Thursday, June 26, 2008

भयवादमा प्रकट

देश सुब्बा
न्युटनले मानेको समयलाई आइन्सटाइनले मानेनन् । माने उसले प्रकाशलाई । उनी भन्थे, प्रकाश निरपेक्ष छ, प्रकाशमा सबै सापेक्षित छन् । प्रकाश छ र नै दिन र रात हुन्छ । दिन र रात छ र नै दिन, हप्ता, महिना, वर्षआउँछ । यहीँ गणनामा इतिहास, पुरातत्व, भूगोल हुन्छ र उमेर छ ।
न्युटन र आइन्सटाइनको एउटा मत भिन्नता यसैमा छ ।
म भन्छु जीवनमा भय निरपेक्ष छ । यो भनाइ सुनेर हाँस्ने मेरा साथीहरू छन् । यो हँसाइ सापेक्षको हँसाइ ठान्छु । रमाइलो लागेर आउँछ । एक थरी साथीहरू मैले भयवादको कुरा गरिरहँदा जनजातिय साहित्य छोड्योको आरोप गर्छन् । सुनेर हाँस्न मन लाग्छ । प्रकाशको गतिको नियम आइन्सटाइनले व्याख्या गरिरहँदा ऊ सापेक्षवादबाट छोडिन सक्छ - आइ.बी. र्राईले लीलाको कुरा गरिरहँदा आयामेली आन्दोलन छोडिन सक्छ - कसैले जनजातिको कुरा गरिरहँदा गैरजनजाति छोडिन सक्छ - लाग्छ विचारमा, सोचाइमा प्वाल पर्दैछ । लाग्छ बुझाइमा प्वाल पर्दैछ । मान्छेहरू सियोलाई फाली हेन थालेका छन् यो प्रकाशको नियममा । सियोलाई फाली हेरेर सोच्ने ढंग, बुझने ढंग पनि त्यस्तै हो लाग्छ । सानो प्वाल हेरेर ठूलो मैदान देख्ने नयाँ प्रविधि हो कि मैदान हेरेर प्वाल देख्ने प्रविधि मलाई खुटययाउन हम्मे पर्छ । डेरिडा भन्थे, यही भिन्नता नै संसार हो । डेरिडाको भनाइ नागार्जूनको शून्यताको उत्तरवर्ती विरलैले मान्लान् । यो विस्वास हुन्छ । साइबर युगमा विचारको सञ्जाल छ । एक किसिमको तरङ्ग उत्पन्न भइसकेपछि अर्को किसिमको तरङ्ग उत्पन्न गर्न पाइन्दैन भन्ने नियम युक्तिसँगत हुँदैन त्यहाँ । विडम्बना । बुझाइमा प्वाल परेपछि स्वर घोरले सुनिन्दो रहेछ । भय निरपेक्ष छ । तरङ्ग उठ्छ । मान्दैनन् जानिफकारहरू । सुकरात र विषको प्याला याद आउँछ । ग्यालेलियोको पृथ्वीको याद आउँछ । रोला वार्थको सुपर पाठकको याद आउँछ । नित्चेको सुपर म्यानको याद आउँछ । एक छेउमा हेर्छुभन्नता । अर्को छेउमा हेर्छुन्यता । बीचमा हेर्छुरकट । भिन्नता, शून्यतामा पहिला संसार देखिन्छ र जीवन । प्रकटमा पहिला जीवन देखिन्छ र संसार । प्रकट लाग्छ । बुझाउनु प्रकट ठान्छु । मान्दिन/मान्दैनन् विस्वास । भयले जीवन बोलेको सुन्छ । भयले काम, क्रोध, माया, मोह बोलेको सुन्छ । मान्छेलाई पट्यार लाग्दोरहेछ यस्ता कुरा । प्रकट लाग्छ । देख्छु मान्छेको साँझबिहान, दिनरात अँध्यारो लागेर आउँछ । रंग कर्मी कविहरूलाई प्रस्ताव बोलेँ विज्ञानको रंग नभएपनि कालो रंग जीवनमा बाक्लो हुन्छ । हाँस्छन् उनीहरू पेट मिचेर । मलाई अविस्वासको हाँसो लाग्छ । फेरि म सुकरात र उसको हातको विषको प्याला सम्भिन्छु ।
भिन्नता, शून्यता, अस्तित्व मलाई स्थिर लाग्छ र निर्जीव । प्रकट मलाई अस्थिर लाग्छ, चलायमान लाग्छ र जीवन । मूलभूत बुझाइमै गहिरो विमत छ । विचारमा हामी जीवन बोलिरहेका हुन्छौँ । स्थिर कुरालाई पनि उनीहरू जीवन मान्दारहेछन् फेरि । म मान्दिनँ । भ्रुमदेखि मान्छेको मृत्युसम्म हेदा भिन्नता, शून्यता, अस्तित्व जुन ठाउँमा हेरिन्छ त्यहीँ अडिन्छौँ हामी । म त्यसलाई प्रकट भन्दछु । प्रत्येक सुक्ष्म वृद्धि नयाँ प्रकट हुन् । यी वृद्धिले युद्ध गर्छ । अर्थात एउटा रूपबाट अर्को रूपमा प्रकट हुँदा वाधा, अड्चन हुन्छन् त्यसलाई तोड्दै जान्छ ऊ । मान्छे जन्मिन्छ, हुर्किन्छ र बढ्छ । जन्मिनुदेखि मृत्युसम्म उसको वृद्धिमा वाधा, अड्चन हुन्छन् नै । यो बोझ मृत्युसम्म नै जारी रहन्छ । मृत्युपछि अवचेतना बन्छन् सम्झनाहरू भन्छु । झट्ट विस्वास गर्न गाह्रो मान्छन् । जन्मेको दिनदेखि नै मृत्युसम्म मृत्युको भय भइ नै रहन्छ । त्यसैबाट छलिन अनेकौँ खेलिएको खेल देख्छु । ती सबै प्रकट हुन् भन्छु मपक्ष । घटना हुन अगाडिदेखि घटनासम्म एउटा जीवन हुन्छ । घटना घटिसकेपछि अर्को जीवन सुरु हुन्छ । प्रकटको श्रृंखलाले बनेको छ जीवन र संसार । नमान्नेलाई मनाउने कोशिश ठान्छु यो । एक पटक आँखा चिम्लिन्छु र अर्को पटक खोल्छु । आधा संसार अँध्यारो र आधा उज्यालो देख्छु । हेराइमा बन्दैछ सरल रेखा प्रकटको र रेखाको प्रत्येक क्लार्क बिन्दूमा भयका क्लार्क थोपाहरू । यी देख्न नसकिने अनुभूति लाग्छन् । जीवन यसैको डोरीमा बाटिएको ठान्छु । गाँठैगाँठो । जति फुकायो उति गाँठिने । चेतनाले खेलिरहेको खेल मान्छु । मान्दैनौँ कतिहामी । कतिहामी यसलाई खुला आकाश मान्छौँ । यो गलत लाग्छ मलाई । भन्छु फुकाएर । जीवन भयको बुलबुलमा छ । रहिरहन्छ । भयको मण्डल छ हाम्रो अनुभूतिको सिमान्तमा । हामी निस्किन खोज्छौँ । ऐँठन लाग्छ । ब्यूँझिएपछि मात्र बोध हुन्छ एँठन लागेको । सबैहामी यसै मण्डलमा छौँ अहिले । व्याख्या बोल्छु । सुन्दर लाग्छ ।

No comments: