Thursday, June 26, 2008

भयवादमा चेतना चक्र

देश सुब्बा
संसारको सबैभन्दा महत्वपूण्ा वस्तु मानव मस्तिष्क ।
मानव मस्तिष्कको चेतनाले निर्माण गरेको संसार र ब्राहृमण्ड ।
मानव मस्तिष्कले निर्माण गरेको दर्शन, साहित्य, कला । संसारको पहिचान दर्शन, साहित्य, कला र सभ्यता । अचम्म ! यति महत्वपूण् मानव मस्तिष्क खोक्रो, शून्य, लामो सुरुङ र अवचेतन छ भन्दा । विश्वले मानिरहेको पmाइडको मस्तिष्कको तस्बीर । मस्तिष्कको जीवन ।
मानव मस्तिष्कको सुकरात, मेडम क्युरी, तेन्जिङ सेपा सिगमण्ड पmाइड ।
उनी भन्छन् "मानव मस्तिष्कमा चेतना र अवचेतनाको दुइटा भाग हुन्छ । समग्रमा यो कालो सुरुङ हो । यो लामो सुरुङमा मान्छे पस्नु हुँदैन, दुघटना हुन्छ ।"
उनी आफ्ना भनाइमा विकर्तव्य गर्दै भन्छन् "सक्रिय अवचेतना चेतना बन्छ । चेतना र अवचेतनाको बीचमा झिल्लीको पर्दा छ ।"
तर उनी अवचेतनाको स्रोत खुलाउन चाहान्दैनन् ।
भयवादको मस्तिष्कमा एउटा विमत छ यहाँ । भयवादको गूढ कुरा यही रहिआएको छ । र, भन्छ, "अवचेतनाको स्रोत हुन्छ र त्यो अवचेतनाका टुक्राहरू हुन् । चेतनशील प्राणीको मृत्युपछि चेतनाहरू टुक्रिन्छन् । किनभने यसको शरीर हुँदैन, आकार हुँदैन । शरीर नपाइन्जेल पृथ्वीमा तैरिरहन्छ, जसरी हाइड्रोजन र अक्सिजन तैरिरहन्छन्, ठीक त्यसरी नै अवचेतनाका टुक्राहरूले पनि चेतनशील प्राणीको मस्तिष्कको निर्माण नभइन्जेल घुमिरहन्छ, आवाजजस्तै, कुनै लवण जस्तै । यी अवचेतनाका टुक्राहरू नै अवचेतना बन्छन् र चेतनामा प्रवेश गर्छन् । प्रत्येक सजीव वा निर्जीव वस्तुमा एक किसिमको मस्तिष्क हुन्छ । कम्प्युटरको मात्र होइन जुनसुकै मेशिन जसले अरू वस्तुको संयोजनमा काम गरिरहेको हुन्छ । कसैले भन्न सक्छ - कम्प्युटरको मस्तिष्क हुँदैन । हुन्छ । तर कहाँ हुन्छ चाहिँ बताउन सक्दैनन् । त्यसै गरी सबै मेशिनरी वस्तुको मस्तिष्क हुन्छ र काम गर्छ । मात्र त्यहाँ चेतना हुँदैन । कति अनौठा यी पागल कुरा ।
पाइड अवचेतना सम्म अनुसन्धान गरेर विश्रामित भएका छन् । उनका अनुयायीहरू कार्ल जङ्ग, ज्याक लकाँनहरू पनि त्यहाँ भन्दा उता गएका छैनन् बरु यता आएका छन् । भयवाद तर्क गर्छ -अवचेतनाका टुक्रा-अवचेतना-चेतना-अवचेतनाका टुक्रा ।
डा. सञ्जिव उप्रेती भन्थे, "यस्ता कुरा हाइपोथेटिकल कुरा हुन् ।"
उत्साहित लाग्छ खण्डित मत सुनेर । कोलम्बसको अमेरिका, डिगामाको भारत, मार्कोपोलोको चीन, देवकोटाको चन्द्रमा हाइपोथेटिकल थिए एकसमय भन्न मन लाग्छ । मानव व्यवहारमा मस्तिष्क, चेतना, विचार र मनलाई केन्द्र र आकार बिहिन अस्तित्व मानिन्दै आएको छ । मनोविश्लेषकहरू यिनीहरूलाई काल्पनिक कथा मान्न थालेका छन् । यो सुन्दा चेतना चक्रको मत विमत लाग्दैन । मनोविश्लेषक, वैज्ञानिक साथीहरू रमाइलो मानेर हाँस्ने छन् यी सुनेर । उनीहरूलाई हाँसोको केन्द्र सोध्दा एकछिन अकमक्क पर्न सक्छन् । चेतना चक्रको मतमा समालोचकहरू चुप बस्न रुचाउँछन् । उनीहरूको सुपर समालोचक पनि मनोविज्ञान गर्दैर्न यहाँ । नेपाली साहित्यको नयाँ कविता लाग्छ चेतना चक्र । नेपाली साहित्यमा धेरै आन्दोलनहरू आए । सबैभन्दा ठूलो आन्दोलन २०२० तिर प्रवासबाट आएको सम्पूण्ताको आन्दोलनलाई नेपालबासीले मजाले हेरे । आन्दोलनका तीनमूर्तिमध्येका एक मूर्ति आदिगुरु डा. इश्वर बल्लभ सम्पूण्ताको एउटा प्रश्नमा भन्छन् "लम्बाइ, चौडाइ, उचाइ र समयभित्र आउने आयतन हो सम्पूण् ता ।" आयतनको छायाँ आयतनमा आउँछ कि आउँदैन भन्दा उहाँ हाँस्नु हुन्छ । सम्पूण् ताको त्व भयवाद हो मा उहाँ बोल्नु हुन्न । सम्पूण् ता, वस्तुता, चित्रता, भविता तेस्रो आयामका हातखुट्टा मान्न सकिन्छ तर मस्तिष्क खोइ - देखिन्दैन । मस्तिष्क सोध्दा उहाँ फेरि मुस्कुराउनु हुन्छ । तपाईहरूको सम्पूण्ताभित्र कालो सुरुङ रहेछ भन्दा चाहिँ उहाँ गम्भीर देखिनु हुन्छ । नेपाली साहित्यिक आन्दोलनभित्र मस्तिष्क छ कि छैन - ठूलो आन्दोलन लाग्छ । भयवादको मस्तिष्क पmाइडको कालो सुरुङभित्र पसेर बाहिर निस्केको दाबी छ । उनको मस्तिष्क अगाडि त थुप्रै आएका छन् पछाडि छैनन् । सुरुङ कालो छ त्यसैले । भय सुरुङभन्दा कालो छ । ऊ सुरुङ खन्छ गैँतीबेल्चाले । सुनेर हाँस्छ संसार । कति स्वाभाविक ।
मस्तिष्कको केन्द्र अनुसन्धानको ठूलो विषय । यो समस्या सिद्धान्त, वादलाई पनि लागेको हुन सक्छ । कता कता सबै युद्ध, विचार भयको "भय आकर्षा" वरिपरि त छैनन् - यस्ता कुरा साहित्यिक मास्टर गेममा जीवित लाग्छन् ।

No comments: