Sunday, September 6, 2009

काठमाडौंमा भयवाद अन्तरविमर्श कार्यक्रम सम्पन्न



नित्तु सुनुवार
काठमाडौं ३१ जुलाई, मानिसको जन्म र मृत्युको बिचमा एउटा भयको सिमाना रहने हुनाले मानिस भयबाट मुक्त हुन सक्दैन, सम्पूर्ण सजिव जीवमा भय हुने र तिनीहरूको हरेक क्रियाकलापमा भय उत्पन्न हुने विचार बोकेर सन् २००५ सालबाट टापु नामक पत्रिकाबाट भयवादका ओकालत सुरु गरेका हङकङेली साहित्यकार तथा लेखक देश सुब्बाले नेपाली साहित्य प्रतिष्ठान, हङकङको आयोजनामा देश सुब्बा प्रवर्तित भयवाद अन्तरक्रिया कार्यक्रम काठमाडौंको होटल अशोकामा सामापन भएको छ । उक्त कार्यक्रममा साहित्यकार, पत्रकार, लेखक तथा अन्य साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो । भयवादको बारेमा साहित्यकार कुमार कोइराला तथा साहित्यकार कृष्ण धरावासीले आफ्ना विचारहरू प्रस्तुत गरेका थिए । प्रवासमा रहेर पनि नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आएका देश सुब्बामा दार्शनिक, साहित्यिक तथा रचनात्मक शक्ति रहेको भन्दै उहाँको यो गम्भीरता, ब्यापकता र उच्चताको प्रसंशा गर्दै धन्यवाद दिनु भएको थियो । भयवादका बारे व्यक्तिगतभन्दा पनि सामुहिक रूपमा अन्तरक्रिया र परामर्श गरि पुस्तक निकालन सल्लाह समेत दिएका थिए । यसै गरेर कृष्ण धरावासीले साहित्य शैलिमा आफ्ना भनाईहरू सुरु गरेका थिए- कुनै पनि विचार, दार्शनिक जस्ता कुराहरू नयाँ नहुन केवल पुनरयूक्तिमा नामाङ्कन गरिने गरिएको पाइन्छ, भयवाद पनि कुनै नौलो विषय नभएको कुरा बताएका थिए । भयवाद मनोवैज्ञानिक सन्दर्भ विषय वस्तु रहेको र भय सार्विक हुने र यो प्राकृतिक प्रक्रिया अथवा सबैमा समानहुने तर अनुभूतिमा गर्ने प्रक्रियामा फरक हुने कुरा बताएका थिए । भय, ज्ञान र अज्ञानता दुवै अवस्थामा सांस्कृतिक र वौधिकरुपमा पनि उत्पन्न हुने विचार व्यक्त गरे । नेपाली साहित्यमा देखापरेको अस्थिरता, आन्दोलन, परिवर्तन जस्ता कुरामा सामुहिक रुपमा लागेमा नेपाली साहित्यमा एउटा निराकरणको बाटो खुल्ने कुरा बताएका थिए । अन्तमा देश सुब्बाले भय तथा वादका बारेमा आफ्ना लामो विचार पुस्तत गरेका थिए । आफुले भयवादका बारे अझै विभिन्न अध्ययन सुझावहरू संकलन तथा अन्तरक्रिया आदि गर्दै पुस्तक प्रकाशन गर्ने जानकारी समेत दिए । यसै सन्दर्भमा उनले ९ जना लेखकहरूका विचारहरू समेटिएको भयवाद वैचारिक चिन्तन नामक पुस्तक समेत वितरण गरेका थिए । बगैंचा डट कम

No comments: