Thursday, March 24, 2011

महाख्यानिक केन्द्र भत्काएर भयवादले किनारिएकाहरूको नयाँ केन्द्र स्थापना गर्दछ

(डा. गोविन्दराज भट्टर्राई) हङकङ डायरीको परिस्कार गर्दै थिएँ, ँहरि गौतमले अनुरोध गरे- भयवादः चिन्तन र विमर्श आउँदै छ त्यसको लागि एक रचना दाजुबाट अपेक्षा गरेका छौं।’

मलाई त्यो स्वीकार्य थियो। देशको भयवादमा यहाँ बोलेको, धरानसम्म पुगेर नाचेको, फेरि उतै हङकङमा पनि त्यस विषयक विमर्शमा सहभागी हुने अवसर प्राप्त भएको थियो। यसबारे चर्चा शुरु भएको पाँच वर्षघिदेखि हो। धरानमा भएको घोषणापत्र र प्रयोगमाथिको कार्यवक्रममा मैले यसलाई सबैभन्दा कान्छो ँआन्दोलन’ भनेको थिएँ।

त्यसपछि समय निकै बित्यो र अरू पनि थपिँदै छन् तर भयवादको आफनो स्थान सुरक्षित छ।

भयवाद अधिक मात्रामा मनोविज्ञानको नजिक जोडिएझैं लाग्दछ। यसको सैद्धान्तिक आधारलाई सुदृढ बनाउने, अरू प्रमाणले सम्बलित गर्ने कुरा अन्तिममा पुगेका छैनन्। यो एक प्रस्तावना मात्र तर पनि यसले समकालीन साहित्यमा सोच्ने सामग्री दिएको छ। मलाई लाग्छ- हामीलाई सधैं एउटा अभिघातक चिन्ताले पछ्याइरहेछ। त्यो चिन्ता हो- विनाशको, क्षयको र अझै मृत्युको। मृत्युको भय युनिभर्सल र परेनिअल -सार्विक र अनन्त) दर्ुइटै छ। देश सुब्बाको

ट्रौमा-चेत मानिसले भोग्ने अन्तिम भय डेथसँग जोडिएको छ। यद्यपि अन्य प्रकारका भय, क्षयचिन्ता, विलयनबोध आदि तत्त्वले जसले मानिसलाई अस्तित्व सचेत गराउँछ भन्ने प्रस्तावना देखिन्छ। देशले हाम्रामा चलिरहेका दर्शनहरूको ग्यापबाट यो नवचेत निकालेका हुन्। यसले साहित्य र जीवन दर्शनको अध्ययनमा, जीवनअध्ययनमा ठूलो महत्त्वको भूमिका खेल्नेछ।


देश दर्शनप्रेमी विद्यार्थी मात्र नभएर एक कुशल स्रष्टा पनि भएकाले आफना कृतिमा पात्रको मनस्थिति पसेर केही देखाउन पनि खोजेका छन्, खास गरी आदिवासीमा। तर म ठान्दछु सिर्जना विविध प्रकारको मुक्तान्त चेतनाले चल्ने हुँदा एउटै सिद्धान्तमा लगेर फिट गराउनु चाहिँ हुँदैन। त्यो खुम्चेर सीमित हुन जान्छ। सिद्धान्त विचारको लागि, बहस र विमर्शको मसला हो सिर्जना अरू अनेक ँफोर्सर्ेे ले निकाल्न सक्छ।


यसरी एक चिन्तनको विषयमा विभिन्न कोणले गरिएका विमर्शको सङ्ग्रह हर्ेदा मलाई अधिक प्रसन्नता छ किनभने विचारले विचार जन्माएको छ। यसको मत्यापन गर्ने कार्य हाम्रो होइन समयको हो। तर हामीलाई यस्ता अनेक नयाँ विचारको आवश्यकता छ, जसले जीवनमा अनुपस्थित दृष्टिकोण पनि पाखा ल्याएर र्छलङ्ग पारिदिन्छ। देश सुब्बाको उपस्थिति बहुअर्थी छ। चिन्तन दर्शन वा सिद्धान्तको बहुलतालाई यसले संकेत गर्दछ। हजारौं वर्षो परम्परामा नयाँ र किनारीकृत (सम्भिmएका) पनि आउनर्ुपर्दछ भन्दछ र उनी आएका छन्।



यो विचार र चिन्तनको लामो महाख्यानजस्तो रेखीयतालाई भत्काउँदै उदाएको एक लघु आख्यानजस्तै हो- ग्रान्ड न्यारेटिव्विरुद्धको मेटा न्यारेटिव्। आज यसैको समय छ, नत्र एक नवीन विचार आएको सुनेर, पढेर यतिका कलम यता नलाग्नुपर्ने। समयले नवीनता खोज्दो छ, ग्यापहरू भत्काएर, रूढतालाई उखेलेको छ यो स्थिरताविरुद्धको नवचिन्तन हो।



तर, यो फाइनल भने होइन, यो अनेक अधुरा आंशिक सिक्रीको एक कडी हो। यसले केही समय जोड्छ, फेरि अर्को आउनेछ नत्र जगत् स्थिर भइहाल्छ। देश यी स्थिरताका विरुद्ध उभिएका हुन्। एक मार्जिनल शक्तिका प्रतिनिधि एक डायस्पोरिक वृत्तमा सक्रिय स्रष्टा।



त्यसो त यतिखेर म उनका रेखा कविताको सिरिज पढ्दै छु। साइबर नेपाली साहित्य नै हल्लाउने गरी जब उनी नयाँ सिर्जना (कविता) मा आउँछन्, म अचम्मित र प्रसन्न हुन्छु। उनले शुरुमै घोषणा गरेका थिए)

यो सीमा रेखा जसले मेरो निधार कोरेको छ

अब त्यसको समाधिस्थ गर्दछु।



उनी आविष्कारक हुन्। उनका कविताका विम्ब पनि आविष्कार छन्। जसरी उनको भयवादी विम्ब आयो कविता विम्ब त्यसै गरी आए हुनन् तर प
mेस, नौला र मनलाई तर्सर्ााे सुन्दरता यस्ता छन्।



रेखा कविता-४ को शर्ीष्ाक छ ँम कविताको दापबाट खुकुरी निकाल्दछु।’

म देशको कवितापट्ट िढल्किन चाहन्न। पछि त्यो फूलबारीमा पसौंला। आज भयवादले छाएको छ मेरो सोचलाई तर त्यता पनि धेरै बोल्न चाहन्न। समय बोल्नेछ, यत्रो शून्य आफैं बोल्नेछ, तर यसलाई अनर्थ ठान्नेहरू चुप लाग्ने दिन आएको छ किनभने यस्तै नवीनता र मार्जिनल चेतनाले केन्द्र निर्माण गर्ने दिन आएको छ।



अब नेपाली साहित्य यहाँबाट पनि उठ्नेछ, नेपाली विचारर्/दर्शन जहाँबाट पनि उठ्नेछ। हङकङको कहाली लाग्ने गगनचुम्बीको फेदबाट भयवाद एउटा उठ्यो, हर्ेदाहर्ेर्दै र्ँअर्धवृत्त’ पनि उठेको थियो दीपाको। यी सबै बढ्दै छन्, हर्ुकंदै छन्। यी नेपाली जातिका सम्पत्ति हुन्। चार वर्षघि भयवादी महोत्सव मनाउन हामी धरान पुगेका थियौं।



त्यस अवस्थाको जीवन्त सम्झनाले मलाई सधैं छोएको छ। प्रस्तुत भनाइलाई त्यस अवसरको रचनामा लगेर जोड्न चाहन्छु किनभने आज यति बोल्ने कुराको जग तिनै दिनमा धरानमा हालिएको थियो।



पहाड र मधेसलाई जोडेेर बसेको धरानले आधुनिक सभ्यता निर्माणमा ठूलो योगदान पुर्याएको छ। पर्ूवमा अर्को यस्तो योजक शहर छैन। राजनीतिका राँका बाल्न परे पनि, कलासाहित्य-निर्माणमा लाग्नुपरे पनि, विज्ञानलाई बोक्न होस् या आध्यात्मिक चिन्तन जगाउन- पर्ूवमा यस्तो अर्को भूमि छैन। किराँत र आर्य सभ्यता जोडिएको प्राचीनकालदेखि अन्तर्सर्ााकृतिक सम्बन्धहरू गोडमेल गर्दै बसेको धरान जनआन्दोलनपछि सुस्ताएको निकै भएको थियो। यसपालि धरान जाग्यो, अभूतपर्ूव शक्ति लिएर उठ्यो र एउटा ऐतिहासिक कार्यक्रममा जुट्यो।



हामी त्यहाँ पुग्दा भानुचोकदेखि स्वागतका तोरण फिलफिलाइरहेका थिए। त्यहाँबाट घोपा क्याम्पको होटल डि्रमल्यान्ड तोकेर हिँड्यौं। सफा बाटो, सन्ध्याकालमा पहेँला कट्टु लगाएका युवाको ठूलो समूह कवाज खेल्दै उता लाग्यो। त्यो देखाउँदै एक जना बोले- हाम्रो लुङ्गा पनि कवि उत्रिनै लागेका थिए, भर्तीमा पो नाम लेखाए छ यार। धरानको एउटा यथार्थता।



गोर्खा भर्तीसँग इतिहास जोडिएको धरान कति सुकिलो र सफा। आकर्ष घरहरू, पङ्क्तिबद्ध लहरै दर्ुइतिर। तिनको बनावट र सजावट बेग्लै छ, फूलबारी सुनसान सफा बाटा वरिपरि। ती भित्री सडकमा घुम्दा लाहुरेका आवास क्षेत्रमा पस्दा अन्यत्र कुनै देश पुगेजस्तो लाग्छ। विश्वमै परिचित छ यो अर्द्धबेलायती शहर। अँध्याराहरू पनि थुप्रै छन्। तर, उज्यालाले जितेको ठाउँ, मलाई आज उज्यालाकै कुरा गर्न मन लागेको छ।



धरानको विजयपुर मिडिया प्रालिले देश सुब्बाद्वारा प्रस्तावित दर्शन ँभयवाद’ को विषयमा ँराष्ट्रिय’ बहस आयोजना गरेको थियो। त्यसैमा भाग लिन हामी अघिल्लै दिन त्यहाँ पुगेका थियौं। अनमोलमणि, शरद चिराग, धर्मेन्द्र, अरू धेरै। भोलिपल्ट साउन १८ को दिन स्वागतमा उभिएका अबोध पञ्चकन्याहरू, ती ससाना हातले उठाएका मालाहरू पुष्पगुच्छा लिएर उभिएका आदिम वस्त्र र आभूषणमा उभिएका लिम्बू युवती युवाहरू- च्याब्रुङ्को आदिम वाद्यधून, मोहक, आकर्ष, टिपिकल। हृदय खोलेर बोलेको धरान, हाँसेको धरान। विस्तारै आदिमस्वरूपहरूमा च्याब्भ्रुङ् बजाउँदै आँगनमा घुमिरहेका लिम्बू पदचाप, त्यो स्वर, त्यो ध्वनि अरू आवाजबेगरको तर मौनतामा एउटा आदिम संस्कृति उत्तरआधुनिक आँगनमा अनुगुञ्जित। विस्तारै मलाई पनि एउटा च्याब्भ्रुङ्



भिराए। एकछिन सुनेँ अनि लय टिपेर अरूको तालमा बजाउँदै घुम्न थालँे। बीच आँगनमा एउटा नाङ्लामाथि फूलपातीसँग उभिएको लाम्चो आकारको काठको वर्तन थियो कठुवा। होसियारले उचालेर मदिरायुक्त त्यो वर्तन सभास्थलमा पुर्याएँ, मञ्चमा राखेँ। प्रमुख अतिथिले गर्नुपर्ने यो एउटा अनुष्ठान सिद्धियो, एउटा पूजा विधि थियो। कठुवाभरिको पवित्र रक्सी अग्रासनमा राखियो। त्यही नै कार्यक्रमको उद्घाटन थियो। लिम्बू विधान, परम्परा र मुन्धुम। म अन्य संस्कृतिको एउटा पुजारीजस्तै भएको थिएँ।



त्यसबेला ठानेँ- मैले पञ्चामृत उचालेजस्तै, पञ्चगव्य ओसारेजस्तै, आज पहिलो पल्ट अन्य संस्कृतिमा रहेको पवित्रताको चेतनालाई हृदयले सम्झेँ छामेँ र ढोगेँ। दिनभर चलेको त्यो कार्यक्रममा कठुवा त्यहीँ बसिर³यो। त्यो हजार पानसको बत्ती थियो, मन्त्रोच्चारण र विधिविधान थियो, रिबिन कटाइ र झन्डोत्तोलन अथवा यज्ञ कुण्डमा हवन सबै थोक थियो। यो लिम्बूको पूजा मुन्धुम मात्र थिएन, यो ता नेपाली साहित्यको इतिहासमा एक अभूतपर्ूव क्षण थियो। आज एक लिम्बू र्सजकले जन्माएको वैचारिक आन्दोलनमाथिको विमर्श चर्चा थियो। ती चिन्तक थिए, देश सुब्बा। जसको विचार थियो भयवाद। यद्यपि यतिबेला उनी हङकङमै थिए।



यो भेलाले धेरै कुरा बोलिरहेको थियो- नेपाली साहित्य त्यहाँ बसेर लेखे पनि यहाँ चर्चा हुन्छ, यहाँको उता। विविधताले युक्त यस देशका र्सजकको मातृभाषा र संस्कृति जुनसुकै भए पनि उनीहरू नेपालीको निमित्त नै योगदान गरिरहेका छन्। यसको विमर्शमा सबै जात र वर्गका, उमेर राजनीति र धर्मका मर्मज्ञहरू भेला भएका थिए। त्यहाँ पर्ूवाञ्चल थियो, काठमाण्डू थियो, हङकङ थियो- ती सबैभन्दा माथि प्रा. बालकृष्ण पोखरेल हुनुहुन्थ्यो। त्यो उच्चकोटिको बौद्धिक कार्यक्रम थियो- यसअघि यत्रो गाम्भर्ीयले धरानलाई हल्लाएको मलाई सम्झना छैन।



त्यस कार्यक्रममा भयवाद र आदिवासीको विषयमा बोल्नेहरू- धरानका डा. टङ्क न्यौपाने र डा. खेम दाहाल, उतादेखि कृष्णभूषण बल, मनु मञ्जिल, ज्योति जङ्गल, मुनराज सर्ेमा, शिव प्रणत, अर्जुनबाबु माबोहाङ, कृष्ण बराल लहरै बसे। यसपालि पर्ूवाञ्चलले उत्पन्न गरेका विशिष्ट प्रतिभाहरू चिन्तक, समालोचकहरूको उपस्थिति देख्ता लाग्यो धरान एक शक्तिशाली केन्द्र भएर उठेको थियो।



अन्त्यमा मैले एउटा घोषणा गरेँ- भयवाद नेपाली साहित्यमा उठेको अन्तिम विचार हो, वैचारिक आन्दोलन हो। यसअघिसम्म रंगवादलाई अन्तिम हुने सौभाग्य मिलेको थियो। एउटा संयोग भनौँ आयामेली आन्दोलन, सिर्जनशील अराजकता, रंगवाद, भयवाद चारै वटा आन्दोलन पर्ूर्वैबाट उठे। यी चारै वटामा लिम्बू र्सजक-चिन्तकको अग्रणी भूमिका छ। त्यसो त नेपाली वाङ्मयका सबै आन्दोलन जोड्दा पर्ूवको योगदान उच्च छ झर्र्रोवाददेखि भोक-कविता, सडक-कविता, लीला, मुक्त अभियान, ट्रक साहित्य, उत्तरवर्ती सोच भयवाद सबैमा जोडिएका स्रष्टा चिन्तक पर्ूवकै छन् तिनमा आज लिम्बू र्सजकको विशेष योगदान धरानमा बसेर सम्भिmरहेको छ ।



भयवाद मनोविज्ञान, नृतत्त्वशास्त्र, इतिहास, दर्शनशास्त्र, धर्मशास्त्रजस्ता अनेक विधाबाट आंशिक तत्त्व लिएर उठाइएको एक अन्तरविषयक चेतना हो। देश सुब्बाले लामो प्रस्तावनामा यसको प्रकृति र विशेषताबारे व्याख्या गरेका छन्। उनले त्यहाँ भयको अपरिहार्यता देख्छन् जगत्् भय सञ्चालित, भय प्रताडित, भयपर्ूण्ा देख्छन्, यद्यपि यसको बोध चेतनाको स्थिति हो। चराचर जगत््लाई भयवादले हर्ेदा अर्कै देखिन्छ। देशले भनेका छन् जन्म र मृत्युबीचको समय भयको खेल मैदान हो र प्रत्येक अज्ञात अवस्थाबाट अर्कोमा जानु बोधको, चेतनाको वा प्रकट अवस्था हो। मृत्युभयको स्वरूप भय रहेछ।



त्यसो त भयसँगै विश्वले यात्रा गरिरहेछ तर देशले डेरिडाका ग्यापहरू फुकालेर आज एक सत्यांश पाखा ल्याए। तर, पनि यस्तो लाग्छ यस सिद्धान्तको परिमार्जन हुन र प्रामाणिक पुष्टि उत्पन्न गर्न धेरै बाँकी छ। अहिले धेरै बोल्न हुँदैन। यिनै सिद्धान्तमा आधारित भई उनले रचेको उपन्यास आदिवासी भयवाद। ती सिद्धान्तको प्रयोग भूमि आदिवासी एउटा कृति उपन्यासजस्तो लाग्ने। त्यसैले यो अत्यन्तै नौलो र पठनीय छ। यो लिम्बू र्सजकले आफनै जातिको आदिमताभित्र पसेर हेरेको अध्यात्मेचना हो। तर, भिन्न खालका आर्यहरूले नदेखेको, एउटा ग्यापबाट खोजेर निकालेको सत्य। यसमा लिम्बू चेतनाको आद्यस्वरूप छ, वन्यता, प्रकृति, आखेट युग, पशुपालन र कृषियुग पर्ूवको आदिम र निर्मल समाज। उनले त्यहाँ लिम्बूको मानसिक-सांस्कृतिक भूगोलको रेखांकन गरेका छन्, कति अनुश्रुति, किम्वदन्ती र मिथक पुराणको सहायताले, अतीतको पुनर्निर्माण गरेका छन्। यो सारा व्रि्रान्त अवस्थाको, अल्मलिएको निसाम -पात्र) को कथा हो, मनोलोकको पर्रि्रमण, फ्यान्ट्यासी र एक निर्मल अतीतको खोजी। अर्को सत्यको खोजी र आर्य चेतनाले नदेखेको एक वैकल्पिक सृष्टिचक्र जुन एउटा लिम्बू र्सजकभित्र उठेको थियो। यो आदिमताको चेतना र आध्यात्मिक उज्यालो सधँै पछि लागिरहौँ जस्तो छ, यद्यपि ग्लोबलताले गर्दा यथार्थता आज भिन्न छ।

देश सुब्बा चिन्तक र र्सजक दुवै छन्। उनी एक नवीन आन्दोलनका स्रष्टा पनि भएका छन्। नेपाली साहित्यमा एक लामो फड्को हानेर आएका देशलाई सम्भिmयो कि यो मन उनीप्रतिको प्रेमले बलेर उचालिन्छ। टाढा, परदेशमा एक डायस्पोरिक समुदायमा बसेर पनि नेपाली साहित्यलाई महोत्सव जुटाउन डा. टङ्क न्यौपाने, दोर्पध्वज र्राई, प्रदीप मेन्याङ्बो, देवान किराँती र अनेकौँ धरानेलीहरू दर्ुइ महिनादेखि कति खटे होलान् भनी साध्यै छैन। साँच्चै यतिखेर यो देशले अनेक जातजातिबीचमा सद्भाव बढाउन अन्तरसांस्कृतिक चेतनाको विकास गर्नुपर्नेछ, हामीले त्यसमा खेल्यौँ र देशलाई धन्यवाद दियौँ। उनले आदिवासीको सारांशमा लिम्बू जातिलाई आफनो धर्म, भाषा, लिपि, संस्कृतिको उत्थान गरौँ भनी बारम्बार आ³वान गरेका छन् तर यस देशमा अन्तरसांस्कृतिक प्रेम बढाउन उनले बोलेका अन्तिम वाक्यहरू यो देशका सबै समुदायमा लागु हुन्छन््।

धरानको यो महोत्सवमा भाग लिएर फर्केपछि एउटा कुराले बारम्बार छोइरहेछ यो देशलाई जोड्ने एउटा शक्ति अन्तरसांस्कृतिक चेतना रहेछ, अन्तरसांस्कृतिक प्रेम र सहअस्तित्वबोध रहेछ। अरू कुनै कुराले हामीलाई जोड्ने छैन। त्यो स्वयम् देशलाई उद्धृत गर्दा हुन्छ जति नै सुन्दर फूल फुले पनि एकै जात र रंगको फूलले फूलबारी सुहाउँदैन। सबै जात र रंगको फूलले मात्र फूलबारी सुहाउँछ।


धेरै दिन बिते, सपनामा पनि म एक कठुवा मदिरा उचालेर हिँडिरहेकै ठान्छु। जबजब किराँती प्रेमले म वशिभूत हुन्छु, त्यतिबेला धरानमा बिताएको त्यो उज्यालो दिन सम्झन पुग्छु। कठुवामा भयवाद बोकेर म लाहुरेकै शहरमा घुमिरहेको हुन्छु। बस् अहिलेलाई यति। पछि अर्कोमा।



(दीपक सुवेदीद्वारा सम्पादित शीघ्र प्रकाशोन्मुख ँभयवाद चिन्तन र विमर्श’ पुस्तकबाट)

No comments: