Sunday, June 22, 2008

भयवाद सम्बन्धी समाचार

भयवादको कार्यक्रम
प्रथम पटक भयवादको कार्यक्रम २००५ को अप्रिल २ सम्पन्न भएको थियो । उक्त कार्यक्रम प्रथम पटक भयवादका प्रवर्तक देश सुब्बाले भयवादमाथि आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा सृजनशील अराजक कवि हाङयुग अज्ञात, पत्रकार चन्द्रदुमी राईले भयवाद सम्बन्धी विचार व्यक्त गरेका थिए भने साहित्यकार दीप निरीहले प्रकृतिमा भयवाद मन्तव्य व्यक्त गरेका थिए । दुई भागमा बाँडिएको उक्त कार्यक्रममा मन्तव्यको क्रम सकिएपछि अन्तरक्रिया सम्पन्न भएको थियो । अन्तरक्रियामा कथाकार प्रकाश के.सी, प्रदीप कन्दङवा, कविहरू टंक सम्बाहाम्फे, नरेश सुनुवार, खेरेस देवेन्द्र, भोगेन एक्ले, राजाराम साही, साहित्यकार गणेश राई भाग लिएका थिए ।

देश सुब्बाको भयवादमाथि काठमाडौंमा अन्तरक्रिया
गत महिनाको फेबु्रअरी २५ तारिख बाग बजारको अशोका होटलमा देश सुब्बाद्वारा प्रवर्तित अवधारणा "भयवाद’ का विषयमा काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सृजनशील साहित्य समाज हङकङको सल्लाहकार गणेश र्राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उदघोषण शब्द शताब्दी नेपालका अध्यक्ष शशी लुलुम्भुले गर्नु भएको थियो ।
भारत पछि प्रवासी नेपाली साहित्यकारहरूको तर्फाट लेखनमा नयाँ अवधारणा आएको पहिलो पल्ट हो । हङकङ प्रवासी नेपाली साहित्यकार देश सुब्बाले साहित्य लेखनमा "भयवाद’ नाम दिएर नयाँ अवधारणाको प्रतिपादन गर्नुभएको छ । सृजनशिल साहित्य समाज, हङकङ र शब्द शताब्दी, नेपालको संयोजनमा सम्पन्न सो कार्यक्रममा अस्वीकृत विचार, बुटपालिस, कथा कायाकल्प जस्ता कावियक आन्दोलनका योद्धा कवि शैलेन्द्र साकार, विशेष गरी उत्तरआधुनिकतालाई आत्मसात गर्नुहुने डा. सञ्जीव उप्रेती, लीलालेखनका अनुयायी कृष्ण धरावासी, रङ्गवादी कवि धर्मेन्दविक्रम नेम्बाङ, चर्चित कवि श्रवण मुकारूङ, कवि तथा कथाकार डा.विष्णु र्राई, कवि तथा चलचिल निर्देशक प्रकाश सायमी, शशी लुमुम्बु, प्रकाश थाम्सुहाङ, गणेश र्राई लगायतका व्यक्तित्वहरूले आ-आप\mना धारणा राख्नुभएको थियो । आफ्ना धारणा राख्ने क्रममा २०६३ सालको मदन पुरस्कार प्राप्त उपन्यासकार कृष्ण धरावासीले "हङकङमा बसेर पनि यतिको वैचारिक चिन्तन गर्नु हामी नेपाली साहित्यकारहरूको लागि प्रेरणादायक त छ नै प्रवासमा बस्ने नेपालीहरूको लागि पनि प्रेरणादायक छ भन्नु भयो ।" समालोचक डा.संजीव उप्रेतीले " नेपाली साहित्यमा आएको नवीन लेखनको अवधारणालाई स्वागत गर्नुपर्दछ " भन्नु भयो । नेपालका चर्चित कवि श्रवण मुकारुङले " भयवादिय धारणाले जीवन र जगतलाई समाएको छ । यसले म जस्तो कविलाई पनि प्रभाव पारेको छ भन्नु भयो । "
वक्ताहरू सबैको एउटै धारणा थियो- भयवाद त्यसका प्रवर्तकको लेखनमा देखिनुपर्छ । देश सुब्बाको यो विचार सैद्धान्तिक रूपमा चित्त बुझदो किसिमको छ तर लेखनमा कसरी प्रयोग हुन्छ भन्ने बारेमा वक्ताहरूले जिज्ञासा व्यक्त गरेका थिए

२००७ को डिसेम्बर १३ तारिख, भयवादमा आधारित उपन्यास "आदिवासी" को आयामेली कवि वैरागी काँइलाको प्रमुख आतित्थ्यमा शब्दशताब्दी नेपाल र सृजनशील साहित्य समाज हङकङले अन्तरक्रिया सम्पन्न गरेका थिए । छलफलमा कवि वैरागी काँइला, साहित्यकार खगेन्द्र सँग्रौला, गोविन्द वर्तमान, कृष्ण धराबासी, अमर नेम्बाङ, प्रकाश आङदेम्बे, चन्द्रवीर तुम्बापो, श्रवण मुकारुङ, राजेन मुकारुङ, नवीन सुब्बा, शशी लुलुम्भू, प्रकाश थाम्सुहाङ, धर्मेन्द्रविक्रमनेम्बाङ, विमला तुम्खेवा, सुसन लावतीले भाग लिएका थिए । कार्यक्रममा भयवाद र आदिवासी माथि व्यापक छलफल भएको थियो ।

No comments: