जो सुप्तुलुङमा मालिक भएर बस्नुहुन्छ ।
१३. किरात देवाताको प्रतिक शिला ।
१४. किरात अस्त्र, डालोमा राखिएको चामल, धान, तिल, तितेपाती, जौ आदि, यो किरात संस्कारमा अनिवार्य हतियारको रूपमा चाहिन्छ । यो याचाममा एक माना चामल, एउटा ढ्याके पैसा र एक माना रक्सी हुन्छ । किरात संस्कार गरिसकेपछि घरमुलीले आप्mनो गच्छेअनुसार पैसा र एक चिन्डो रक्सीले केन्छारुवाहरूको शिर उठाइदिएर यो याचाम लान्छ ।
दृश्य ः पाँचको लागि
१. बच्चा ।
२. आँगन, जहाँ किरात संस्कार गर्दा साकेन्वा सिली टिपिन्छ ।
३. सल्लाह ।
४. जोखाना, यो किरात संस्कारमा अनिवार्य साइत हेरिन्छ ।
५. किरात अस्त्र अदुवा, यो किरात संस्कारमा अनिवार्य साइत हेर्न चाहिन्छ ।
६. किरात अस्त्र खुर्मी, यो किरात संस्कारमा अनिवार्य हतियार चाहिन्छ ।
७. किरात अस्त्र कर्द, यो किरात संस्कारमा अनिवार्य हतियार चाहिन्छ ।
८. किरात अस्त्र धनुकाँड, यो किरात संस्कारमा अनिवार्य हतियार चाहिन्छ ।
९. श्रीपेच, फेटा ।
१०. शुद्घ पार्दै ।
११. पुरुष पुर्खाहरू, जो सुप्तुलुङमा मालिक भएर बस्नुहुन्छ ।
१२. महिला पुर्खाहरू, जो सुप्तुलुङमा मालिक भएर बस्नुहुन्छ ।
१३. किरात देवाताको प्रतिक शिला ।
१४. किरात अस्त्र, डालोमा राखिएको चामल, धान, तिल, तितेपाती, जौ आदि, यो किरात संस्कारमा अनिवार्य हतियारको रूपमा चाहिन्छ । यो याचाममा एक माना चामल, एउटा ढ्याके पैसा र एक माना रक्सी हुन्छ । किरात संस्कार गरिसकेपछि घरमुलीले आप्mनो गच्छेअनुसार पैसा र एक चिन्डो रक्सीले केन्छारुवाहरूको शिर उठाइदिएर यो याचाम लान्छ ।
१५. लहै पुर्खाहरू, आज तपाईंहरूको छोरा(नातिले तपाईंहरूलाई खाना खुवाउँदै छौँ है । हामीलाई आशीर्वाद दिनुहोस् । सुब्यफाब्य गरिदिनुहोस् । हामी सबैले तपाईंहरूको शिर उच्च पारिदिएको छौँ । लहै पुर्खाहरू, धर्तिले पो बनायो, स्वार्गले पो बनायो । तपाईंहरूको शिर उच्च रहोस् । लहै पुर्खाहरू, धन(सम्पत्ति माग्दै, आयु माग्दै, बल माग्दै, तपाईंहरूको शिर उच्च पारिदिँदै, तपाईंहरूलाई खाना खुवाउँदै तपाईंहरूको पूजा गर्दैछौँ है, पुर्खाहरू हो ।
१६. लु त पापा ¤ अब हाम्रो पुर्खाहरूलाई घरभित्रै हुलाँै, हुलाँै ।
दृश्य ः छैटौको लागि
१. एक प्रकारको कालो चरा ।
२. मेरो ।
३. किरात मुन्दुमअनुसार बूढाहोङको सुनैसुनको दरबार भएको पूmलबारी, जहाँ सहज मृत्युभएका बालबालीका तथा बूढापाहरुलाई मुन्दुमको माध्मबाट लगेर राख्नुपर्छ ।
४. किरात संस्कारअनुसार पास्नी नगर्दै मृत्यु भएको बालबच्चालाई राखिने ओडारको चिहान । किरात मुन्दुमअनुसार पास्नी नगर्दै बालबच्चाको मृत्यु भएमा पुनर्जन्म हुने भएकोले किरात संस्कारअनुसार पास्नी नगर्दै मृत्यु भएको बालबच्चालाई ओडारमा नै राख्नुपर्छ ।
दृश्य ः सातौको लागि
१. मावली ।
२. रीतिरिवाज, संस्कार ।
३. माइजू ।
४. उपियाँ ।
५. टोपी ।
६. बुहारी ।
७. नमस्कार ।
८. भान्जा वा भान्जी ।
९. घरमुली श्रीमती ।
१०. किरात देवाता, धनसम्पत्तिको धनी ।
११. खियामाको मृत्युपछि भएको धनेस चरा ।
१२. तायामाको मृत्युपछि भएको मयुर चरा ।
१३. कपडा बुन्ने तान ।
१४. बुन्दै ।
१५. किरात मुन्दुमी नाच ।
१६. बूढा ।
१७. बूढी ।
१८. लहै पुर्खाहरू, आज तपाईंहरूको छोरा(नातिले बुहारी पो ल्यायो । अब तपाईंहरूको छोरा(बुहारीलाई शक्तिबल दिनुहोस् । आयु दिनुहोस् । यिनीहरू हजारौँ वर्ष बाँचोस् । यिनीहरूको सुब्यफाब्य होस् । आजदेखि यिनीहरूको मावली रीत सकियो है । आजदेखि यिनीहरू पनि बूढाबूढी भयौ है ।
१९. नमस्कार, प्रणाम ।
२०. शुभसाइतको कोसेली ।
२१.किरात विवाहमा दिइने शिर उभ्याउनीस्वरूप सघाउनी पैसा, यो साङचेप पुरुषको विवाहमा छरछिमेक, नरनाता तथा कुटुम्बहरूले बेहुला(बेहुली तथा विवाह घरको शिर उभ्याउनीस्वरूप सघाउनी पैसा अनिवार्यरूपमा दिनै पर्छ ।
२२. झ्याम्टा ।
२३. वर्षाको अन्त्य र हिउँदको सुरुआतमा उत्तर हिमाल र दÔिण मधेसबाट सिमसिम झरी पर्दै एक ठाउँमा दुवै झरीको मेहोरो मिसिएर फेरि त्यो झरीको मेहोरो छुट्टिएर आ(आप्mनै ठाउँतिर गएर त्यो झरी रोकिन्छ । उत्तर हिमालतिरबाट पर्ने झरीको मेहोरोलाई वाबुरिमा र दÔिण मधेसबाट पर्ने झरीको मेहोरोलाई वालेम्सङमा भनिन्छ । यो वाबुरिमा र वालेम्सङमा झरीको मेहोरो एकै ठाउँ मिसिएर पर्ने झरीको मेहोरोलाई लाङ्कुचप्पा भनिन्छ ।
२४. देवता ।
२५. भकिमिलो ।
२६. किरात विवाहमा गरिने एक प्रकारको रीत, यो रीत बेउली लिएर बेउलाको घर फर्किंदा अनिवार्य रूपमा गरिन्छ ।

No comments: